Khabar Dabali १९ फाल्गुन २०८२ मंगलवार | 3rd March, 2026 Tue
Investment bank

ठूलो परिमाणमा पेस्तोल र विस्फोटक सामग्रीसहित एक महिला पक्राउ

\"arrest\"ताप्लेजुङ । ताप्लेजुङको विकट गाविस ईखाबुस्थित एक गोठबाट ठूलो परिमाणमा विस्फोटक पदार्थसहित सर्वाधिक खोजीको सूचीमा रहेको एक समूहकी महिला सदस्य पक्राउ परेकी छन् । प्रहरीको सर्वाधिक खोजीको सूचीमा रहेका ईखाबु गाविसकै देउमान लिम्बू ९हाराहाङ० समूहकी सान्थाक्रा ताप्लेजुङकी ३३ वर्षीय मनकुमारी चोङ्वाङलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी प्रमुख डिएसपी शान्तिराज कोइरालाले जानकारी दिए । हाराहाङलाई पक्राउ गर्न विशेष खोजी अभियानमा रहेको प्रहरीले ईखाबु–४ मा पर्ने चौरीखर्कको एउटा गोठमा लुकिछिपी बसेको अवस्थामा आज बिहान चोङ्वाङलाई पक्राउ गरेको हो । पक्राउ परेकी चोङ्बाङसँगै रहेका अरु छ जना भने भरुवा बन्दुक पड्काएर भागेको डिएसपी कोइरालाले बताएका छन् । सो गोठबाट प्रहरीले चारवटा भरुवा बन्दुक, एकथान पेस्तोल, एउटा कटुवा बन्दुक, तीन थान मोबाइल सेट, पाइप बम बनाउन प्रयोग गरिने फलामका पाइप र बम बनाउन प्रयोग गरिने विस्फोटक सामग्रीसहित केही मिटर बिजुलीको तारसमेत बरामद गरेको छ । यस्तै विभिन्न भूमिगत सङ्गठनको पर्चा पम्प्लेटसमेत फेला परेको बताइएको छ । सदरमुकामदेखि करिब दुई दिनको पैदलयात्रामा मात्र पुग्न सकिने सो हिमाली क्षेत्रको गोठमा बसी तल रहेका गाउँमा आई स्थानीय जनतालाई धम्क्याउँदै अलैँची र रकम असुल्न हाराहाङसहित ऊ नेतृत्वको समूह सक्रिय रहेको भन्ने सूचनाका आधारमा प्रहरीले सो क्षेत्रमा विगत केही महिनादेखि अनुसन्धान गर्दै आएकामा शुक्रबार बिहान करिब ४ बजे पक्राउ गरिएको हो । यस स्थानको भौगोलिक अवस्था विकट रहेकाले फरार रहेकाको खोजी कार्यमा समस्या भइरहेको प्रहरी प्रमुख कोइरालाले बताए । पक्राउ परेकी महिला र विस्फोटक सामग्री सोही स्थानमा कडा सुरक्षाका बीच राखिएको छ । हाराहाङको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङको २ नम्बर ढोका नजिक २०७१ कात्तिक १६ मा बम विष्फोट, ज्यान मार्ने उद्योग, डकैतीका गरी तीन वटा र अन्य जिल्लामा एक दर्जनभन्दा बढी मुद्दा रहेको प्रहरीको भनाइ छ । हाराहाङले विभिन्न भूमिगत पार्टीको नाममा ताप्लेजुङ, पाँचथर, इलाम, झापालगायत पूर्वी जिल्लामा पछिल्लो समय चन्दा आतङ्क मचाउँदै आएको प्रहरीको दाबी रहेको छ । प्रहरीका अनुसार उनीहरूले विभिन्न भूमिगत पार्टीको नाममा सर्वसाधारणलाई आतङ्कित पार्दै आपराधिक क्रियाकलाप गर्दै आएका हुन् । पूर्वका ताप्लेजुङ, पाँचथर, इलाम, झापा, मोरङलगायत जिल्लामा किराँत लिम्बूवान राष्ट्रिय परिषद्, लिम्बूवान क्रान्तिकारी पार्टी, लिम्बूवान भूमि मुक्ति राष्ट्रिय पार्टी नेपाललगायतको नाममा विध्वंस मच्चाइने गरेको प्रहरी अनुसन्धानले देखाएको छ । जबर्जस्ती चन्दा, विष्फोट, ज्यान मार्ने उद्योग, हातहतियार खरखजानामा संलग्न भएर भूमिगत समूहको पर्चा फालेर सर्वसाधारणलाई आतङ्कित पार्ने यस्तो समूहलाई राजनीतिक संरक्षणमा रहेकोसमेत प्रहरीको दाबी छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE