काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सरकारले ल्याएका अध्यादेशहरू आम नागरिकले तत्काल समाधान चाहेका कामलाई छिटो अघि बढाउन लक्षित रहेको स्पष्ट पारेको छ।
सिंहदरबारमा पार्टी सभापति रवि लामिछानेसहित सांसदहरूको भएको अनौपचारिक छलफलपछि महामन्त्री तथा मुख्य सचेतक कबिन्द्र बुर्लाकोटीले सो जानकारी दिएका हुन्।
उनका अनुसार सरकारले ल्याएका अध्यादेश कुनै व्यक्ति वा राजनीतिक दललाई लाभ पुग्ने उद्देश्यका लागि नभई जनताका दैनिक समस्या समाधान गर्न प्रक्रियालाई छरितो बनाउन केन्द्रित छन्।
बुर्लाकोटीले कानुनी प्रक्रियामा धेरै समय लाग्ने समस्या उल्लेख गर्दै सामान्य काम पनि महिनौँसम्म अड्किने अवस्था रहेको बताए। उनले उदाहरण दिँदै भने, “सडकबीचको रुख काट्नुपर्ने जस्तो सामान्य काम पनि कानुनी प्रक्रिया पूरा गर्न ५–६ महिना लाग्ने अवस्था छ। यस्ता काम छिटो गर्नुपर्ने भएकाले अध्यादेश आवश्यक परेको हो।”
रास्वपाले झन्झटिला प्रशासनिक प्रक्रिया घटाएर जनतालाई छिटो सेवा उपलब्ध गराउने उद्देश्यले अध्यादेश ल्याइएको निष्कर्ष निकालेको जनाएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख १६ गते, २०८३ - १६:०४
अस्ट्रेलिया। दक्षिण अस्ट्रेलियाको एडिलेडको पाराफिल्ड एयरपोर्टमा अवतरण गर्ने क्रममा विमान दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको स्थानीय मिडियाले जनाएका ...
बैशाख १६ गते, २०८३ - १५:४०
काठमाडौं । नेकपा (एमाले) राष्ट्रिय सभा संसदीय दलका नेता प्रेमप्रसाद दंगालले सरकारले अध्यादेशमार्फत शासन सञ्चालन गर्ने शैलीलाई अलोकतान्त्रिक र असंसदीय ...
बैशाख १६ गते, २०८३ - १५:२४
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सरकारले ल्याएका अध्यादेशहरू आम नागरिकले तत्काल समाधान चाहेका कामलाई छिटो अघि बढाउन लक्षित रहेको स्प...
बैशाख १६ गते, २०८३ - १५:०८
काठमाडौं । नेपाली सेनाले विपद् पूर्वतयारीका लागि सुकुमवासी बस्तीको विवरण माग गरिएको स्पष्ट पारेको छ। बुधबार सैनिक मुख्यालय जंगी अड्डाले प्रेस नोट ज...
बैशाख १६ गते, २०८३ - १४:५३
काठमाडौँ। प्रतिनिधिसभाकी उपसभामुख रुवीकुमारी ठाकुर ललितपुरस्थित किस्ट अस्पतालमा उपचार जारी छ । उपसभामुख ठाकुर अस्पतालको क्याबिनमा भर्ना गरेर चिकि...
बैशाख १६ गते, २०८३ - १४:३९
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (वालेन) नेतृत्वको सरकारले दुई दिनको अवधिमा पाँच वटा अध्यादेश राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेको छ। व...
बैशाख १६ गते, २०८३ - १४:२९
अविलम्ब फिर्ता गर्न जोडदार माग
बैशाख १६ गते, २०८३ - १४:१२
काठमाडौं । चक्रपथ विस्तारको दोस्रो चरणअन्तर्गत चीनको सहयोगसम्बन्धी सम्झौता बुधबार औपचारिक रूपमा सम्पन्न भएको छ। भौतिक पूर्वाधार, यातायात तथा शहरी व...
बैशाख १६ गते, २०८३ - १४:०४
बुटवल । रुपन्देहीमा माइक्रो बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने २७ जना घाइते भएका छन्। बुटवल–बर्दघाट सडक खण्डअन्तर्गत गणेशनगरस्थित प्रतीक्षा...
बैशाख १६ गते, २०८३ - १३:४७
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संसदीय दलको अनौपचारिक बैठक सिंहदरबारस्थित पार्टी कार्यालयमा जारी छ। बैठकमा समसामयिक राजनीतिक अवस्था...


प्रतिकृया लेख्नुहोस्: