Khabar Dabali १४ पुष २०८२ सोमबार | 29th December, 2025 Mon
Investment bank

मधेसका लागि हिमाल र हिमालका लागि मधेस जरुरी : पोखरेल

\"kqsf/nfO{ विराटनगर । प्रेस चौतारी नेपाल, मोरङ र मैनाली परिवारद्वारा संयुक्त रुपमा प्रदान गरिएको सम्मानपत्रसहित सो पुरस्कारको राशि ११ हजार १११ रहेको छ । यसअघि यो पुरस्कारबाट ६ जना पत्रकार सम्मानित भइसकेका छन् । सो अवसरमा महासचिव पोखरेलले राष्ट्रिय स्वाभिमान र संविधानको पक्षमा उभिनेहरुसँग हातेमालो गरेर अगाडि बढ्नुपर्ने आजको राष्ट्रिय आवश्यकता रहेको बताए । उनले सङ्क्रमणकालको अवस्थामा मुलुकलाई कमजोर बनाउन खोजिएको र अवाञ्छित ढङ्गले अन्योल खडा गरी भ्रम सृजना गरिएकाले यस्तो समयमा राष्ट्रिय एकतालाई अझ बलियो बनाउनुपर्ने विषयमा जोड दिए । लोकतान्त्रिक विधिबाट संयमित र सन्तुलित ढङ्गले संविधान निर्माण भएको भन्दै उनले भने, “संविधानसभाका ९१ प्रतिशतको सहभागितामा ८७ प्रतिशत सभासद्ले संविधानको पक्षमा समर्थन जनाएका छन् ।” संसारका मुलुकको तुलनामा नेपालमा नागरिकता वितरणको प्रावधान सबैभन्दा बढी उदार रहेको छ । उनले भने “अङ्गीकृत नागरिकले संवैधानिक प्रमुखबाहेक अन्य प्रकारका सम्पूर्ण व्यवस्था पाउने र वैवाहिक अङ्गीकृत नागरिकता पनि सामान्य प्रक्रिया पूरा गरी प्राप्त गर्ने व्यवस्था रहेको छ ।” राज्य सञ्चालनको हरेक अङ्गमा समानुपातिक, समावेशी, राज्यको प्रमुख दुई भाषालाई कामकाजी भाषाका रुपमा उल्लेख गरिएको भन्दै उहाँले जनसङ्ख्याकै आधारमा निर्वाचन क्षेत्र निर्धारण हुनेछ तर भूगोललाई छोड्न नसकिने स्पष्ट पारे । सीमाङ्कनको सम्बन्धमा सङ्घीय आयोगका विज्ञले दिएका सुझावलाई मान्नुपर्ने उल्लेख गर्दै महासचिव पोखरेलले हिमालका लागि मधेस र मधेसका लागि हिमाल जरुरी रहेको प्रस्ट पारे । संविधान गतिशील दस्ताबेज भएकाले नमिलेका कुरालाई आगामी दिनमा संशोधन गरेर अगाडि बढ्नसक्ने भएकाले मुलुकलाई असहज परिस्थितिमा पार्नु राम्रो कुरा नरहेको धारणा व्यक्त गरे । जारी संविधानको विषयमा मधेसमा भ्रम सृजना गरी सर्वसधारणलाई भ्रममा पारिएको उल्लेख गर्दै उनले संविधानमा गरिएको व्यवस्था सम्बन्धमा सर्वसाधारणलाई सुसूचित गराउन प्रचार–प्रसार गरिदिन सञ्चारकर्मीहरुलाई आग्रह गरे । छिमेकीसँग वैरभाव राख्नु जरुरी नरहेको तर छिमेकी अमैत्री ढङ्गले प्रस्तुत हुनु दुःखद कुरा हो भने । मुलुकको राजनीतिक र कूटनीतिक अधिकार खोसिनु हुँदैन भन्दै उनले यस्तो अवस्थामा अन्तर्राष्ट्रिय क्षेत्रमा कुरा उठाउनुपर्ने आवश्यकता औंल्याए । प्रेस चौतारी मोरङका अध्यक्ष रामचन्द्र अधिकारीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा पुरस्कार छनोट समितिका संयोजक वरिष्ठ पत्रकार यज्ञ शर्मा, पत्रकारहरु गणेश लम्साल, माधव अधिकारी, लीलाराज भट्टराई र शशाङ्क पौडेलले आ–आफ्ना धारणा प्रकट गरे ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending