Khabar Dabali १४ पुष २०८२ सोमबार | 29th December, 2025 Mon
Investment bank

दुई दिनभित्रै नाकाबन्दी खुकुलो हुन्छ : प्रधानमन्त्री

\"kp-oli1\"काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतले लगाउँदै आएको नाकाबन्दी एक–दुई दिनभित्रै केही खुकुलो हुने जानकारी दिएका छन् । प्रधानमन्त्री ओलीले आइतबार आधा दर्जन मन्त्री र सचिवहरूलाई बालुवाटार बोलाएर एक–दुई दिनभित्रै भारतले नाकाबन्दी खुकुलो पार्ने जानकारी गराएका हुन् । प्रधानमन्त्री ओलीले वाणिज्य तथा आपूर्तिमन्त्री, अर्थमन्त्री, गृहमन्त्री, परराष्ट्रमन्त्री, भौतिक पूर्वाधार तथा यातायातमन्त्री र ती मन्त्रालयका सचिवहरूलाई बालुवाटार बोलाएर ग्यास तथा पेट्रोलियम पदार्थको सहज आपूर्तिको व्यवस्था र वैकल्पिक उपाय कसरी खोज्न सकिन्छ भन्नेबारेमा छलफल गरेका थिए । भारतले नाकाबन्दी केही खुकुलो गर्दै लगे पनि हाम्रो संरचना र साधन–स्रोत चुस्त–दुरुस्त राख्न नसके समस्या रहिरहने भन्दै प्रधानमन्त्री ओलीले सरोकारवाला मन्त्रालयका मन्त्री र सचिवलाई चुुस्त–दुरुस्त बनाउन निर्देशन दिएका थिए । ‘मैले विभिन्न माध्यममार्फत कुराकानी गर्दा भारतले लगाउँदै आएको नाकाबन्दी अब एक–दुई दिनभित्रै खुकुलो हुने संकेत पाएको छु,’ आइतबार मन्त्री र सचिवहरूसँगको छलफलमा प्रधानमन्त्री ओलीले भने । आपूर्ति व्यवस्था सहज बनाउन सरोकारवाला निकाय सशक्त रूपमा कार्यक्षेत्रमा खट्नुपर्ने ओलीको भनाइ थियो । ‘मैले पाएको जानकारीअनुसार अब भारतले लगाउँदै आएको नाकाबन्दी एक–दुई दिनमै हट्दै जानेछ, तपाईंहरू नाका खुल्नासाथ कसरी वस्तुहरू फटाफट ल्याउने भन्नेमा आजैदेखि जुट्नुहोस्,’ प्रधानमन्त्री ओलीको भनाइ उद्धृत गर्दै एक सचिवले भने । प्रधानमन्त्री ओलीले ग्यास तथा पेट्रोलियम पदार्थको आपूर्तिबारे हालसम्म वैकल्पिक उपायको खोजी गर्न नसकेका सम्बन्धमा मन्त्री र सचिवहरूसँग जानकारी माग गरेका थिए । छलफलका क्रममा ओलीले वैकल्पिक व्यवस्था अपनाएर भए पनि छिटोभन्दा छिटो ग्यास र पेट्रोलियम पदार्थको व्यवस्था मिलाउन निर्देशन दिए । प्रधानमन्त्रीले सरकारप्रति जनताको निराशा बढ्न नदिन आपूर्ति व्यवस्था छिटोभन्दा छिटो सहज बनाउनुपर्ने आवश्यकता औँल्याएका थिए । काँकडभिट्टाबाट ३५ ट्यांकर भित्रिए आइतबार साँझ पेट्रोलियम पदार्थ लोड भएका ३५ ट्यांकर नेपाल भित्रिएका छन् । ६ दिनको अवरोधपछि डिजेलका २४, पेट्रोलका सात, हवाई इन्धनका दुई र मट्टीतेल बोकेका दुई ट्यांकर भित्रिएको मेची भन्सार प्रमुख भीमप्रसाद अधिकारीले बताए । यसबाहेक आइतबार १२ कन्टेनरसहित ५० मालबाहक ट्रक पनि भित्रिएको भन्सार कार्यालयले जनाएको छ । भैरहवाबाट पनि भित्रियो भैरहवा भन्सार कार्यालयका अनुसार आइतबार पेट्रोलका पाँच, डिजेलका तीन ट्यांकर र ग्यासका दुई बुलेट भित्रिएका छन् । पेट्रोलियम पदार्थका सवारीसाधन बेलुका आठ बजेपछि भित्रिएको भन्सार कार्यालयले जनाएको छ । चीनबाट चार लाख लिटर पेट्रोल आयो चीनले अनुदानमा दिएको हजार टन (१३ लाख लिटर) पेट्रोलमध्ये चार लाख २६ हजार लिटर काठमाडौंको थानकोट डिपोमा ल्याएर वितरण भइसकेको छ । आयल निगमका निर्देशक मुकुन्द घिमिरेका अनुसार थप पेट्रोल लिन आइतबार २१ ट्यांकर केरुङ गएका छन् ।

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending