Khabar Dabali १७ असार २०८३ बुधबार | 1st July, 2026 Wed
Investment bank

एमाओवादी टोली १० दिने चीन भ्रमण गरी स्वदेश फर्कियो

\"ucpnm_china_tour   काठमाडौं  । एकीकृत ने.क.पा. (माओवादी)को २० सदस्यीय एक प्रतिनिधी मण्डल १० दिन चीनका उपल्लो स्तरदेखि विभिन्न प्रान्तीय नेताहरुसँग भेटवार्ता गरी आज दिउँसो स्वदेश फर्किएको हो । टोलीले चीनको राजधानी बेइजिङ स्थित चीनियाँ कम्युनिष्ट पार्टीका उप विदेश मन्त्री लि चिङसँग गएको मंगलवार भेटवार्ता गरेको गरेको थियो । एमाओवादी पोलिट्ब्यूरो सदस्य तथा पूर्व स्वास्थ्य मन्त्री शशी श्रेष्ठको नेतृत्वमा आएको २० सदस्यीय टोलीले उनीसँग भेट गरेको हो । भेटवार्तामा विदेश मन्त्री चिङले नेपाललाई अप्ठ्यारो परेको बेलामा असल सहयोगी छिमेकीका रुपमा सहयोग गर्न चीन सदैव तत्पर रहेको बताए । उनले नेपालमा नयाँ संविधान जारी भएकोमा खुसी व्यक्त गर्दै नयाँ संविधान निर्माणले नेपाल–चीन सम्बन्धमा नयाँ अवसर मिलेको बताए । नेपाल चीन र भारतको बीचमा भएकाले द्रुत विकासको सम्भावना भएको देश भएको उनको भनाई थियो । भूकम्पले नेपालमा पुर्याएको क्षतिमा दुःख व्यक्त गर्दै पुनर्निर्माण कार्यमा अझ सफलता मिलोस् भन्ने कामना गरे । नेपालमा प्रचुर मात्रामा जलस्रोतको सम्भावना भएको बताउँदै त्यसको उत्पादनमा पूँजी र प्रविधि लगानी गर्न इच्छुक रहेको उनको भनाई थियो । उनले भने, एमाओवादी लगायतका नेपाली राजनीतिक दलहरु आफ्नो देशको समस्या आफैं हल गर्न सक्षम छन् । उनले एमाओवादी पार्टी संविधान निर्माण गरी वर्तमान सरकारमा सामेल भएकोमा बधाई दिए । संविधान निर्माण पश्चात एमाओवादीले वर्तमान राजनीतिमा आफ्नो भूमिका अझै बलियो बनाएको बताउँदै दूई पार्टीबीचको सम्बन्ध निकट मित्रको रुपमा रहीरहने विश्वास व्यक्त गरे । एमाओवादीको तर्फबाट नेतृ शशी श्रेष्ठले वर्तमान नेपाली  राजनीतिको संक्षिप्त व्याख्या गर्दै नेपाली जनताले एकपछि अर्को दुःख व्यहोरी रहेको बेलामा चीनले पुर्याएको निस्वार्थ, मानवीय र मैत्रीपूर्ण सहयोगको प्रशंसा गरिन् । उनले नेपाल देश र एमाओवादी पार्टी एक चीन नीतिप्रति दृढ रहेको बताउँदै चीनले सधंैभरी असम्लग्न र अहस्तक्षेपकारी नीति लिएकोमा आफ्नो पार्टी र देशले उच्च सम्मान प्रकट गरेको बताइन् । उनले नेपाली जनता भूकम्पको त्रासदीबाट मुक्त हुन नपाउँदै अर्को छिमेकी राष्ट्रको नाकाबन्दीबाट पीडित हुनु परिरहेको बताइन् । उनले भारतप्रति इंगित गर्दै भनिन्, जनताबाट चुनेका प्रतिनीधिहरुले संविधान बनाउँदा यो सजाय पाएका छौं । उक्त भेटमा चिनियाँ कम्युनिष्ट पार्टीका अन्तराष्ट्रिय आदानप्रदान केन्द्रका प्रमुख आन यु जोङ, दक्षिण एसिया व्यूरोका प्रमुख झान् सु यि, नेपाल तथा भारत मामला कार्यालयका उपप्रमुख साओ लियाङ लगायतका नेताहरुको उपस्थिति रहेको थियो । \"ucpnm_china_tour यसअघि चिनियाँ कम्यनिष्ट पार्टीका अन्तराष्ट्रिय आदानप्रदान केन्द्रका प्रमुख आन यु जोङसँग एमाओवादी प्रतिनीधि मण्डलले एक अलग भेटमा विस्तृत अन्तक्र्रिया गरेको थियो । कार्तिक ३० गते चीन गएको एमाओवादी प्रतिनीधि मण्डलले यसअघि क्वीयाङ प्रान्त अन्तर्गत क्वीचाओ उपस्वायत्त क्षेत्रका पार्टी सचिव ताङ सियाङ चिङ, चच्याङ प्रान्त अन्तरगत औद्योगिक शहर इयूकी उपमेयर वाङ सियाओ यिन लगायतका स्थानिय देखि उच्च नेताहरुसँग भेटघाट गरेको थियो । टोलीले चीनको क्वीयाङ प्रान्त र चच्याङ प्रान्तका विभिन्न गाउँ तथा पर्यटकीय स्थलहरुको अध्ययन भ्रमणका साथै विभिन्न औधोगिक प्रतिष्ठानहरुको निरिक्षण गरेको थियो । टोली मंसिर ११ गते काठमाडौं फर्कने बताईएको छ । एमाओवादीको उक्त टोलीका अन्य सदस्यहरुमा महेश्वर गहतराज, पेशल कुमार खतिवडा, युवराज चौलागाईं, बुद्धिमान माझी, श्रीकृष्ण प्रसाद अधिकारी, हरिराम चौधरी, संगिता भट्टराई, अम्बर बहादुर लामा, गंगा प्रसाद पोखरेल, असर्फी सदा, सुनिता रेग्मी, कृष्णबहादुर आलेमगर, लक्ष्मी प्रसाद शर्मा, रियाज अहमद, विजय महतो,  ओपेन्द्र कुमार राय, गणेशबहादुर सलामी, गोम्बु शेर्पा र सूर्य किरण लगायतका रहेका थिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending