Khabar Dabali १७ असार २०८३ बुधबार | 1st July, 2026 Wed
Investment bank

सीमा क्षेत्रका प्रहरी पोष्ट तत्काल स्थापना गर्न मानवअधिकार समितिको निर्देशन

\"BICC-Nepal\"काठमाडौं । ब्यवस्थापिका संसदको संसदीय समितिले नेपाल–भारत सीमाक्षेत्रका प्रहरी पोष्टहरु तत्काल स्थापना गर्न सररकालाई निर्देशन दिएको छ । व्यवस्थापिका संसदको सामाजिक न्याय तथा मानवअधिकार समितिले सीमा क्षेत्रका प्रहरी पोष्ट तत्काल स्थापना गर्न सरकारलाई निर्देशन दिएको हो । समितिको शुक्रबार बसेको बैठकले सीमा जोडिएका तराईका जिल्लामा प्रहरी पोष्ट नहुँदा त्यहाँका जनताले सुरक्षाको प्रत्याभुति महसुस गर्न नसकेको भन्दै तत्काल पोष्ट स्थापना गर्न निर्देशन दिएको हो । समितिले तराई–मधेसको आन्दोलन र भारतीय नाकाबन्दीले उत्पन्न गराएको असहज परिस्थितिमा मानवअधिकारको प्रत्याभूत गर्न पनि सरकारको ध्यानाकर्षण गराएको छ । त्यसैगरी तराईमा जारी आन्दोलनका क्रममा आन्दोलनरत पक्ष र सरकार दुवै पक्षबाट मानवअधिकारको उलंघन भएको पनि समितिको ठहर छ । प्रहरी प्रशासनका तर्फबाट अध्याधिक बल प्रयोग भएकोले मातहतको निकायलाई आवश्यक निर्देशन दिन समितिले सरकारलाई निर्देशन दिएको छ । त्यसैगरी बैठकमा बोल्ने अधिकांश सदस्यले तराईमा जारी आन्दोलनमा समाजिक न्यायको व्यापक उलंघन भएको भन्दै सरकारको ध्यानाकर्षण गराए । समितिले तराईमा जारी आन्दोलन र नाकाबन्दीका कारण जनजीवन प्रभावित हुनुको  साथै मानवअधिकार र समाजिक न्यायको सिद्धान्त उलंघन भएको भन्दै सोबारे यथार्थ बुझ्न गृहमन्त्रीलाई बैठकमा बोलाएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending