Khabar Dabali २२ फाल्गुन २०८२ शुक्रबार | 6th March, 2026 Fri
Investment bank

नाकाबन्दी नखुलेपछि सरकारले गर्यो ‘फौजी तयारी’

  \"The काठमाडौं । दुई महिनासम्म पनि भारतीय नाकाबन्दी कायम भएपछि सरकारले देखिएको मानवीय संकट सामना गर्नका लागि सुरक्षा निकायलाई आवश्यकता अनुसार परिचालन गर्ने तयारी देखिएको छ ।   प्रधानमन्त्री केपी शर्मा ओलीले चारवटै सुरक्षा निकायलाई नाकाबन्दीको सामना गर्न तत्काल सुरक्षा निकायलाई ‘एक्सन प्लान’ ल्याउन आदेश दिएका छन् । भारतले नाकाबन्दी झन् निर्मम बनाउँदै लगेपछि सुरक्षापरिषद्को बैठकमा मंगलबार प्रधानमन्त्री ओलीले ‘सिरियस’ भएर कसरी नाकाबन्दीलाई निस्तेज  पार्न सकिन्छ भनेर योजना पेश गर्न सबै सुरक्षा निकायलाई निर्देशन दिएका हुन् ।   नाकाबन्दीपछि व्याप्त मानवीय संकटमा सुरक्षा अवस्थाको गम्भीरतालाई समेत ख्याल गर्दै ‘एक्सन प्लान’ ल्याउन उनले निर्देशन दिएका थिए । सरकारले नेपाली सेना, सशस्त्र प्रहरी, जनपद प्रहरी, राष्ट्रिय अनुसन्धान विभागलाई यस्तो निर्देशन दिएको हो । गृह मन्त्रालयले पनि सेन प्रहरीका तीनवटा सुरक्षा निकायबाट एकीकृत सुरक्षा संयन्त्र बनाई आन्दोलन भएको स्थानमा सुरक्षाकर्मी परिचालन गर्न सकिने प्रस्ताव गरेको थियो ।   नेपाली सेनाले भने नाकामा देखिएको समस्या समाधानका लागि प्रभावकारी रणनीति बनाउनुपर्ने आवश्यकता भएको बताएको स्रोतको दाबी छ । बैठकले नाकामा देखिएको अवरोध हटाउनका लागि ठोस योजना बनाउने तयारी गरेको छ । तराई मधेसमा देखिएको सामान्य अवरोधलाई देखाउँदै भारतले मानवीय मर्यादालाईसमेत वेवास्ता गर्दै अवरोध नभएका नाकाबाट समेत दैनिक उपभोग्य सामग्री पठाउन आनाकानी गरेपछि सरकारले सुरक्षा संयन्त्रको यथोचित प्रयोग गर्ने तयारी हो । अरु विकल्प के के ? निरन्तरको आग्रह गर्दा पनि भारतले नाकाबन्दी नखोलेपछि उसँग प्रयास गर्न पनि नछोड्ने र अरु विकल्पमा पनि लाग्ने तयारी सरकारले गरेको छ । चीनसहित तेस्रो देशबाट इन्धन ल्याउने, दीर्घकालीन रुपमा चीनबाट पेट्रोलियम पदार्थसहितका सामग्री ल्याउने, तत्काललाई ग्यासको सट्टामा सरकारले नै सर्वसाधारणलाई दाउरा बेच्नेसहितका अन्तिम तयारीमा सरकार छ ।   साथै, भारतको अमानवीय नाकाबन्दीपछि यो विषयलाई अन्तर्राष्ट्रियककरण गर्ने तयारी पनि सरकारको छ । आफ्ना कुटनीतिक संयन्त्रमार्फत भारतले दैनिक उपभोग्य सामग्रीमा देखिएको अवरोध भन्दै यो मुद्दालाई नाकाबन्दी नभनी अन्तर्राष्ट्रिय स्तरमा लाने तयारी सरकारले गरेकोहो । सरकारले यसलाई ‘चरम मानवीय संकटको  अवस्था’ भन्दै अन्तर्राष्ट्रिय सहयोग माग्ने तयारी पनि गरेको छ । साथै, गैरआवासीय नेपाली संघले पनि भारतीय नाकाबन्दीलाई अन्तर्राष्ट्रियकरण गर्न सघाउँने भएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE