Khabar Dabali १७ असार २०८३ बुधबार | 1st July, 2026 Wed
Investment bank

प्रधानमन्त्री ओलीलाई भाजपा नेता जोलीले दिए चेतावनीयुक्त सन्देश

\"bijay-jolly\"

काठमाडौं । सुटुक्क काठमाडौं आएका भारतीय जनता पार्टीका नेता विजय जोली राजनीतिक भेटवार्ता गरेर फर्किएका छन् ।

नाकाबन्दी सुरु भएपछि जोली दोस्रो पटक सुटुक्क नेपाल आएका हुन् । यो पटक उनी युनिभर्सल पिस फेडेरेसनद्वारा आयोजित अन्तराष्ट्रिय शान्ति सम्मेलन’मा भाग दिने बहानामा काठमाडौं आएका थिए ।

तर, काठमाडौं बसाइका क्रममा उच्चस्तरीय राजनीतिक भेटवार्ता गर्दै दिल्लीको सन्देश समेत सुनाएर गएका छन् । उनले राष्ट्रपतिविद्या भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, कांग्रेस काबा सभापति रामचन्द्र पौडेलदेखि मधेसी मोर्चाका उपेन्द्र यादवलाई भेटेका छन् ।

भाजपाका नेता जोलीले बरु उल्टै चेतावनीपूर्ण सन्देश दिएर गएका छन् । ‘काठमाडौंमा दिनदिनै भारतीय प्रधानमन्त्रीको पुत्ला जालेकोमा पनि उनले निकै चासो र चिन्ता व्यक्त गरेको छ । भाजपाका नेता जोलीले प्रधानमन्त्री ओलीललाई बालुवाटारमै पुगेर भेट गरेका थिए । भेटमा प्रधानमन्त्री ओलीले नेपालले के गल्ती गरेको थियो र नाकाबन्दी गरेको भन्दै प्रश्न गरेका थिए ।

तर, नाकाबन्दी गरेको अस्वीकार गर्दै जोलीले भारतलाई देखाएर भारत विरोधी भावना बढ्यो भने नराम्रो हुने चेतावनी समेत दिए ।

जोलीले उपप्रधानमन्त्री चित्रबहादुर केसी र सीपी मैनालीहरुको पछिल्लो अभिव्यक्तिहरुप्रति लक्षित गर्दै असन्तुष्टी समेत जनाएका थिए । केसी र मैनालीले भारतले नेपालको तराईलाई टुक्राउन खोजेको अभिव्यक्ति दिएपछि भारतीय दूतबासले पनि खण्डन गरेको थियो ।

जोलीले नेपाल भ्रमण उपलब्धिमुलक भएको भन्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र भाजपा अध्यक्ष अमित साहलाई नेपालको अवस्थाबारे जानकारी गराउने बताएका छन् ।

भारतमा उनकै पार्टी भाजपा सरकारमा छ र प्रधानमन्त्री नरेन्द्र मोदीको सरकारले मधेसमा भइरहेको आन्दोलनलाई देखाएर २ महिनाभन्दा बढी समयदेखि नेपालमाथि अघोषित नाकाबन्दी गरिरहेको छ ।

 
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending