Khabar Dabali २१ फाल्गुन २०८२ बिहीबार | 5th March, 2026 Thu
Investment bank

प्रचण्ड र मधेसी नेताबिच ३ घण्टा गोप्य छलफलः केके भयो छलफलमा ?

\"prachanda_mahantha_upendra_laxmanlal\"काठमाडौं । एकिकृत नेकपा माओवादीका अध्यक्ष तथा सरकारी वार्ता टोलीका संयोजक पुस्पकमल दाहाल प्रचण्डले मंगलबार मधेसी मोर्चाका नेताहरुसँग ३ घण्टा गोप्य छलफल गरेका छन् ।   एक उच्च स्रोतका अनुसार मधेसीमोर्चाका नेताहरु महन्थ ठाकूर, उपेन्द्र यादव, महेन्द्रनारायण यादव र लक्ष्मणलाल कर्णसँग प्रचण्डले अज्ञात स्थलमा ३ घण्टा लामो छलफल गरेका हुन् ।   छलफलको कहाँ भएको थियो र अरु कोको सहभागी थिए भन्ने कुरा खुल्न नसकेको भएपनि मंगलबार दिउँसो १२ बजेबाट ३ बजेसम्म मधेस आन्दोलनको निकास, संविधान संशोधन र नाकाबन्दीको विषयमा छलफल चलेको स्रोत बताउँछ ।   स्रोतका अनुसार प्रचण्डले मधेसी नेताहरुसँग देश गम्भिर दूर्घटनामा जान लागेको भन्दै अहिले सहमतिमा आउनका लागी आग्रह गरेका थिए भने मधेसी नेताहरुले मधेसीका न्यूनतम् माग पनि प्रधानमन्त्री ओली तथा एमालेले सुन्न नचाहेकोले वार्ता तथा संवादलाई निकासमुलक बनाउन आग्रह गरेका थिए ।   स्रोतका अनुसार नेताहरुविचको छलफलबाट सबै समस्याहरुलाई प्याकेजमा सामाधान गर्नेगरी प्रचण्डसँग मोर्चाका नेताहरुले सहमति जनाएका छन् । छलफलको निचोढ अनुसार प्रचण्डले उक्त निचोढ अब कांग्रेस÷एमालेका नेताहरुलाई सुनाउने छन् र सहमतिको लागी अन्तिम आग्रह गर्नेछन् ।   स्रोत बन्छ –मधेसी मोर्चाका नेताहरु प्रचण्डले गरेको उक्त छलफलमा निकै सन्तुलित र गम्भिर रुपमा प्रस्तुत भएका थिए भने प्रचण्डले देशको गम्भिर अवस्थाको बारेमा विषय राखेका थिए ।   यसबारेमा प्रचण्डको सचिवालयमा सम्पर्क राख्दा अहिले यस विषयमा केही भन्न नमिल्ने र प्रचण्डले सबै पक्षसँग छलफल र समस्या सामाधानका निम्ती पहल गरिरहेको बतायो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE