Khabar Dabali २६ चैत्र २०८२ बिहीबार | 9th April, 2026 Thu

यु– १९ विश्वकप क्रिकेट छनोटमा नेपालद्वारा युगान्डा पराजित

\"Nepalकाठमाडौं । आइसिसी उन्नाइस वर्षमुनि यु–१९ को विश्वकप छनोट क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको खेलमा नेपाली युवा टोलीले युगान्डालाई पराजित गर्दै प्रतियोगितामा दोस्रो जित दर्ता गराएको छ । मलेसियाको क्वालालम्पुरस्थित रोयल सेलेङगर क्लबको खेल मैदानमा भएको सो प्रतियोगितामा नेपालले युगान्डालाई १७१ रनको भारी अन्तरले पराजित गर्दै विजयी भएको हो । नेपालको यो लगातार दोस्रो जित हो । हिजो बिहीबार भएको पहिलो खेलमा नेपालले पपुवान्युगिनीमाथि ९ विकेटको सानदार जित हासिल गरेको थियो । टस जितेर पहिले ब्यटिङमा उत्रेको नेपालले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै २४२ रन जोड्यो । जवाफी ब्याटिङमा उत्रेको युगान्डा ३६ दशमलव २ ओभरमा सबै विकेट गुमाउँदै ७१ रनमा समेटियो । नेपाली ब्याट्सम्यान राजु रिजालले शतकीय पारी खेलेपछि नेपालले युगान्डालाई २४३ रनको चुनौतीपूर्ण लक्ष्य दिएको थियो । रिजालले ११५ बलमा एक छक्कासहित ७ चौकाको मद्दतमा १०१ रन जोडेका हुन । त्यस्तै अरिफ शेखले ५४ रनको योगदान दिए । उनले चार चौकाको सहयोगमा ५४ रन जोडेका हुन् । यसैगरी योगेन्द्र कार्कीले ३० तथा राजवीर सिंहले १३ रन जोड्नुबाहेक अन्य ब्याट्सम्यानले दोहोरो अङ्क जोड्न सकेनन् । युगान्डालाई सस्तैमा समेट्ने क्रममा नेपालका दिनेश श्रेष्ठले एक्लैले तीन विकेट लिए भने अरिफ शेख, दीपेन्द्र सिह ऐरी र प्रेम तामाङले समान दुई–दुई विकेट लिए । युगान्डाका ब्याट्सम्यान जोन गाबुलाले सर्वाधिक २५ रन जोडेका थिए भने डि बाकुन्जीले १८ रन जोड्नुबाहेक अन्य ब्याट्सम्यानले दोहोरो अङ्क जोड्न सकेका थिएनन् । प्रतियोगितामा प्लेयर अफ द म्याच नेपाली ब्याट्सम्यान राजु रिजाल घाषित भए । यस जितसँगै नेपालले ४ अङ्क जोडेको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending