Khabar Dabali १५ पुष २०८२ मंगलवार | 30th December, 2025 Tue
Investment bank

नयाँ शक्ति बारे प्रचार अभियानमा भट्टराई, तराइ आन्दोलनको समर्थन

\"baburam-bhattarai1\"चितवन । पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईले तराईका बासिन्दा र पहाडीयाका बीचमा भावनात्मक सम्बन्ध टुट्दै गएको बताउनुभयो ।नयाँ संबिधानमा मधेसवादीले अपनत्वको महसुस गर्न नसकेकोले यस्तो अवस्था आएको उनको तर्क छ ।

दर्शन मिडिया प्रालि भरतपुरले आज नारायणगढमा आयोजना गरेको ‘नेपालमा नयाँ शक्ति किन ?’ भन्ने विषयमा आयोजित अन्तरसंवादलाई सम्बोधन गर्दै उनले मधेस आन्दोलन र भारतीय नाकाबन्दीलाई जोडेर हेर्न नहुने बताउनुभएको छ ।

तराईवासीको माग संविधानमा सम्बोधन हुन नदिइएको जिकिर गर्दै उनले भने ‘उनीहरुको आन्दोलन साउन अन्तिम सातादेखि भएको हो भने नाकाबन्दी असोजदेखि भएको हो ।’

मधेस आन्दोलन र भारतीय नाकाबन्दी सँगसँगै नयाँ शक्तिको कुरा आउँदा टिकाटिप्पणी निकै हुने गरेको भन्दै भट्टराईले यी कुनै कारण नभई संविधान जारी भएसँगै नयाँ शक्तिको उदय आवश्यक भएकोले यसको जन्म हुन लागेको बताउनुभयो ।

संविधान जारी भएपछि अन्य घटनाक्रम अघि बढ्दा नयाँ शक्तिका कुरालाई विभिन्न ढङ्गले हेर्ने गरिएको भएपनि यी सबै चितुवा कराउनु र बाख्रो हराउनु भने जस्तै संयोग मात्रै भएको बताउनुभयो ।

भारतले सुगौली सन्धियता प्रभुत्व जमाउँदै आएको भन्दै पूर्व प्रधानमन्त्री भट्टराईले नेपाली बजारमाथि प्रभुत्व जमाउने मनसायले नाकाबन्दी गरिएको बताउनुभयो ।

नेता भट्टराईले आर्थिक विकास र समृद्धिका लागि नयाँ शक्तिको जन्म हुन लागेको बताउँदै पुरानो राज्यसत्ता अन्त्यका लागि भूमिगत र अन्य खालको आन्दोलनको जरुरत हुने भएपनि अब यी सबै आन्दोलन छाडेर समृद्धिका लागि लाग्नुपर्ने बेला आएको बताउनुभयो ।

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending