Khabar Dabali १६ असार २०८३ मंगलवार | 30th June, 2026 Tue
Investment bank

राजधानीमा एकाविहानै ट्वीटर प्रयोगकर्ताहरुको प्रदर्शन

\"twite-2\"काठमाडौं । समाजिक सञ्जाल ट्वीटर प्रयोगकर्ताहरुले सोमवार एकाबिहानै सरकारविरुद्धमा प्रदर्शन गरेका छन् । तीन महिनाभन्दा बढी समयदेखि तराई–मधेसको आन्दोलन र भारतीय नाकाबन्दीले गम्भीर संकट उत्पन्न गर्दा समेत सरकार र प्रमुख राजनीतिक दलहरुले समस्या समाधान गर्न नसकेको भन्दै ट्वीटर प्रयोगकर्ताले राजधानी र्याली निकालेका हुन् । हात हातमा प्लेकार्ड र राष्ट्रिय झण्डा बोकेर बसन्तपुरबाट निस्किएको र्याली माइतीघर मण्डलासम्म आइपुगेको थियो । समाजिक सञ्जालहरुबाटै आह्वान गरी युवाहरु सडकमा निस्किएका हुन् । सामाजिक सञ्जाल फेसबुक प्रयोगकर्ताहरु सबैभन्दा बढी भए पनि ट्वीटर प्रयोगकर्ताहरु समाजिक अभियानहरुमा बढी सक्रिय देखिन्छन् । सरकार र दल सुते–अब हामी जागौं, तिमि वार्ता गर साथ हामी दिन्छौं, प्रदेश चाहिएको हो–परदेश होइन जस्ता नारा लेखिएका प्लेकार्ड युवाहरुको हातहातमा थिए । तराई–मधेसमा तीन महिनाभन्दा बढी समयदेखि आन्दोलन भइरहँदा मुलुककै जनजीवन नराम्रो गरी प्रभावित भइरहेको छ । मधेस आन्दोलनकै कारण देखाएर भारतले समेत नाकाबन्दी गरिदिएपछि मुलुकमा चरम संकट उत्पन्न भएको छ । लामो समयसम्मको समस्या पनि समाधान गर्न नसकेका राजनीतिक दल, तराईमा आन्दोलनरत दलहरुप्रति उनीहरुको प्रश्न थियो– देश जलाएर खरानी घस्छौं ? घर भत्काएर कहाँ बस्छौं ? एउटा ठूलो राष्ट्रिय झण्डा र हातहातमा प्लेकार्ड बोकेका युवाहरु मौन र्याली गर्दै माइतीघरसम्म आइपुगेका थिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending