Khabar Dabali १७ असार २०८३ बुधबार | 1st July, 2026 Wed
Investment bank

नाकाबन्दीबारे परराष्ट्रमन्त्री थापाले गरे विज्ञसँग छलफल

\"6alfal\"काठमाडौं। भारतीय पक्षबाट भएको अघोषित नाकाबन्दी र देशमा देखिएको समस्याका विषयमा उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री कमल थापाले पूर्व परराष्ट्रमन्त्री, पूर्व परराष्ट्र सचिव, पूर्व राजदूत र विभिन्न पार्टीका विदेश विभाग हेर्ने प्रतिनिधिहरुसँग सामूहिक छलफल गरेका छन्।

परराष्ट्रका प्रवक्ता ताराप्रसाद पोखरेलले अहिले देखिएको असहज परिस्थितिको समाधानका उपायबारे परराष्ट्र जानकारसँग राय सुझाव माग्न शुक्रबार छलफल कार्यक्रमको आयोजना गरिएको जानकारी दिए।

छलफलमा विभिन्न कोणबाट सुझाव आएको जानकारी दिँदै भारतसँग कूटनीतिक, राजनीतिकलगायत आवश्यक विभिन्न माध्यमबाट समस्या समाधानका लागि पहल गर्नुपर्नेमा सहभागीले जोड दिएको उनले बताए।

सहभागीले नाकाबन्दीको आडमा भारतले नेपालमाथि आफ्नो चाहना लाद्न खोजेको बताउँदै त्यसमा सरकार सचेत हुनुपर्ने सुझाव दिएका थिए।

छलफलका सहभागीले मधेस आन्दोलनको माग समाधानका लागि निष्कर्ष निस्कने गरी ठोस वार्ता गर्नुपर्नेसमेत सुझाव दिएका थिए।

प्रवक्ता पोखरेलले भारतले गरेको नाकाबन्दी आफैँ अन्तर्राष्ट्रिकरण भइसकेको बताउँदै त्यसबारे विश्व समुदाय जानकार भइसकेको उल्लेख गरे। रासस

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending