काठमाडौं । नेपाल सर्वोच्च अदालतले नेपाल–भारत सीमानाकाबाट घरायसी प्रयोजनका लागि ल्याइने सामानमा सय रुपैयाँभन्दा माथि भन्सार लगाउने सरकारी निर्णयमाथि अन्तरिम रोक लगाएको छ ।
न्यायाधीशद्वय हरिप्रसाद फुयाल र टेकप्रसाद ढुंगानाको संयुक्त इजलासले यस्तो सीमा “अव्यावहारिक” देखिएको भन्दै सरकारका नाममा अन्तरिम आदेश जारी गरेको हो ।
सरकारले नेपाल–भारत खुला सीमाबाट आउने यात्रुले सय रुपैयाँभन्दा बढी मूल्यको सामान ल्याउँदा भन्सार तिर्नुपर्ने व्यवस्था लागू गरेको थियो । तर सर्वोच्चले प्रारम्भिक सुनुवाइमै प्रश्न उठाएको छ । आजको महँगीमा सय रुपैयाँले के किन्न सकिन्छ ?
यो निर्णयविरुद्ध अधिवक्ताहरू अमितेश पण्डित, आकाश महतो, सुयोग सिंह र प्रशान्त विक्रम शाहले वैशाख १४ गते रिट दायर गरेका थिए ।
रिटमा नेपाल–चीन सीमानाका र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आउने यात्रुलाई बढी भन्सार छुट दिइने तर भारतसँगको खुला सीमामा सय रुपैयाँ मात्रै सीमा तोक्नु विभेदपूर्ण भएको तर्क गरिएको थियो ।
विशेषगरी मधेश र तराईका नागरिक दैनिक रूपमा सीमापार गरेर तरकारी, औषधि, कपडा र अन्य उपभोग्य सामग्री ल्याउने भएकाले यो नियमले उनीहरूलाई प्रत्यक्ष असर परेको जिकिर रिटमा गरिएको छ ।
रिट निवेदकहरूले “आजको बजार मूल्यअनुसार सय रुपैयाँमा कुनै पनि दैनिक उपभोग्य वस्तु नआउने” भन्दै यस्तो सीमा अव्यावहारिक र अतार्किक भएको बताएका छन् । साथै सीमामा भन्सार कर्मचारी र सुरक्षाकर्मीबाट सर्वसाधारणले अनावश्यक दुःख, रोकतोक र हैरानी खेप्नुपरेको विषय पनि रिटमा उठाइएको छ ।
रिटमा सन् १९६० को नेपाल-भारत व्यापार सन्धिको भावना विपरीत सरकारको निर्णय गएको दाबीसमेत गरिएको छ । उक्त सन्धिले दुई देशबीच वस्तु आवतजावत सहज बनाउने उद्देश्य राखेको उल्लेख गरिएको छ ।
रिटमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, अर्थ मन्त्रालय, गृह मन्त्रालय र भन्सार विभागलाई विपक्षी बनाइएको छ । सर्वोच्चको अन्तरिम आदेशसँगै अहिलेका लागि उक्त निर्णय कार्यान्वयनमा रोक लाग्ने सम्भावना देखिएको छ ।
यो आदेशले विशेषगरी सीमावर्ती क्षेत्रका सर्वसाधारणलाई राहत दिने अपेक्षा गरिएको छ । किनकि पछिल्ला दिनमा सीमामा सामान्य सामान बोकेर हिँड्ने नागरिकसमेत जाँच, सोधपुछ र भन्सार विवादमा पर्ने गरेका थिए ।
अब अन्तिम सुनुवाइमा सर्वोच्चले सरकारको निर्णय पूर्ण रूपमा खारेज गर्छ वा संशोधनसहित कायम राख्छ भन्ने विषय चासोको केन्द्र बनेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ १ गते, २०८३ - १९:५७
काठमाडौँ । शनिबार र आइतबार सार्वजनिक बिदा दिने सरकारको निर्णय लागू भएपछि पाठ्यक्रम विकास केन्द्रले विद्यालय तहमा पठनपाठन सञ्चालन र कार्यघण्टा मिलानका ...
जेष्ठ १ गते, २०८३ - १९:५३
चितवन । पवित्र तीर्थस्थल देवघाटमा ठूलो आशाका साथ निर्माण गरिएको विद्युतीय शवदाह गृह सञ्चालनमै समस्या भएपछि अलपत्र परेको छ । परीक्षणकै क्रममा शव नपोलिन...
जेष्ठ १ गते, २०८३ - १९:५१
भरतपुर । जङ्गली च्याउ खाँदा एक जनाको मृत्यु भएको छ । इच्छाकामना–१ कुलबाङकी ६ वर्षकी नमुना चेपाङको च्याउ खाँदा आज बिहान घरमै मृत्यु भएको हो । उनी हात्त...
जेष्ठ १ गते, २०८३ - १९:४८
काठमाडौं । इरानमाथि अमेरिका र इजरायलको आक्रमणपछि चर्किएको युद्धले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य उकालो लागेपछि भारतले चार वर्षपछि पहिलो पटक ...
जेष्ठ १ गते, २०८३ - १९:४१
काठमाडौं। बेल्जियमका प्रशिक्षक रुडी गार्सियाले फिफा विश्वकप २०२६ का लागि २६ सदस्यीय टोली घोषणा गरेका छन्। बेल्जियमले समूह ‘जी’ मा इजिप्ट, इरान र न्यू...
जेष्ठ १ गते, २०८३ - १९:३६
काठमाडौं । रुबी कुमारी ठाकुर प्रतिनिधिसभाको उपसभामुख बनेको एक महिना मात्रै भएको छ । राजनीतिमा भर्खरै प्रवेश गरेकी मधेशकी एक युवती अचानक देशको उच्च संव...
जेष्ठ १ गते, २०८३ - १९:२९
काठमाडौं । विश्वका विभिन्न ४८ देशहरूमा सञ्चालन भईरहेको ग्लोबल मोबिलिटी र डेलिभरी प्लेटफर्म इनड्राइभ फेरि एक पटक विश्वको दोस्रो सबैभन्दा धेरै डाउनलोड ग...
जेष्ठ १ गते, २०८३ - १९:२५
काठमाडौं । नेपाल वायु सेवा निगमले विमान खरिदका लागि कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषसँग लिएको ऋणको सावाँ र ब्याज रु ५५ अर्ब चार करोड ७८ लाख बराबर...
जेष्ठ १ गते, २०८३ - १९:२३
ठगीमा परेका नागरिकलाई सम्पर्क गर्न आग्रह
जेष्ठ १ गते, २०८३ - १९:२२
काठमाडौं । भारतीय अर्बपति उद्योगपति गौतम अडानीले अमेरिकामा लगाइएको भ्रष्टाचारसम्बन्धी देवानी मुद्दा समाधान गर्न करोडौँ डलर जरिवाना तिर्न सहमति जनाएका ...



प्रतिकृया लेख्नुहोस्: