Khabar Dabali २३ चैत्र २०८२ सोमबार | 6th April, 2026 Mon

अमेरिकामा पुन गोलीकाण्ड, कोलोराडोमा तीनको हत्या

\"goli-hanahan\"लस एन्जेल्स । संयुक्त राज्य अमेरिकामा पुन गोलीकाण्ड भएको छ । शुक्रबार भएको सो गोलीकाण्डमा परी कम्तीमा पनि तीन जनाको ज्यान गएको समाचार छ । एक बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउदा कालोराडो स्प्रिङ्मा तीन जना मारिएका हुन् । त्यस गोली काण्डमा परी अरु नौ जना घाइते भएका छन् । प्रहरीले कम्तीमा पनि पाँचघन्टा लामो निरन्तरको प्रयासपछि सो हत्यारालाई भने नियनत्रणमा लिन सफल भएको थियो । कोलोराडो स्प्रिङ्मा रहेको एक गर्भपतन गराउने स्वास्थ्य क्लिनिकमा शुक्रबार स्थानीय एक व्यक्तिले आफ्नै साथमा रहेको पिस्तोलबाट गोली चलाएको थियो । गोली लागेका अरु व्यक्तिको अवस्था सामान्य रहेको पाइएको छ । कोलोराडो स्प्रिङ् नगरका प्रहरी प्रमुखले दिएको जानकारीअनुसार गोली लागेर मारिनेमा एकजना सरकारी अधिकारी र अरु दुई सर्वसाधारण नागरिक परेका छन् । स्थानीय समयअनुसार बिहान ११ बजे सो हत्या भएको र उसलाई नियन्त्रणमा लिन साझको ५ बजेको थियो । पछि उसलाई प्रहरीले हतकडी लगाएर उक्त क्लिनिकबाट बाहिर ल्याउँदै गरेको दृश्य टेलिभिजनले देखाएका थिए । गोलीहान्ने उक्त व्यक्तिलाई नियन्त्रणमा लिन उक्त नगरका कम्तीमा पनि १५० जना प्रहरी परिचालन गरिएको थियो । पछि ती प्रहरीले उक्त हत्यारालाई आत्मसमर्पण गराउन सफल भएका थिए । रासस÷सिन्ह्वा
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending