काठमाडौं। नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले पार्टीले छाया मन्त्रिपरिषद् गठन नगरेको स्पष्ट पारेका छन्।
कांग्रेस संसदीय दलको विधानअनुसार १८ वटा मन्त्रालयलाई आधार मानेर विषयगत समिति संयोजकहरू तोकिएको भन्दै उनले त्यसलाई छाया सरकार वा छाया मन्त्रिपरिषद् भन्न नमिल्ने बताए।
आङ्देम्बेका अनुसार प्रतिनिधि सभा र राष्ट्रिय सभाका सांसदहरूलाई समेटेर मन्त्रालयगत रूपमा जिम्मेवारी बाँडफाँट गरिएको हो। यसको उद्देश्य संसदीय गतिविधिलाई प्रभावकारी बनाउनु, सरकारी कामकारबाहीको अध्ययन तथा निगरानी गर्नु र नीति–विषयमा दलको धारणा सशक्त रूपमा प्रस्तुत गर्नु हो।
उनले कांग्रेसले सरकारको विकल्पका रूपमा कुनै समानान्तर संरचना खडा नगरेको स्पष्ट गर्दै विगतमा प्रचलनमा रहेको ‘छाया सरकार’ भन्ने अवधारणासँग वर्तमान व्यवस्थालाई तुलना गर्न नमिल्ने बताए।
‘हामीले बनाएको छाया सरकार होइन। संसदीय दलको विधानअनुसार विषयगत समिति संयोजक तोकिएको हो। पहिले छाया सरकार भन्ने चलन थियो, अहिले त्यस्तो संरचना बनाइएको छैन,’ आङ्देम्बेले भने।
हालै विभिन्न सञ्चारमाध्यममा कांग्रेसले छाया सरकार गठन गरेको भन्ने समाचार सार्वजनिक भएपछि आङ्देम्बेले उक्त विषयमा स्पष्टिकरण दिएका हुन्।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ १९ गते, २०८३ - १२:३२
चितवन । गैरकानुनी तवरले अभौतिक मुद्रा (क्रिप्टोकरेन्सी)को सञ्चय तथा कारोबार एवं डिजिटल माध्यमबाट ठगी गरेको अभियोगमा प्रहरीले २९ वर्षका डा पप्पुकुमार य...
जेष्ठ १९ गते, २०८३ - १२:०१
काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली प्रतिनिधि सभा निर्वाचनपछि पहिलोपटक सार्वजनिक कार्यक्रममा सहभागी हुने भएका छन्। ...
जेष्ठ १९ गते, २०८३ - ११:४०
पर्सा । चालु आर्थिक वर्षको १० महिनामा वीरगञ्ज नाका हुँदै रु सात अर्ब ९७ करोड बराबरको दलहन आयात भएको छ । यहाँबाट विभिन्न सात प्रकारका दलहन नेपाल आयात ग...
जेष्ठ १९ गते, २०८३ - ११:२९
काठमाडौं। नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले पार्टीले छाया मन्त्रिपरिषद् गठन नगरेको स्पष्ट पारेका छन्। कांग्रेस संसदीय दलको विधा...
जेष्ठ १९ गते, २०८३ - ११:०८
बागलुङ । जनैपूर्णिमाको अवसरमा बागलुङको ढोरपाटनमा प्रथम ढोरपाटन आलु महोत्सव तथा अर्गानिक फुड फेस्टिभल गरिने भएको छ । ढोरपाटन क्षेत्रमा उत्पादन हुने प्र...
जेष्ठ १९ गते, २०८३ - ११:०२
म्याग्दी। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) म्याग्दीले जिल्लाका ६ वटा पालिकामध्ये तीन वटा पालिकामा नयाँ नेतृत्व चयन गरेको छ । रास्वपा जिल्ला उपसभाप...
जेष्ठ १९ गते, २०८३ - १०:२९
काठमाडौँ । मन्त्रिपरिषद्को बैठक आज केही बेरमा बस्ने भएको छ । आज मध्याह्न १२:०० बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मन्त...
जेष्ठ १९ गते, २०८३ - १०:११
पाल्पा। आइतबार रातिदेखि सम्पर्कविहीन एक किशोरीको शव कालीगण्डकी नदी किनारमा फेला परेको छ । रामपुर नगरपालिका–८, झेरुछाप बगनासी बस्ने १६ वर्षीय अस्मिता स...
जेष्ठ १८ गते, २०८३ - १७:४९
काठमाडौं । विशेष अदालतले पूर्वसभामुख कृष्णबहादुर महरासँग भ्रष्टाचार मुद्दामा एक लाख रुपैयाँ धरौटी माग्ने आदेश दिएको छ। विशेष अदालतका अध्यक्ष सुदर्श...
जेष्ठ १८ गते, २०८३ - १७:२१
काठमाडौं । सभामुख डोलप्रसाद अर्यालले आइतबार प्रतिनिधिसभा बैठकमा भएको अमर्यादित गतिविधिको छानबिन गर्न तीन सदस्यीय समिति गठन गरेका छन्। सोमबार प्रतिन...



प्रतिकृया लेख्नुहोस्: