Khabar Dabali ८ चैत्र २०८२ आईतवार | 22nd March, 2026 Sun
Investment bank

मधेस आन्दोलनबारे ब्रिफिङ गर्न मोर्चा नेताहरु दिल्लीमाः सोनल

\"jitendra-sonal\"कलैया । तराई मधेस लोकतान्त्रिक पार्टीका महामन्त्री जितेन्द्र सोनलले संयुक्त लोकतान्त्रिक मोर्चाका नेताहरु जारी मधेस आन्दोलनबारे ब्रिफिङ गर्न दिल्ली गएको बताएका छन् । कलैयामा भएको पत्रकार भेटघाटका क्रममा उनले मोर्चाका नेताहरु भारत गएकोबारेमा जानकारी दिएका हुन् । मोर्चाले यसअघि विज्ञप्ति नै जारी गरी आफूहरु दिल्ली भ्रमणमा जान लागेको जानकारी दिएका थिए । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आमन्त्रणमा मोर्चाका नेताहरु भारत गएको भए पनि उनले भने भारतको सदनमा नेपालबारे सकारात्मक बहस होस् भनेर मधेस आन्दोलनबारे सांसदहरुालाई ब्रिफिङ गर्न नेताहरु दिल्ली गएकाे उनले दाबी गरे । भारतको सदनमा मधेसमा बल्झेको नेपालको मधेस आन्दोलनबारे सकारात्मक छलफलका लागि नै नेताहरु आन्दोलनबारे जानकारी दिन गएको उनले बताए । मोर्चाका नेताहरु मधेस आन्दोलनबार सल्लाह गर्न भारत गरेको भन्ने भ्रम रहेको उनको भनाइ थियो । मोर्चाका नेताहरुले डिपी त्रिपाठी, डी राजा, सोनिया गान्धी, सिताराम यचुरीलगायतका नेता र नागरिक समाजका अगुवाहरुसित भेटने कार्यक्रम रहेको उनले जानकारी दिए । भारतमा मधेस आन्दोलनबारे भ्रम भएकाले भ्रम चिर्न आफ्ना नेताहरु भारत गएको सोनलको स्पष्टोक्ति थियो । भारतको संसदमा सोमवार नेपालबारेमा बहस हुँदैछ । भारतकाे निमन्त्रणामा दिल्ली गएका माेर्चाका नेताहरू महन्थ ठाकुर, उपेन्द्र यादव, राजेन्द्र महताे र महेन्द्र राय यादवले अाइतबारदेखि राजनीतिक भेटघाट शुरू गरिसकेका छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: