Khabar Dabali २२ फाल्गुन २०८२ शुक्रबार | 6th March, 2026 Fri
Investment bank

नयाँ दिल्ली छेउमा एउटा निरक्षर गाउँ

\"151105120358_bbijnor_inchawala_village__624x351_narendrakaushik\" काठामाडौं ।  भारतलाई विकासको पथमा लम्किरहेको उदाउँदो  देशको रुपमा लिइन्छ । तर त्यही देशको राजधानी नजिकै एउटा यस्तो गाउँ छ; जहाँका मानिसहरुले अक्षर चिन्दैनन् । भारत सरकारले शिक्षा अधिकारलाई मौलिक अधिकारको रुपमा घोषणा गरेको छ । सरकारले भारतलाई डिजिटल इन्डिया बनाउने भनेर जोड गरिरहेको छ । तर राजधानी दिल्लीबाट लगभग २ सय किलोमिटर उत्तर प्रदेशको बिजनौर छेउमा इच्क्षावाला नाम गरेको एउटा यस्तो गाउँ छ जहाँ एक जना छाडेर पुरै गाउँ अनपढ छ । त्यस गाउँमा न कोही नाम लेख्न सक्छन्, न कोही हस्ताक्षर नै गर्न सक्छन् । \"151105122037_bijnor_inchawala_village_up_624x351_narendrakaushik\" गाउँमा एउटा पनि स्कुल छैन । न सडक छ, न अस्पताल, न कुनै पसल छ न कुनै बिजुली बत्ति । गाउँको पञ्चायत प्रमुख अख्तर बाहेक आज सम्म कसैले पनि रेलसम्मपनि चढेका छैनन् ।  गाउँमा राष्ट्रपति को हो भनेर कोही पनि जान्दैनन् । ५०० सय भन्दा बढी जनसंख्या भएको त्यो गाउँबाट आजसम्म एक जनापनिले पनि सरकारी र प्राइभेट जागिर खाएका छैनन् । उक्त गाउँमा पुग्नका लागि पहिला गंगा नदी पार गरेर जानुपर्छ त्यसपछि फेरी करिव चार किलो मिटर पैदल जंगलको बाटो हिड्नु पर्छ । त्यहाँका बासिन्दा अख्तरले भने, हामी सबै औंठा छाप हौं । सिर्फ मेरो एउटा नाति सैयद अली छोडेर’ उनले १० कक्षासम्म हरिद्धारको एउटा गाउँमा पढेको छ ।’ उनले बताए । प्रत्येक वर्ष मार्च देखि अक्टोबरसम्म गंगा नदीले उक्त गाउँलाई डुबाउँछ । उनीहरु ज्यान जोगाउन अर्को गाउँमा जाने गर्छन् । त्यहाँका सबै घरहरु खरले बनेका छन् । पेशाले उनीहरु खेति गर्ने, पशुपन्छी पाल्ने र माछा मार्ने गर्छन् । उनीहरुलाई माछा बेच्न शहर जानु पर्दैन । व्यापारीहरु गाउँमै लिन आउँछन् । उनीहरु हरेक वर्ष नोभेम्बरमा सम्पूर्ण गाउँले मिलेर राजापुरको छेउ गंगा नदीमा अस्थायी पुल बनाउन जुट्छन् ।   \"151105120625_bbijnor_inchawala_village_uttarpradesh_624x351_narendrakaushik\" सन् २०१३ मा उत्तर प्रदेशको सरकारले इच्छावाला गाउँमा साक्षरता बढाउनका लागि दुईजना शिक्षकहरु मनमोहन सिंह र अतीक अहमतलाई नियुक्त गरेका थिए । राजारामपुर गाउँको प्राथमिक स्कुलका प्रधानाध्यापक अमहद भन्छन् ‘ उनीहरु दुईजनाले त्यहाँ बच्चाहरुलाई नोभेम्बर महिना सम्म पढाए त्यसपछि पानी प¥यो । गाउँ जाने बाटो विग्रियो । त्यसपछि उनीहरु गएनन् । त्यसपछि पुनः मेघराज सिंह नाम गरेको शिक्षकलाई नियुक्त गरियो । तर त्यो गाउँका सबै बच्चाहरु माछा मार्न र खेतीमा अभिभावकलाई सघाउन जाने भएका कारण पढाई हुन सकेन । शिक्षक सिंहले भने, “ म १० दिन भित्रमा २÷३ पटक त्यो गाउँ पढाउन सकिन्छ कि भनी पुगेकोछु । तर त्यहाँका बच्चाहरु घरमा कोही पनि थिएन ।’ विविसी डट कम हिन्दीबाट
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE