Khabar Dabali २३ बैशाख २०८३ बुधबार | 6th May, 2026 Wed

शान्ति प्रक्रियापछि कस्ता–कस्ता धम्की आए प्रचण्डलाई ?

काठमाडौं । शान्ति प्रक्रियामा आएदेखि नै आफूलाई पटक पटक सुरक्षा थ्रेट आएको बताउने एनेकपा माओवादी अध्यक्ष प्रचण्डले कस्ता–कस्ता धम्की आए भन्नेबारे कार्यकर्ताहरुलाई बेलिबिस्तार लगाएका छन् । बुधबार इटहरीका अगुवा कार्यकर्ताहरुको प्रशिक्षण कार्यक्रममा उनले आफूलाई बिभिन्न खालका धम्की आए पनि त्यस्ता धम्कीबाट बिचलित नभएको बताए ।

\"Prachanda_Next\"संविधान सभाबाट जनतालाई अधिकार सम्पन्न बनाउने संविधान बनाउन खोज्दा ज्यान लिने, पार्टी फुटाएर तहस नहस बनाउने र भ्रष्टाचारको झुठो मुद्दा लगाएर फसाउने धम्की आएको सुनाए ।

मृत्युदेखि मुद्दासम्म

उनले भने- \'मलाई तेरो ज्यानको खतरा छ भने । मैले ज्यान हत्केलामा राखेर हिँडेको मान्छे हुँ मृत्युसँग डराउँदिन भनिदिएँ । त्यसपछि पार्टी फुटाएर तहस नहस बनाइदिन्छौं भने । मैले भने, किरण जीलाई अलग गराइहाल्यौ जे सक्छौं गर भनिदिएँ । त्यसपछि भ्रष्टाचारको मुद्दा चलाउँछौं भनेर पनि धम्की दिए । मैले भनिदिएँ जे सक्छौं गर, जनताको अधिकारको लागि लडिरहन्छु । जस्तोसुकै चुनौति सामना गर्न तयार छु भनेर जवाफ दिने गरेको छु ।\'

बिभिन्न मुद्दाहरु लगाएर आफूलाई गलाउन खोजेको भन्दै प्रचण्डले आफू जनतालाई अधिकार सम्पन्न बनाउने कुरा र राष्ट्रिय स्वाभिमानका खातिर कुनै पनि धम्की र प्रलोभनमा नफस्ने जिकिर गरे । उनले जेल जाने तर कसैसँग नझुक्ने बताए ।

एनेकपा माओवादीकै जाेडबलमा नयाँ संविधान बनेकाे दाबी उनले गरे । प्रचण्डले संविधान आफूहरुले भनेजस्तै पुर्ण नभए पनि धेरै कुरा नेपाली जनताले पाएको बताए । नयाँ संविधानमा गणतन्त्र, संघियता, समावेशी, समानुपातिक लगाएतमा एजेण्डाहरु आफूहरुले नै लडेर स्थापित गरको र त्यसको स्वामित्व लिन लाग्नु पर्ने उनले बताए ।

एमालेमा जाने होइन, एमालेलाई ल्याउने हो

प्रचण्डले नेकपा एमालेमा एमाओवादी विलय हुन खोजेको भन्ने प्रचारलाई पनि खण्डन गरे । उनले एमाओवादी एमालेमा जाने नभइ एमालेलाई एमाओवादीमा ल्याउने बताए ।

‘कतिपयले अब प्रचण्ड एमालेमा जान खोज्दैछ भन्ने पनि सुनेको छु,’ कार्यकर्ताहरुको प्रशिक्षणमा उनले भने, ‘प्रचण्ड महत्वाकांक्षी मान्छे हो भन्ने पनि बुझिराख्नु होला, ऊ लुत्रुक्क परेर कुनै पार्टीमा जाँदैन, एमालेमा गइँदैन, एमालेलाई ल्याइन्छ ।’

किरात, लिम्बुवान र कोचिला राज्यसमितिका कार्यकर्ताहरुको संयुक्त प्रशिक्षणलाई सम्बोधन गर्दै प्रचण्डले अब एमाओवादी पार्टीलाई एक नम्बर पार्टी बनाएर देखाइदिने दाबी गरे ।

नेता र कार्यकर्ताहरुबीचको सम्बन्ध केही टाढिएको प्रसंग उल्लेख गर्दैै उनले अब जनतासँगै बस्ने बताए । ‘अब म लाजिम्पाट छाडेर तपाईहरुसँगै बस्छु, तपाईहरुले मलाई साथ दिनुपर्छ,’ प्रचण्डले भने,’ मलाई अहिले प्रधानमन्त्री, राष्ट्रपति केही पनि चाहिँदैन ।’

बाबुरामले चुनौति दिए

डा. बाबुराम भट्टराईले चुनौती दिएकाले पनि पार्टीलाई एकनम्बर बनाएरै छाड्ने उनले दृढता व्यक्त गरे । पार्टीमा बिभिन्न नेताहरुको नामका गुट अब नरहने भन्दै कार्यकर्ताहरुलाई आश्वस्त पार्ने कोशिस समेत गरे ।

उनले भने, ‘अब नयाँ पार्टी बनाऔं । हामीभित्रका विकृति हटाउन तयार होऔं, यसका लागि बाबुरामजीले पनि हामीलाई चुनौती दिएर जानुभएको छ ।’

साम्प्रदायिकताबाट सचेत रहन आग्रह

मधेसमा एमाओवादीले उठाएको मुद्दा यतिबेला दलाल एवम् जमिन्दाहरुले खोसेर जातीय एवं साम्प्रदायिक रंग दिन खोजेको उनले टिप्पणी गरे । कम्युनिष्ट पार्टीका हातबाट दलालहरुका हातमा पहलकदमी गयो भने त्यसले साम्प्रदायिकता निम्त्याउन सक्ने भन्दै प्रचण्डले सचेत रहन कार्यकर्ताहरुलाई आग्रह गरे ।

उनले भने–मधेसलाई हामी दुईवटा ठान्छौं, जनताको मधेस र दलाल तथा जमिन्दारहरुको मधेस । अहिले दलाल र जमिन्दारहरुले हाम्रो एजेण्डालाई खोसेर साम्प्रदायिक रंग दिँदै देशलाई विखण्डन गर्ने सोच्दैछन्, तपाईहरुले यसमा ध्यान दिनुहोला ।’

कार्यकर्ताहरुलाई थप प्रष्ट्याउँदै उनले भने– मधेसजस्तै पहाड पनि दुईवटा हुन्छ, गरीबको पहाड र अभिजातको पहाड । किराती भनेपछि पनि सबै एउटै हुँदैनन्, लिम्बुहरु पनि सबै एउटै हुँदैनन्, हामीले यसरी सोच्नुपर्यो । हामी कुन वर्गतिर लाग्ने भन्ने सोच्नुपर्यो ।’

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending