Khabar Dabali १५ पुष २०८२ मंगलवार | 30th December, 2025 Tue
Investment bank

नेपालमा नाकाबन्दी खुलाउन बेलायतको पहल, भारतसँग वार्ता भइरहेको जानकारी

काठमाडौं । बेलायतले नेपालमाथि भारतले गरेको नाकाबन्दी खुलाउन भारत सरकारसँग वार्ता भइरहेको जनाएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको बेलायत भ्रमणको ठिक अघि वेलयती संसदमा भएको छलफलमा बेलायती बिदेश मन्त्रालयले भारतलाई नाका खोल्न दबाब दिइएको बताएका छन् ।\"UK

बेलायती सांसद म्याथ्यु ओर्फडले भारतीय नाकाबन्दीका कारण नेपालमा मानवीय संकट उत्पन्न भएको भन्दै नाका खुलाउन वेलायत सरकारले के पहल गरिरहेको छ भनी सरकारसँग जवाफ माग गर्नुभएको थियो ।

जवाफमा बेलायती बिदेश राज्यमन्त्री ह्युगो स्वाइरले भन्नुभयो– ‘नेपालमा लगाइएको नाकाबन्दीका कारण हाम्रो ध्यानाकर्षण भएको छ, हामी सम्बद्ध पक्षलाई सम्वादका माध्यमबाट समस्या समाधान गर्न आग्रह गर्दछौं ।’

राज्यमन्त्रीले बेलायतका नेपालस्थित कार्यवाहक राजदूतले नेपालका लागि भारतीय राजदूतसँग नाकाबन्दी खुलाउनेबारे पहल गरेको पनि स्पष्ट पार्नुभएको छ ।

यसैगरी दिल्लीस्थित बेलायती हाइ कमिस्नर सर जेम्स बेभनले भारतीय बिदेशसचिव एस जयसंकरसँग भेट गरी नेपालमाथि भइरहेको नाकाबन्दी खुलाउनेबारे छलफल गरेको बताउनुभएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आजदेखि शुरु गर्ने बेलायत भ्रमण भ्रमणको क्रममा पनि यस बारेमा कुरा हुने बेलायती विदेश मन्त्रालयले जनाएको छ ।

नेपालले आफ्नो संविधान आफै बनाउन पाउने अधिकारमाथि हस्तक्षेप गर्दै नाकाबन्दी गरेको बिरोधमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी विरूद्ध लण्डनस्थित नेपाली समुदायले बिरोध प्रर्दशन गर्ने तयारी गरिरहेका छन् ।

बिगत एक दशकमा भारतीय प्रधानमन्त्रीले बेलायत भ्रमण गर्न लागेको यो पहिलोपटक हो । तर, लण्डनमा भने यतिबेला नरेन्द्र मोदीको स्वागतमा नभई बिरोधमा तिब्र तयारी भइरहेको छ ।

नेपालले आफ्नो संविधान आफै बनाउन पाउने अधिकारमाथि हस्तक्षेप गर्दै नाकाबन्दी गरेको बिरोधमा लण्डनस्थित नेपाली समुदायले बिरोध प्रर्दशन गर्ने तयारी गरेका हुन् ।

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending