Khabar Dabali २० फाल्गुन २०८२ बुधबार | 4th March, 2026 Wed
Investment bank

कांग्रेस केन्द्रीय सदस्यले नेतृत्वलाई सोधे–मधेसलाई हेर्ने दृष्टिकोण के हो ?

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्यहरुले मधेसलाई हेर्ने पार्टीको दृष्टिकोण र भारतसँगको सम्वन्ध स्पष्ट पार्न नेतृत्वसँग माग गरेका छन् । उनीहरुले मधेस र पहाडलाई जोड्ने ठोस कार्ययोजना ल्याउन नेतृत्वको ध्यानाकर्षणसमेत गरेका छन् ।

\"Nepaliबुधबार बसेको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा अधिकांशले तराई–मधेसको समस्या गहिरिँदै गएको भन्दै नेतृत्वको ध्यानाकर्षण गराए । मधेसको विश्वास कांग्रेसमाथि नै देखिएको दाबी गर्दै उनीहरुले तत्काल समस्या समाधानको पहलकदमी लिन नेतृत्वलाई सुझाव दिएका थिए ।

‘मधेस आन्दोलन र राजनीतिक तहमा देखिएको समस्यालाई तोड्दै पार्टीको छुट्टै दृष्टिकोण बनाउने बिषयमा अधिकांश सदस्यहरुले जोड दिए,’ कांग्रेस केन्द्रीय सदस्य मीनबहादुर विश्वकर्माले भने ।

संविधान स्वीकार नहुने चेतावनी

कांग्रेसकै नेतृत्वमा जारी भएको संविधानविरुद्ध मधेसमा आन्दोलन भइरहे पनि प्रधानमन्त्री निर्वाचनमा कांग्रेसलाई मधेसी मोर्चाले साथ दिएकाले अझै पनि कांग्रेसप्रति नै विश्वास कायम रहेको विश्लेषण नेताहरुले गरेका थिए ।

कांग्रेसका मधेसकेन्द्रित नेताहरु विमलेन्द्र निधि, पद्मनारायण चौधरी, फरमुल्लाह मन्सुर, अजय चौरसियालगायतले तत्काल मधेसको माग सम्बोधन नभए संविधान स्वीकार नहुने चेतावनी दिएका थिए । उनीहरुले आउँदो २२ गतेदेखि सुरु हुने संसद बैठकमा संविधान संशोधन विधेयक पारित गराउन पार्टीले पहल गर्नुपर्नेमा जोड दिएका थिए । कांग्रेसको अग्रसरतामा प्रस्तुत भएको दुई बुँदाको संशोधन विधेयक पारित गर्ने र सीमांकनका विषयमा छलफल गरेर टुंग्याउनुपर्नेमा उनीहरुको जोड थियो ।

अर्का केन्द्रीय सदस्य प्रदीप गिरीले मधेसलाई हेर्नुपर्ने दृष्टिकोणमा परिवर्तन नआए अहिलेको संविधान पाँच वर्ष पनि टिक्न नसक्ने ठोकुवा गरे । ‘नेपालमा मधेसी, जनजाति र बाहुन–क्षेत्रीको जनसंख्या बराबरी छ । अरूको समस्या बुझ्ने तर मधेसीको नबुझ्ने हो भने समस्या आउँछ,’ गिरीले बैठकमा भनेको भनाइ उदृत गर्दै एक केन्द्रीय सदस्यले भने, ‘मधेसको समस्याले पाटीभित्रै द्वन्द्व बढाएको छ । यसको छिटो समाधान निकाल्नुपर्छ ।’

सरकारको आयुको चर्चा

कांग्रेसको बैठकमा केपी ओली नेतृत्वको वर्तमान सरकारको आयूको समेत चर्चा भयो । यो सरकार धेरै दिन नटिक्ने भविष्यवाणीसमेत नेताहरुले गरे । प्रधानमन्त्री निर्वाचनमा कांग्रेसले व्यहोरेको हारले पाठ सिक्दै अघि बढ्नुपर्ने धारणा नेताहरुले राखेका थिए ।

केन्द्रीय सदस्य प्रदीप गिरीले भने, ‘प्रधानमन्त्री निर्वाचनले आकाश खसेको छैन, कांग्रेस लड्नुपर्दथ्यो । लड्यो । यो सरकार लामो समय टिक्दैन । कोही हताश हुनुपर्दैन ।’

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE