Khabar Dabali १७ जेष्ठ २०८३ आईतवार | 31st May, 2026 Sun
Investment bank

बन्द तथा नाकाबन्दीको समाधान खोज्न सरकारलाई निजी क्षेत्रको आग्रह

\"gyapanpatra-600\"काठमाडौं । निरन्तरको बन्द र भारतले गरेको अघोषित नाकाबन्दी कारण मुलुकको अर्थतन्त्र र दैनिक जीवन चौपट भएको भन्दै निजी क्षेत्रले शीघ्र समस्याको समाधान खोज्न आग्रह गरेको छ । निजी क्षेत्रको टोलीले आज प्रधानमन्त्री निवास बालुवाटार पुगी  प्रधानमन्त्री सुशील कोइरालालाई भेटेर इन्धनको आपूर्ति ठप्प हुँदा जारी नाकाबन्दी र बन्द अरु केहीदिन लम्बिएमा त्यसबाट मुलुकभित्र भयावह स्थिति सिर्जना हुने निजी क्षेत्रको निष्कर्षसहित समाधानको बाटो खोज्न अनुरोध गरेको हो । सो अवसरमा प्रधानमन्त्री कोइरालाले नाकाबन्दीबाट नेपाल र भारतलाई घाटा हुने भएकाले त्यसको चाँडो समाधान हुनुपर्ने बताएको नेपाल चेम्बर्स अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले जनकारी दिए । सरकारले समस्याको समाधान गर्न कूटनीतिक एवम् राजनीतिक रुपमा पहल गरेकाले छिट्टै समस्याको समाधान हुने प्रधानमन्त्रीले विश्वास दिलाउनुभएको अध्यक्ष श्रेष्ठले बताए । सो अवसरमा उद्योग वाणिज्य महासङ्घ, उद्योग परिसङ्घ र नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष क्रमशः अध्यक्ष पशुपति मुरारका, नरेन्द्र बस्न्यात र श्रेष्ठको उपस्थिति रहेको थियो । प्रधानमन्त्री कोइरालासमक्ष ज्ञापनपत्र प्रस्तुत गर्दै महासङ्का अध्यक्ष मुरारकाले भने ‘इन्धनको अभावबाट सिङ्गो मुलुकनै आक्रान्त भएको छ, सम्पूर्ण क्षेत्र ठप्प छ ।’ अध्यक्ष मुरारकाले मुलुकभित्र संविधानको घोषणासँगै, शान्ति बहाली भई आम जनताको जीउधनको सुरक्षा, कार्यक्षेत्रको रक्षा एवम् उद्योग व्यवसायको निर्वाध सञ्चालनमा सुनिश्चितताको प्रत्याभूति हुने विश्वास निजी क्षेत्रलगायत आम जनताले गरेतापनि त्यसो हुन नसकेको गुनासो गरे । ज्ञापनपत्रमा संविधानसभाबाट पहिलो पटक जनताका जनप्रतिनिधिमार्फत लेखिएको नयाँ संविधानमा बिमती राखेका तराई केन्द्रित राजनीतिक दलहरुबाट आह्वान गरिएको आन्दोलन लगभग दुई महिनादेखि जारी रहेको र आन्दोलनका कारण सबै प्रमुख भन्सार नाका ठप्प पार्नेसम्मको गतिविधि भएको उल्लेख गर्दै हजारौँको सङ्ख्यामा मालबाहक गाडी भारततिर रोकिन जाँदा खर्बैको नोक्सानी व्यहोर्न निजी क्षेत्र बाध्य छ । मुलकनै गम्भीर दुर्घटनातर्फ उन्मुख भएको परिस्थितिमा सरकार र आन्दोलनकारी दलमा देखिएको संवेदनहीनता प्रति निजी क्षेत्र चिन्तित एवम् मर्माहित भएको र एक साताभित्रै नेपालीको महान चाड वडादशैं र लगत्तै तिहार तथा छठ पर्व आउँदै गरेको अवस्थामा समस्याको चाडो समाधान हुनुपर्नेमा जोड दिइएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending