Khabar Dabali ८ चैत्र २०८२ आईतवार | 22nd March, 2026 Sun
Investment bank

स्वराजको अभिब्यक्ति नेपालमाथिको ठाडो हस्तक्षेपः उपप्रधानमन्त्री थापा

\"kamal-thapa-1\"काठमाडौं । उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापाले भारतीय विदेशमन्त्री सुष्मा स्वराजले नेपालबारे दिएको अभिब्यक्ति नेपालमाथिको ठाडो हस्तक्षेप भएको बताएका छन् । केही दिनअघि नेपालबारे भारतको माथिल्लो सदन राज्यसभामा नेपालबारेको १४ बुँदे धारणा प्रस्तुत गरेकी थिइन् । विदेशमन्त्री स्वराजले केपी शर्मा ओली नेतृत्वको सरकारले संविधान संशोधन कार्यमा ढिलाइ गरेको आरोप पनि लगाएकी थिइन् । नेपालबारे भारतीय विदेशमन्त्री स्वराजले दिएको अभिब्यक्ति भ्रमपूर्ण र हस्तक्षेपयुक्त रहेको मन्त्री थापाको भनाइ छ । व्यवस्थापिका संसद अन्तर्गतको सामाजिक न्याय तथा मानवअधिकार समितिको आइतबार बसेको बैठकमा परराष्ट्रमन्त्री थापाले भारतको संसदमास्वराजले दिएको अभिव्यक्ति नेपालको स्वतन्त्रतामा ठाडो हस्तक्षेप गर्ने किसिमको रहेको बताउ । गलत सूचनाका आधारमा स्वराजले त्यस्तो अभिव्यक्ति दिएको उनको भनाइ थियो । नेपाल–भारत सम्बन्ध बिग्रियो समितिको बैठकमा परराष्ट्रमन्त्री थापाले नेपाल–भारत सम्बन्ध पछिल्लो समय बिग्रिएको बताए । कुटनीतिक भन्दा पनि व्यक्तिगत तवरमा सम्बन्ध बनाउन खोज्दा दुई देशबिचको सम्बन्ध बिग्रिएको मन्त्री थापाले बताए । यद्यपी उनले आफ्नो पछिल्लो भारत भ्रमण नाकाबन्दी खुलाउनका लागि सकारात्मक भएको बताए । विगतमा पनि पटक पटक धोका हुने गरेको स्मरण गर्दै उनले नाका खुल्नेमा ढुक्क हुने अवस्था भने नरहेको बताए । सीमानाका भएको असुरक्षाका कारण नेपालमा गाडी पठाउन नसकिएको भन्ने भारतको दाबीको पनि उनले अस्वीकार गरे । आफूले भारत भ्रमणका बेला सीमा नाकाको असुरक्षाबारे कुनै कुरा नगरेको पनि थापाले स्पष्ट गरे ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: