Khabar Dabali १७ असार २०८३ बुधबार | 1st July, 2026 Wed
Investment bank

इटहरी घटनाबारे उपेन्द्रले भने – सरकारले आन्दोलन दवाउन भिजिलान्ते प्रयोग गर्यो

[caption id=\"attachment_40256\" align=\"alignnone\" width=\"500\"]\"Upendra Upendra Yadav[/caption] काठमाडौं । संघिय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले इटहरी घटनबारे एक विज्ञप्ति जारी गर्दै सरकारले मधेस आन्दोल दबाउन भिजिलान्ते प्रयोग गरेको बताएका छन् । उनले सरकारको नेतृत्वमा एमाले कार्यकर्ता प्रयोग गरेर संघिय गठबन्धनले आयोजना गरेको आमसभाका लागि तयार गरिएको मञ्चमा तोडफोड तथा आगजनी गरेको आरोप लगाएका छन् । विज्ञप्तिमा भनिएको छ – ‘ सरकारको यस्तो गतिविधिले समस्याको निकाश दिनुको साट्टा मुलुकलाई थप संकटमा धकेल्न लागेको प्रस्ट छ । वार्ताको नाटक मञ्चन गरि महिनौंदेखि मुलुकलाई अनिर्णयको बन्दी बनाइराखेको सरकारले जनविरोधी कार्य तत्काल बन्द गरियोस ।’ उनले सरकार साम्प्रदायीक दंगा भड्काउन उद्दत रहेको पनि विज्ञप्तिमा उल्लेख गरेका छन् । विज्ञप्तिको पुर्ण पाठ प्रेस विज्ञप्ति संघीय समाजवादी फोरम, नेपाल लगायत ९ राजनीतिक दल आबद्ध संघीय गठबन्धनले आज सुनसरीको इटहरीमा पूर्वघोषित शान्तिपूर्ण रुपमा जनसभा आयोजनाको तयारी भइरहेको अवस्थामा सरकारले नियोजित रुपमा एमाले कार्यकर्ता तथा विद्यार्थीहरुलाई प्रयोग गरी मञ्च तोडफोड तथा आगजनी गर्न लगाएको घटनाप्रति हाम्रो गम्भीर ध्यानार्कषण भएको छ । शान्तिपूर्ण रुपमा आफ्ना विचार राख्न पाउने, सभा सम्मेलन गर्न पाउने नागरिकको अधिकारमाथि प्रहार गर्दै एमाले नेतृत्वको सरकारले भिजिलान्ते प्रयोग गरी मञ्च तोडफोड तथा आगजनी गराउनुले सरकारको गैर लोकतान्त्रिक, तानाशाही र गैरजिम्मेवार चरित्र उदाङ्गो भएको छ । इटहरी घटनाले सरकारले वार्ता मार्फत् मुलुकलाई निकास दिनुको सट्टा मुलुकलाई थप संकट तर्फ धकेल्न लागिपरेको प्रष्ट छ । वार्ताको नाटक मञ्चन गरि महिनौंदेखि मुलुकलाई अनिर्णयको बन्दी बनाइराखेको सरकारले जनविरोधी कार्य तत्काल बन्द गर्नुपर्छ । वार्ता र संवाद मार्फत् मुलुकलाई निकास दिनुको सट्टा वार्ताबाट भाग्दै हिडेको सरकारको पछिल्लो क्रियाकलाप अत्यन्तै खेदजनक, चिन्ताजनक एवं आपत्तिजनक हुनुका साथै गैर जिम्मेवार देखिएको छ । आन्दोलनकारीको सुझबुझ र संयमताले इटहरीमा कुनै अप्रिय घटना नभएपनि शान्तिपूर्ण सभा सम्मेलनमा अवरोध हुनुले सरकार आफैले सामाजिक सद्भाव बिगारेर सम्प्रदायिक दङ्गा भड्काउन खोजेको प्रष्ट हुन्छ । सामाजिक सद्भाव बिगारेर आन्दोलनलाई बद्नाम गर्ने र कमजोर गर्ने सरकारको कुटिल नियत रहेकोले यस्तो जन विरोधी कार्यको संघीय समाजवादी फोरम, नेपाल घोर भत्र्सना तथा विरोध गर्दछ । साथै यस्ता जन विरोधी क्रियाकलापबाट बिचलित नभई संयमित रुपमा आन्दोलनलाई अघि बढाउन नेता कार्यकर्ता तथा आम सर्वसाधारण सबैलाई आह्वान गर्दछु । उपेन्द्र यादव अध्यक्ष  
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending