Khabar Dabali ७ चैत्र २०८२ शनिबार | 21st March, 2026 Sat
Investment bank

जलवायु परिवर्तनको असर न्यूनीकरणमा निजी क्षेत्रको चासो

जलवायु परिवर्तन र अनुकूलनमा निजी क्षेत्रको सम्बन्ध बिषयमा केयर नेपाल हरियो बन अन्र्तगत  दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुरमा भएको अध्ययन र सार्वजनिक कार्यक्रमपश्चात नेपालका निजी क्षेत्र पनि जलवायु परिवर्तनबाट परेको असरमा संवेदनशील भएका छन् । करिब ७८ प्रतिशत उद्योगीहरुले बताएअनुसार उनीहरुलाई जलवायु परिवर्तनले प्रत्यक्ष रुपमा असर पारेको र मुख्यतः कच्चा पदार्थ आयातमा असर गरको बताइएको छ । तर ठीक यसको उल्टो निजी क्षेत्रका क्रियाकलापहरु नै मुख्यतः जलवायु परिवर्तनका लागि मुख्य कारक ठानिन्छन् । प्राकृतिक स्रोतमाथिको अत्याधिक र अव्यवस्थित दोहन, कार्बन उत्र्सजन, विभिन्न थरीका प्रदूषण गर्नुमा पनि फेरि निजी क्षेत्रकै हात हुने गर्छ । तसर्थ व्यवहार परिवर्तन र वातावरण मैत्री हुने कुरामा सबै उद्योगी र व्ययसायीको एउटै मत छ र वातावरण संरक्षणप्रति आफूहरु सचेत रहेको वताउँछन् । वार्षिक रुपमा होस् या कुनै अवसरहरु पारेर सरसफाई र वृक्षारोपण जस्ता क्रियाकलापहरु यहाँका उद्योगी र व्ययसायीहरुले गरिराखेका छन् । विभिन्न फोहरहरुलाई छुट्टाएर व्यवस्थापन गर्ने गरेको केही उद्योगी र व्ययसायीको अनुभव छ । तर पनि यी सवै कार्यहरु समाजप्रति उत्तरदायी रहेको देखाउन गरिएका केही उद्योगी र व्ययसायी बताउँछन् । वातावरणीय चेतनाले यस्ता क्रियाकलाप गर्नेहरु केही मात्रामा मात्र रहेका छन् । धेरैभन्दा धेरै निजी क्षेत्रका उद्योगी र व्ययसायीहरु जलवायु परिवर्तन अनुकूलन र न्यूनीकरणको विषयमा बुझ्न चाहन्छन्, जलवायु परिवर्तनले आफ्नो उद्योग, व्यापार र व्यवसायमा कसरी असर गरिरहेको छ ? आफ्ना क्रियाकलापले कसरी जलवायु परिवर्तनलाई बढवा दिइरहेको छ ? जलवायु परिवर्तनका असर र अवसरहरु के–के छन् ? भन्ने कुराहरुमा मुख्यतः उनीहरुको चासो रहेको छ । \"11050903_753293194785175_1616468826_nआफ्ना चाहाना र इच्छाहरु हुदाहदै पनि सरकारका अप्रस्ट निति–नियम, असजीलो समय र परिवेश र सरकारवाट सहुलियत पनि नहुदा जलवायु/वातावरण मैत्रि हुन नसकेको र ईन्धन कम खपत हुने र कार्बन कम उत्र्सजन गर्ने प्रविधि जडान गर्न नसकिएको बताउछन् । पाँच जिल्लामा गरिएको अध्ययनमा सरिक हुने ति जिल्लाका उद्योग बाणिज्य संघका सदस्य र पदाधिकारीहरुले आफुहरुलाई जलवायु परिवर्तन र वातावरणिय नियम र कानुनको ज्ञानका कमि भएको र आफुहरुलाई ज्ञान, अवसर र सरकारले सहयोग प्रदान गरिए जिल्लाका उद्योग बाणिज्य संघपनि सरकारी र गैर सरकारी निकाय सँग हातेमालो गरेर अघि जलवायु परिवर्तन अनुकूलन र न्युनिकरणका क्षेत्रमा अघि बढ्न चाहेको अध्ययनका सोधकर्ता बासुदेब पौडेल ले बताएका छन् । अध्ययनका एक सदस्य बासुदेब पौडेलसँगको छलफलमा आधारित
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: