Khabar Dabali २३ मंसिर २०८२ सोमबार | 8th December, 2025 Mon
Investment bank

अन्तर्राष्ट्रिय हात्तीपोलोमा टाइगर टप्स टस्कर विजयी

\"elephant-polo\"नवलपरासी । नवलपरासीको अमलटारीमा जारी ३४औँ अन्तर्राष्ट्रिय हात्तीपोलो प्रतियोगिताअन्तर्गत मंगलबार भएको खेलमा घरेलु टोली टाइगर टप्स टस्कर विजयी भएको छ ।

अस्ट्रेलियाको पुक्का चुक्काससँग ६–४ को अन्तरले टस्कर विजयी भएको हो ।त्यस्तै, इङल्याण्डको दी रस्टी कुर्किसले श्रीलङ्काको गाल ओएलाई ९–४ को अन्तरले पराजित गरेको छ भने अर्को खेलमा इएफजी स्विजरल्यान्डले अमेरिकाको सिआइएच सेन्टपल ग्रिफिन्सलाई ११–६ को गोल अन्तरले हराउँदै विजयी भएको छ ।

थारू टाइगरलाई १३–६ को अन्तरले पछि पार्दै ट्रिग्रिसिस अरेबिया विजयी भएको छ । हात्तीमाथि बसी माहुतेको पछाडि खेलाडी रहेर हात्तीले खेल्ने यो खेलमा घरेलु दुई समूहसहित आठ समूह सहभागी छन् । लिग चरणको खेल बुधबार सकिने आयोजक टाइगर टप्स होटलका प्रशासकीय प्रबन्धक रामसिंह गुरुङले जानकारी दिए ।

यही मङ्सिर ११ गतेसम्म चल्ने यो खेल नेपालमा मात्र हुने अन्तर्राष्ट्रिय खेल हो । यो खेलका लागि यो मौसममा हात्तीहरुलाई खेल खेलाउन सजिलो भएकाले टाइगर टप्सले सन् १९८२ देखि चितवन राष्ट्रिय निकुञ्ज क्षेत्र मेघौलीबाट हात्तीपोलो खेल सुरु गरेको थियो ।

गएको तीन वर्ष बर्दियामा यो खेल भएको थियो । यस वर्षदेखि नवलपरासीको पर्यटकीय गाउँ थारू होमस्टे अमलटारीस्थित गुन्द्रही ढकाहा मध्यवर्ती सामुदायिक वनको चौरमा भएको छ । यो खेल हेर्नका लागि आउने विदेशी पाहुनाले यहाँका होटल खचाखच भएका छन् भने स्वदेशी पाहुनाले होमस्टे भरिएका छन् । अन्तर्राष्ट्रिय स्तरको हात्तीपोलो खेल यहाँ सुरु भएपछि तीन दिनदेखि पाहुनाको चाप बढेको अमलटारी थारू होमस्टेका अध्यक्ष प्रेमशङ्कर मर्दनियाले बताए ।

फाइनल खेलको दिन मङ्सिर ११ गते अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका पत्रकारसमेत आउने नवलपरासीस्थित टाइगर टप्स होटलका प्रबन्धक डिबी चौधरीले बताए ।

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending