Khabar Dabali २१ फाल्गुन २०८२ बिहीबार | 5th March, 2026 Thu
Investment bank

कालोबजारी गरी ल्याइएको हवाइ इन्धन सहित ४ जना पक्राउ

\"petrol\"चितवन । वडा प्रहरी कार्यालय नारायणगढले कालोबजारी गरी ल्याइएको हवाई इन्धनसहितको ट्यांकर गए राति नियन्त्रणमा लिएको छ । नेपालगन्जबाट आएको ना २ ख ४३६५ नंको ट्यांकरसहित प्रहरीले चार जनालाई नारायणगढको बेलचोकबाट पक्राउ गरेको प्रहरी निरीक्षक सत्यनारायण थापाले जानकारी दिए। जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक वसन्त कुँवरका अनुसार नेपाल आयल निगमसँग कुनै स्वीकृति नलिई नेपालगन्ज नाकाबाट बाटोका विभिन्न स्थानमा आआफ्नै ढङ्गले बिक्री गर्दै नारायणगढ आइपुगेपछि निजी घरमा इन्धन झार्दै गर्दा नियन्त्रणमा लिइएको बताए । नारायणगढमा ८५० लि हवाई इन्धन झार्दै गर्दा ट्यांकरसहित नियन्त्रणमा लिइएको उनले बताए ।  पक्राउ पर्नेमा नारायणगढ बेलचोकका विनोद अवस्थी, उनका एक जना कामदार, कालोबजारीको मध्यस्थता गरेका वीरगन्जका किशोर पटेल र सवारी चालक मकवानपुर काँकडा–४ का सोमलाल ब्लोन छन् । ट्याङ्करमा सात हजार लि जति हवाई इन्धन रहेको बताइएको छ ।  अभियुक्तले प्रहरीलाई ५० हजार घुस दिन खोजेको तर सो रकमसहित व्यक्ति नियन्त्रणमा लिइएको कँुवरले बताए । सो इन्धन बाटामा बिक्री गर्दै बॉकी त्रिभुवन विमानस्थलमा बिक्री गर्न लैजान लागेको खुलेको छ । प्रहरी उपरीक्षक कुँवरले आयल निगमका कर्मचारीको मिलेमतोमा अवैध रुपमा इन्धन लैजान लागेको हुन सक्ने आशङ्का व्यक्त गरे ।  अभियुक्तलाई कालोबजारी ऐन अन्तर्गत कारबाही प्रक्रिया अघि बढाइने जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE