Khabar Dabali २२ फाल्गुन २०८२ शुक्रबार | 6th March, 2026 Fri
Investment bank

यस्तो छ देश चलाउने भीआइपीहरुको तिहार योजना

\"bidhya-bhandari-358x300\"काठमाडौं । दाजुभाइ र दिदीबहिनीहरु बीच आत्मीयता बढाउने यो पर्व सबैका लागि उत्तिकै प्यारो हुन्छ ।  देश अभावले आक्रान्त भइरहेको  बेला अभाव र तनावका बीच देश हाँक्ने मुख्य जिम्मेवारीमा रहेका ६ जना नेताहरुले कसरी मनाउँदैछन् तिहार ?  यो जिज्ञासा मेटाउने कोशिस गर्ने छौं ।

राष्ट्रपति, विद्या भण्डारी राष्ट्रपति विद्या भण्डारीको तीन दाजुभाइ र एक बहिनी छन् । जेठा दाइ तेजेन्द्र पाण्डे र माइला टेकेन्द्र पाण्डे अमेरिकामा बस्दै आएका छन् । काठमाडौंमा रहेका कान्छा भाइ डेगेन्द्र र बहिनी सुशीलाका साथमा राष्ट्रपति भण्डारीले शीतलनिवासमा भाइटिका लगाउनेछिन् । सीतलनिवासमा देउसी÷भैलोको कुनै कार्यक्रम छैन । सुरक्षाका कारण नेपाली सेनाले विगतदेखि नै देउसी÷भैलो टोलीलाई प्रवेश नदिने गरेको हो ।

उपराष्ट्रपति नन्दबहादुर पुन उपराष्ट्रपति नन्दबहादुर पुनकाले शान्तिप्रक्रियामा आएदेखि पुनले भाइटीकामा आफ्ना दिदीबहिनीको हातबाट टीका लगाउँदै आएका छन् । यद्यपि यसपालि दिदीबहिनी र दाजुभाइहरु काठमाडौं आउने कार्यक्रम छैन । उपराष्ट्रपति पुनले काठमाडौंमा रहेका नजिकका दिदीबहिनी पर्नेहरुसित टीका लगाउने कार्यक्रम छ ।

प्रधानमन्त्री केपी शर्मा ओली प्रधानमन्त्री केपी शर्मा ओलीले यसपालिको भाइटीकामा सुरुमा गौशाला पिंगलास्थानमा बस्ने विष्णुमाया शिवाकोटीका हातबाट भाइटीका लगाउने छन् । उनी ओलीले बनाएकी बहिनी हुन् । त्यसपछि बालुवाटारमा अर्की आमापट्टीका बहिनीहरु विष्णुमाया ओली, कौशिला ओली र विष्णु ओलीका हातबाट टीका लगाउने कार्यक्रम छ ।

सभामुख ओनसरी घर्ती सभामुख ओनसरी घर्तिका तीन दाजुभाइ र चार दिदीबहिनी छन् । केही महिनाअघि ओनसरीका बुवाको मृत्यु भएकाले यसपालि तिहार मनाउने कार्यक्रम छैन । ओनसरीका पति तथा एमाओवादी सचिव वर्षमान पुन विरामी भएर दिल्लीको मेदान्त अस्पतालमा भर्ना भएकाले पनि सभामुखको परिवारमा यसपालि तिहार बनाउने खासै परिस्थिति छैन ।

कांग्रेस सभापति, सुशील कोइराला हाल उपचारका लागि अमेरिकामा रहेका पूर्वप्रधानमन्त्री सुशील कोइरालालाई यसपालि जूठो परेको छ । उनका भाइ डा. अरुण कोइराला यसै वर्ष दिवंगत भएकाले उनको परिवारमा भाइटीका मनाइने छैन ।

एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्ड प्रचण्डले जनयुद्धमा लागेदेखि भाइटीका लगाएका छैनन् । उनले दसैंमा पनि टीका लगाउँदैनन् । भाइटीका नलगाए पनि उक्त दिन प्रचण्डले दिदी बहिनी एवं परिवारजनसँग बसेर खानपिन एवं रमाइलो गर्ने गरेका छन् ।

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE