Ntc summer Offer
Khabar Dabali ७ जेष्ठ २०८१ सोमबार | 20th May, 2024 Mon
NIMB

म्याच फिक्सिङ गोप्य राख्न गणेश थापाले पशुपतिनाथको कसम खुवाए !

काठमाडौं । नेपालको राष्ट्रिय फुटबल टोलीले अन्तराष्ट्रिय खेलमा म्याच फिक्सिङ गरेकोबारे तत्कालीन एन्फा अध्यक्ष गणेश थापालाई जानकारी भए पनि उनकै निर्देशनमा गुपचूप राखिएको खुलासा भएको छ ।

\"ganeshthapa\"गणेश थापा हालका उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापाको भाइ हुन् । एन्फामा रहँदा भ्रष्टाचारको अभियोग खेपेका गणेश थापा अवकाशपछि राप्रपा नेपालबाट सिफारिस भइ समानुपातिक सांसद बनेका छन् ।

मलेसियाको क्वालालम्पुरमा फिलिपिन्ससँग भएको एक औपचारिक खेलमा नेपालका केही खेलाडीहरुले म्याच फिक्सिङ गरेको चर्चा चलेको थियो । भारतको नयाँदिल्लीमा सन् २०११ मा भएको साफ च्याम्पियनसिप फुटबल खेल्नु अघिको कुरा हो यो । त्यतिबेला नेपाली राष्ट्रिय फुटबल टोलीको प्रशिक्षक बेलायतका ग्राहम रोबर्टस् थिए । सोही समयमा नेपाली टोली तयारीका लागि फिलिपिन्सको मनिला र मलेसियाको क्वालालम्पुर गएको थियो ।

नेपालले खेलेको खेल शंकास्पद भएको र नेपाली खेलाडीहरु म्याच फिक्सिङ गराउने विदेशी एजेन्टसँग सम्पर्कमा रहेको भनेर केही अन्तराष्ट्रिय मिडियामा आएको थियो । यद्यपी कुन देशसँगको खेलमा मिलेमतो भयो भन्ने यकिन भने गरिएको थिएन ।

त्यसलगत्तै एन्फा अध्यक्ष गणेश थापाले खेलाडीहरुसँग गोप्य बैठक राखेर यो कुरा कतै खुलासा नगर्न कडा निर्देशन दिएका थिए । उनले पशुपतिनाथको कसम खुवाउँदै चुपचाप बस्ने र कतै पनि कुरा नचुहाउने बाचा गराएका गोप्य बैठकमा सहभागी खेलाडीहरु बताउँछन् ।

प्रहरी स्रोतका अनुसार नेपाली खेलाडीहरुसँग मिलेमतो गर्दा डलरमा सौदाबाजी भएको छ । तर, रकमबारे भने प्रहरीले अझै सार्बजनिक गरिसकेको छैन । कप्तान सागर थापा लगायतका खेलाडी र प्रशिक्षक अन्जन केसी लगायतलाई बुधबार थापाथलीबाट पक्राउ गरेर प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

‘यो देशद्रोह हो त्यसैले  पक्रेका हौं । भोलि पत्रकार सम्मेलन गरी सार्बजनिक गर्छौं, महानगरीय अपराध महाशाखाका काठमाडौं प्रमुख सर्वेन्द्र खनालले भने- ‘राष्ट्रिय-अन्तराष्ट्रिय खेलमा मिलेमतो भएको पाइएको छ ।’

यो पनि पढ्नुस्

म्याच फिक्सिङको आरोपमा कप्तान सागर थापासहित ५ जना पक्राउ 

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies