Khabar Dabali ७ चैत्र २०८२ शनिबार | 21st March, 2026 Sat
Investment bank

सरकारले भोलिदेखि मधेसमा नयाँ संविधानको प्रचार थाल्ने

\"kamal-Thapa-pressकाठमाडौं । नयाँ संविधानमा असन्तुष्टी जनाउँदै तराई–मधेसमा लामो समयदेखि आन्दोलन जारी रहेको बेला सरकारले नयाँ संविधानको प्रचार अभियान थाल्ने भएको छ । नयाँ संविधानका बारेमा नजतालाई सुसूचित गराउन भन्दै सरकारले सोमबारदेखि प्रचारात्मक अभियान थाल्ने भएको हो । ‘जनताको संविधान, जनताकै माझमा’ भन्ने नाराका साथ सरकारले राष्ट्रव्यापी प्रचार अभियान थाल्ने भएको हो । संघीय मामिला तथा स्थानीय विकास मन्त्रीकोसमेत जिम्मेवारी लिएका उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री कमल थापाले आइतबार पत्रकार सम्मेलन गरी संविधानको प्रचार अभियानबारे जानकारी दिएका हुन् । राष्ट्रब्यापी रुपमै यो अभियान सञ्चालन गरिने भए पनि प्रारम्भमा तराईका जिल्लाहरुमा नै यो अभियान केन्द्रीत गरिने मन्त्री थापाले बताए । एक महिनासम्म चल्ने यो अभियान जिल्ला, नगरपालिका र गाविस स्तरमा छुट्टाछुट्टै आयोजना गरिने पनि मन्त्री थापाले जानकारी दिए । संविधानबारे जनतामा अस्पष्टता भएको भन्दै सरकारले यो अभियान शुरु गर्न लागेको हो । असोज ३ गते जारी गरिएको नयाँ संविधान अहिलेसम्मकै सबैभन्दा प्रगतिशील भए पनि नागरिक सुसुचित नभएका कारण संविधानको विरोध भएको सरकारको ठहर छ । यो अभियान संचालनका लागि अर्थ मन्त्रालयले पचास लाख रुपैयाँ स्थानीय विकास मन्त्रालयलाई निकासा दिन मन्त्रिपरिषद्ले निर्देशन दिइसकेको समेत मन्त्री थापाले जानकारी दिए । ७५ जिल्ला, २ सय १७ नगरपालिका र ३ हजार १ सय ५७ वटा गाविसका केन्द्रमा प्रचार प्रसार अभियान आयोजना गर्न माघ ८ गते नै मन्त्रिपरिषदले निर्णय गरेको थियो । सोमबारदेखि लागू हुनेगरी एक महिनासम्म नेपालका सबै जिल्ला, गाविस र नगरपालिकाहरुको आयोजनामा विद्युतीय, छापा र अन्यसमेत सबै सञ्चार माध्यमको सक्रिय सहभागीतामा कार्यक्रम सञ्चालन हुने मन्त्री थापाले जानकारी दिए । अभियानको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: