Khabar Dabali २० जेष्ठ २०८३ बुधबार | 3rd June, 2026 Wed
Investment bank

निर्माण नसकिँदै भासियो मध्यपहाडी लोकमार्गको ग्याबिन पर्खाल, स्थानीय बस्ती जोखिममा

खबरडबली संवाददाता

खोटाङ । खोटाङको मध्यपहाडी लोकमार्गअन्तर्गत दिक्तेल–खचेवा सडक खण्डमा निर्माणाधीन ग्याबिन पर्खाल (वाल) पूरा नहुँदै भासिएको छ। दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पास्थित माम्खामा निर्माण गरिएको पर्खाल जेठ १५ गतेदेखि भासिन थालेको हो।

‘हाइवे इम्प्रुभमेन्ट वर्क्स’ कार्यक्रमअन्तर्गत सडक डिभिजन कार्यालय हर्कपुरमार्फत निर्माण भइरहेको उक्त ग्याबिन पर्खाल निर्माण कम्पनी दोभान निर्माण सेवा, धनकुटाले अन्तिम चरणमा पुर्‍याएको थियो। तारजालीमा ढुंगा भरिसकेर सडक सतहसम्म पर्खाल उठाइए पनि माथिल्लो भागमा फिलिङ गर्ने काम सम्पन्न हुनुअघि नै पर्खालको बीच भाग भासिएको हो।

उक्त स्थानमा यसअघि कालोपत्रे सडक निर्माणका क्रममा बनाइएको आरसीसी पर्खाल पनि ढल्किएको थियो। त्यसपछि सडक साँघुरो अवस्थामा सञ्चालन हुँदै आएको थियो। सडक चौडा बनाउने उद्देश्यले नयाँ ग्याबिन पर्खाल निर्माण गरिएको भए पनि निर्माणाधीन अवस्थामै समस्या देखिएको हो।

पर्खाल भासिएपछि सडक डिभिजन कार्यालय हर्कपुरका सिनियर डिभिजन इन्जिनियर सविन जोशी नेतृत्वको टोलीले स्थलगत निरीक्षण गरेको छ। प्रारम्भिक अध्ययनअनुसार कमजोर भू–बनोटका कारण समस्या आएको हुन सक्ने अनुमान गरिएको छ।

“यो अलि फरक प्रकृतिको समस्या देखिएको छ। निर्माण प्रक्रियामा प्रत्यक्ष त्रुटि देखिएको छैन,” इन्जिनियर जोशीले भने, “विज्ञहरूसँग समेत परामर्श गरेर थप अध्ययन गर्नेछौँ।”

पर्खाल भासिएसँगै त्यसको तल रहेका भीमराज राई, देबेन्द्र राई, हर्कमान राई, लोकेन्द्र राई, हेमराज राई तथा नरबहादुर राईका घर जोखिममा परेका छन्। स्थानीयका अनुसार पर्खालमुनिको मकैबारीसमेत चर्किएको छ।

स्थानीयवासीले पर्याप्त बलियो जग नपुग्दै पर्खाल निर्माण गरिएको हुन सक्ने आशंका व्यक्त गरेका छन्। केहीले भने कमजोर भूगर्भीय संरचनाका कारण समस्या आएको बताएका छन्। दीर्घकालीन समाधानका लागि भित्तातर्फको चट्टान काटेर सडक विस्तार गर्नुपर्ने स्थानीयको सुझाव छ।

दिक्तेल–खचेवा सडक खण्डका विभिन्न स्थानमा ग्याबिन वाल, प्लम वाललगायत संरचना निर्माणका लागि २ करोड ७९ लाख ७७ हजार ९१२ रुपैयाँमा ठेक्का सम्झौता गरिएको थियो। दोभान निर्माण सेवाले गत मंसिर ४ गते सम्झौता गरी वैशाख ६ गतेभित्र काम सम्पन्न गर्ने लक्ष्य राखेको थियो। तर काम सम्पन्न नभएपछि असार १५ गतेसम्मका लागि म्याद थप गरिएको सडक डिभिजन कार्यालय हर्कपुरले जनाएको छ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महोत्तरीमा गोली प्रहारसहित डाँका, दुई जना घाइते

महोत्तरी । महोत्तरीमा डाँका समूहले गोली प्रहार गरी लुटपाट गर्दा दुई जना घाइते भएका छन् । जिल्लाको सोनमा गाउँपालिका–३, खखनामा मंगलबार राति रामविश्वा...

म्याग्दीकी राममायालाई ७० वर्षको उमेरमा नागरिकता

म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका–६, डाँडाखर्ककी ७० वर्षीया राममाया खत्रीले लामो प्रतीक्षापछि नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त गरेकी छन् । ...

एनसेलको कर विवादः अर्बौं रुपैयाँ असुलीको चुनौती

काठमाडौं । कर विवाद, स्वामित्व हस्तान्तरण र छोटिँदै गएको लाइसेन्स अवधिका कारण निजी दूरसञ्चार सेवा प्रदायक एनसेलसँग सम्बन्धित आर्थिक तथा कानुनी विषयहरू...

कुवेत र बहराइनस्थित अमेरिकी सैन्य अड्डामा हमला गरेको इरानको दाबी

एजेन्सी । इरानले कुवेत र बहराइनमा रहेका अमेरिकी सैन्य अड्डाहरूलाई लक्षित गर्दै मिसाइल तथा ड्रोन आक्रमण गरेको दाबी गरेको छ। अमेरिकी पक्षले भने अधिकांश ...

राष्ट्रिय सभाको बैठक बस्दै, के–के छन आजका कार्यसूची ?

काठमाडौँ । आज राष्ट्रिय सभाको बैठक बस्दैछ । संघीय संसद सचिवालयका अनुसार अपराहन्न १२: १५ बजेदेखि शुरु हुदैछ ।  आजको बैठकमा अर्थमन्त्री डा. स्वर्णिम ...

५५ सरकारी निकायमा व्यापक पुनर्गठन, २५ खारेज र १८ पुनर्संरचना हुने

काठमाडौं । सरकारले संघीय तहमा बोझिलो, दोहोरो कार्यक्षेत्र भएका तथा अपेक्षित परिणाम दिन नसकेका ५५ वटा सरकारी निकायमा व्यापक पुनर्गठन गर्ने तयारी गरेको ...

वैवाहिक बलात्कार मुद्दामा न्यायाधीश भुवन गिरीलाई सर्वोच्चबाट पनि सफाइ

काठमाडौं । वैवाहिक बलात्कारको आरोप लागेका न्यायाधीश भुवन गिरी लाई सर्वोच्च अदालतले पनि सफाइ दिएको छ। सर्वोच्च अदालतका न्यायाधीश विनोद शर्मा र बालकृ...

प्रेमीकाको हत्या गरी रतुवा पुलमुनि शव फाल्ने पक्राउ

झापा। दुई दिन अघि दमकको रतुवा पुल मुनी मृत फेला परेकी रमा तिवारीलाई उनकै प्रेमीले हत्या गरेको खुलेको छ । हत्या आरोपमा प्रहरीले एक जना युवालाई पक्राउ ग...

यी हुन् प्रेस काउन्सिलको अध्यक्ष बन्न इच्छुक ३३ जना (सूचीसहित)

काठमाडौँ । प्रेस काउन्सिल नेपालको रिक्त अध्यक्ष पदका लागि ३३ जनाले आफ्नो दाबेदारी प्रस्तुत गरेका छन् । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले जारी गरेको...

गोरखापत्र संस्थानको महाप्रबन्धकका लागि ३५ जनाको आवेदन

काठमाडौँ । गोरखापत्र संस्थानको रिक्त महाप्रबन्धक पदका लागि ३५ जनाको आवेदन परेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले गत जेठ ७ गते जारी गरेको सार्व...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending