Ntc summer Offer
Khabar Dabali २० बैशाख २०८१ बिहीबार | 2nd May, 2024 Thu
NIMB

नेपाली राजनीतिका तीन शीर्ष नेता : प्रचण्ड–आँटी, कोइराला–कपटी, ओली –कन्जरभेटिभ

\"kishowar_prachanda_oli_koirala\"(यो विश्लेषण, पत्रकार किशोर नेपालसँग करिब ३ महिनाअघि भएको कुराकानीकोे  अंश हो । पछिल्लो राजनीतिक घटनाक्रममा नेताले खेलेको भुमिकाबारे याँहा चर्चा छैन । तर देश संकटको फसेको बेलामा नेपाली राजनीतिका तीन शिर्ष नेताका बारेमा यो चर्चा सान्दर्भिक हुनसक्छ –सम्पादक । ) नेपाली राजनीतिमा प्रचण्डबिना पात पनि हल्लदैन \"prachanda\"‘प्रचण्डको आफ्नै मान्छे’ भनेर म त पटक–पटक सामाजिक संस्था र नागरिक समाजका स्वयम्भू नेताहरुबाट लान्छित भएको, फेसबुकमा खेदिएको, टुइटरमा खेदिएको, पत्रकारितामा खेदिएको मान्छे हुँ । म मानवअधिकारको नाममा मूर्दा बेचेर हिँड्ने मान्छे होइन । प्रचण्डलाई राम्ररी थाहा छ– म माओवादी होइन; म उनको कार्यकर्ता होइन । अनि खेद्नेलाई पनि थाहा छ यो कुरा । तर पनि मलाई ‘सिम्बोल’ बनाएर मान्छेहरुले खेदिराखेका छन् ।  
प्रचण्डजी कुरा बुझ्छन्, समय–परिस्थिति बुझ्छन् तर त्यसअनुसार  निर्णय गर्न सक्दैनन् । उनलाई खुइल्याउने प्रवृत्ति सुरु भयो गिरिजाबाबुले माधव नेपाल नेतृत्वको सरकार बनाएदेखि । रुक्मांगद कटवालले उनका विरुद्ध सेनाको स्रोत दुरुपयोग गरे । धेरैले उनको भुत्ला उखेल्ने काम पाए ।
तर मलाई वास्ता छैन । म एउटा पत्रकार हुँ । कुनै पनि पत्रकारको मुख्य आकांक्षा हुन्छ– सत्ताको शीर्ष तहमा रहेका व्यक्तिसँग नजिकको सम्बन्ध राख्नु र समाचार विश्लेषण गर्नु; व्यावसायिक रुपमा आफूलाई ‘फ्रेस’ राख्नु । मैले पनि त्यही गरेको हुँ । त्यो गर्दागर्दै पनि प्रचण्डसँग म आकर्षित चाहिँ छु । मैले सुरुमा प्रचण्डलाई भेट्दा देशमा बीपी कोइरालापछि भिजन भएको यही एउटा नेता हो भन्ने लागेको थियो । शान्ति प्रक्रिया सुरु भइसकेपछि उनी अर्धभूमिगत हुँदा मैले पोखरा गएर भेटेको थिएँ उनलाई । त्यतिबेला मैले उनलाई ‘बीपी कोइरालाले यस्तो भिजन राखेका थिए, तपाईंको त्यस्तो केही छ ?’ भनेर सोधेको थिएँ । उनले भनेका थिए– ‘बीपी कोइरालाको भिजन सही छ, म त्यसमा एउटा मात्रै थप्न चाहन्छु– त्यहाँ एउटा कम्प्युटर चाहिन्छ, एक लाइन टेलिफोन चाहिन्छ । यो बीपीको भिजनमा संशोधन गरेको होइन, समयको मागअनुसार प्लस गरेको हुुँ ।’ त्यसबेला मलाई लाग्यो, यो धेरै ठूलो मान्छे हो । गोदावरीमा राज्य पुनर्निर्माणसम्बन्धी एउटा सेमिनार गर्दाखेरि मैले यो कुरा सार्वजनिक रुपमा नै भनें– प्रचण्डजी कुरा बुझ्छन्, समय–परिस्थिति बुझ्छन् तर त्यसअनुसार  निर्णय गर्न सक्दैनन् । उनलाई खुइल्याउने प्रवृत्ति सुरु भयो गिरिजाबाबुले माधव नेपाल नेतृत्वको सरकार बनाएदेखि । रुक्मांगद कटवालले उनका विरुद्ध सेनाको स्रोत दुरुपयोग गरे । धेरैले उनको भुत्ला उखेल्ने काम पाए ।
पार्टीभित्र र बाहिरका प्रचण्डका विरोधीहरुले उहाँका विरुद्ध एउटा सिस्टमेटिक प्रचार–संयन्त्र तयार पारे; त्यसमा बाबुरामजी पनि लागे, अरु तत्वहरु पनि लागे । प्रचण्डको विरुद्धमा तीन–तेह्र कतैको सम्बन्ध नभएका एकै हुन सक्छन्, एउटै आवाज निस्कन्छ दुवैतिरबाट ।
प्रचण्डले जनयुद्धपछि आफूअनुकूल पोलिटिकल म्यानेजमेन्ट गरेर पार्टीलाई हाँक्न सकेनन् । उनले पार्टीभित्र झगडा मिलाउन सकेनन् । घिसिर–घिसिर तरिकाले बाबुराम मिलाउने, वैद्य मिलाउने, बादल मिलाउने गर्दागर्दै उनको जीवनको ऊर्जाशील समय सकियो । जे बचेको थियो, त्यो घरेलु र आर्थिक विवादमा थिचियो । उनका धेरै चर्चा सुनिन्छन् । सुमार्गीसँगको सम्बन्ध, लाइफस्टाइल, बेलाबेलामा रिसोर्टतिर जाने शोख । यी कुरा सत्य हुन् कि होइनन्, मलाई थाहा छैन । प्रधानमन्त्री भइसकेपछि एक लाखको खाटमा बालुवाटारमा सुत्यो भन्ने कुरा आयो । एक लाखको खाटमा सामान्य मानिस पनि सुत्छ, प्रधानमन्त्री किन नसुतोस् ? एक लाखभन्दा घटीमा राम्रो खाट नै पाइँदैन । एउटा सामान्य मान्छेले त पचास–साठी हजारको खाट किन्नुपर्ने महँगी  छ । पार्टीभित्र र बाहिरका प्रचण्डका विरोधीहरुले उहाँका विरुद्ध एउटा सिस्टमेटिक प्रचार–संयन्त्र तयार पारे; त्यसमा बाबुरामजी पनि लागे, अरु तत्वहरु पनि लागे । प्रचण्डको विरुद्धमा तीन–तेह्र कतैको सम्बन्ध नभएका एकै हुन सक्छन्, एउटै आवाज निस्कन्छ दुवैतिरबाट । भाषा फरक होला । काउन्टर भ्युज दिन माओवादीभित्र कुनै संयन्त्र नै छैन । प्रचण्डको कुनै संयन्त्र मैले देखेको छैन । हामीले १२ वर्षे जनयुद्धको व्यवस्थापन प्रचण्डले नै गरेको भन्ने सुनेका थियौं । एउटा डरलाग्दो श्याम–श्वेत तस्बिर छापिन्थ्यो साप्ताहिक छापाहरुमा, हामी त्यसैलाई प्रचण्ड भन्ठान्थ्यौं । प्रचण्ड यति राम्रा रहेछन्, उनको र मेरो जुँगा मिल्दो रहेछ भन्ने त पछि गएर थाहा पाएको हो मैले । प्रचण्डले पछिल्लो समय खेलेको भूमिका उनको कमजोरी होइन, उनको दायित्व हो । पार्टी अध्यक्ष भइसकेपछि एउटा ठूलो पार्टी चलाउनुपर्यो । त्यो पार्टी गिरिजाप्रसादले पनि चलाएका थिए, केपीले पनि चलाइरहेका छन्, यो सबैले भोग्नुपर्ने समस्या हो । चुनाव हारे पनि पार्टीको आकार घट्दैन, त्यसमा ठूलो अतिरिक्त कुरो छैन । अतिरिक्त कुरोचाहिँ के हो भने प्रचण्डलाई फोसिल बनाउने हिसाबले प्रचार–संयन्त्रहरु तयार भए । जस्तोः प्रचण्डले भाग नदिएका कुरामा झगडा गरेर मोहन वैद्य र बाबुराम बाहिरिए भन्ने हामीले सुनेका थियौं, एकताका । प्रचण्डले जति दिनुपथ्र्यो, त्यति पैसा दिएनन् भन्ने सुन्यौं ।
प्रतीकात्मक रुपले प्रचण्ड एउटा परिवर्तनको नाम भइदियो तर प्रचण्डले नामअनुसारको काम गरेनन्  । त्यत्रो जनयुद्ध लडेर आएको मान्छेले बादल र बाबुरामले उचाले भन्दैमा सत्ता छाड्नुपर्ने, प्रधानमन्त्री पदबाट राजीनामा दिनुपर्ने आवश्यकता थिएन । नेपालमा त्यतिखेर भारतले पनि कु गर्न सक्दैनथ्यो, नेपाल आर्मीको त कुरै छाडिदिनोस्; आफ्नै राजाको डिफेन्स नगर्ने आर्मीले प्रचण्डका विरुद्ध कु किन गर्छ ? सत्ता छाड्नु उनको हतारको निर्णय थियो ।
प्रचण्डले सुमार्गीसँग मिलेर ठूलो उद्योग खोलेका र माओवादीको पैसा त्यसमा लागेको छ भनेर अहिलेसम्म प्रचार भैराखेको छ । त्यसको कतैबाट पुष्टि पनि भएको छैन र खण्डन पनि भएको छैन । सुमार्गी प्रचण्डसँग र प्रचण्ड सुमार्गीसँग मिल्नुनहुने के कुरा छ र ? कुनै न कुनै नेताहरुको कुनै न कुनै व्यापारीसँग त सम्बन्ध छ नि । प्रचण्डले यो मान्छेलाई मात्रै प्राथमिकता दिन्छ भन्ने एलिट समूहलाई पर्यो । यसलाई नसिध्याएसम्म समाजवादी आन्दोलन र कम्युनिस्ट आन्दोलन सकिँदैन, प्रचण्ड नसकिएसम्म संघीयता पनि सकिँदैन भनेर नै उनलाई बदनाम गरियो ।  गिरिजाप्रसाद त कालकवलित भइहाले, उनलाई ढुटो बनाउनै परेन । सुशील कोइरालासहित अरु नेताहरुको ताल देखिहालियो । प्रतीकात्मक रुपले प्रचण्ड एउटा परिवर्तनको नाम भइदियो तर प्रचण्डले नामअनुसारको काम गरेनन्  । त्यत्रो जनयुद्ध लडेर आएको मान्छेले बादल र बाबुरामले उचाले भन्दैमा सत्ता छाड्नुपर्ने, प्रधानमन्त्री पदबाट राजीनामा दिनुपर्ने आवश्यकता थिएन । नेपालमा त्यतिखेर भारतले पनि कु गर्न सक्दैनथ्यो, नेपाल आर्मीको त कुरै छाडिदिनोस्; आफ्नै राजाको डिफेन्स नगर्ने आर्मीले प्रचण्डका विरुद्ध कु किन गर्छ ? सत्ता छाड्नु उनको हतारको निर्णय थियो । प्रचण्डको चुनाव प्रचारको तरिका नै मलाई उल्टो लाग्यो । सडक किनारमा जम्मा भएको भीडले पिटेको ताली खाएर भोट जम्मा हुन्छ ? उनले कसैको कुरा सुनेनन् । संविधानसभाको पहिलो चुनावमा मैले माओवादी ठूलो पार्टी भएर सत्तामा आउँछ भनेको थिएँ । दोस्रो चुनावमा मैले केही बोलिनँ । मलाई धेरैले सोधेका थिए, मलाई थाहा थियो– यी डुब्दैछन् भन्ने । प्रचण्डलाई उनकै पार्टीले गाउँ छिर्न दिएन, उनी पनि गएनन् । चुनाव पछिको २–३ महिना त पराजयले इन्तु न चिन्तु भए–  भुइँचालोले आत्तिएर होस हराएका मान्छेजस्ता ।  उनको होस हराएकै हो किनभने उनले नसोचेको कुरा भएको थियो । खिलराज सरकारले के गर्यो भन्ने कुरा घटनाहरुको मनिटरिङ गर्दै हिँडने यत्रा विद्वान बाबुरामलाई थाहा थिएन ?
दसथरीले नानाभाँती जे–जे कुरा गरे पनि प्रचण्ड नै शक्तिको केन्द्रमा छन् । मैले लेख्ने गरेको छु– यहाँ दुईवटा मात्रै पोलिटिकल इलेमेन्ट छन्– एउटा कांग्रेस र अर्को माओवादी ।
  चुनाव हारेपछि प्रचण्डजीलाई मैले भनें– तपाईंहरु चुनाव हारें भनेर चिन्ता गरेर नबस्नोस् । तपाईंजस्तो मान्छेले तूफान ल्याउन सक्नुपर्छ, जसरी इन्दिरा गान्धीले ल्याएकी थिइन् । तपाईं चुनाव हारेको पश्चात्ताप गरेर चिउँडोमा हात राखेर बस्ने बेला होइन । तपाईं जहाँ–जहाँ हार्नुभएको छ, त्यहाँ जानोस्, जनतालाई भोट दिएकामा धन्यवाद भन्नोस्, मैले गरेका गल्तीहरु के–के हुन् भनेर सोध्नोस् । जहाँ जित्नुभएको छ, त्यहाँ जानोस् र भन्नोस्– तपाईंले मलाई विश्वास गर्नुभयो, त्यसका लागि धन्यवाद । तपाईं मेची–महाकालीका दसवटा जिल्ला मात्र पुग्नुभयो भने पनि तपाईंको अहिलेको समीकरण आफैं थलिन्छ, आफैं कमजोर हुन्छ । प्रचण्डले मेरो कुरा सुन्नुभएन । दसथरीले नानाभाँती जे–जे कुरा गरे पनि प्रचण्ड नै शक्तिको केन्द्रमा छन् । मैले लेख्ने गरेको छु– यहाँ दुईवटा मात्रै पोलिटिकल इलेमेन्ट छन्– एउटा कांग्रेस र अर्को माओवादी । अहिले पनि प्रचण्डको यति धेरै विरोध किन भइरा’छ भने यतिबेला पनि पावरसेन्टर त उनै हुन् । उनले नभनीकन राजनीतिमा पात पनि हल्लिँदैन । माओवादी पार्टी अल्पमतमा छ तर ऊविना पात पनि हल्लिँदैन । म पटक–पटक भन्दै छु– माओवादी पार्टी विचौलिया राजनीतिबाट बच्नुपर्छ । नेपाली कांग्रेस र माओवादीहरु दुई धु्र्रवमा छन् । यी दुईबीचको सम्बन्धले मात्र राज्यको रुपान्तरण हुन्छ ।
बंशको प्रतिनिधित्व गर्ने कोइराला
कोइरालाले नम्बरमा पार्टीभित्र होल्ड गर्न सक्नुहोला– बहुमत अल्पमतमा । तर, मलाई लाग्दछ– राजनीतिमा देउवा नै अगाडि छन्, उनी पराजयमा पनि जितको राजनीति गर्ने मानिस हुन् ।
सुशील कोइरालासँग भेटेको बेलामा नमस्कार सुशील’दा भन्नेबाहेक मेरो खासै निकट राजनीतिक सम्बन्ध भएन । किन भएन भने जतिबेला नेपाली कांग्रेसको संस्थापनमा गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइरालालगायतका शीर्षस्थ नेताहरु थिए, त्यतिबेला शैलजा आचार्य, दमन ढुंगाना, शेरबहादुर देउवा, रामचन्द्र पौडेल, रामशरण \"koirala\"महतलगायतका युवानेता प्रभावशाली थिए ।  सुशीलप्रसाद कोइराला कहाँ छन् भन्ने खोज्नुपर्थ्यो । गिरिजाप्रसाद कोइरालाको अवसान नभएसम्म सुशील कोइराला एक हिसाबले छायाँमै रहे, लो–प्रोफाइलमै बसे ।
सुशील कोइराला षड्यन्त्रकारी भए पनि, धुन्धुकारी भए पनि  अहिलेको सन्दर्भमा उनी प्रधानमन्त्री हुन् र नेपालको हितमा कुनै योगदान दिन नसके पनि सफल राजनीतिकर्ता हुन् ।  उनको सफल नेतृत्वको अनुभव त यो भूकम्पपछि सबैले गरेकै छन् ।
उनलाई त्यतिबेलाका पत्रकारहरुले पनि खासै महत्व दिएनन् । उनी ठूलो बोटवृक्षको मुनि हुर्किन नसकेको विरुवाजस्तो देखिए । पार्टीमा उनको निरन्तरता छ । उनले त्याग र क्रान्ति दुवै गरेका छन् । तपस्या पनि गरेका छन् । सुशीलजीका गुणहरु पहिले देखिएनन् । कोइराला परिवारको सांगठिनक संरचना पनि त्यस्तै थियो । कोइराला वंशका अरु सन्तानहरुलाई पनि हेर्नुभयो भने अहिलेका चर्चित नेता शेखर कोइराला पनि त्यतिखेर लो प्रोफाइलमा नै थिए । उनी विद्यार्थीकालदेखि नै नेपाली कांग्रेसका  कार्यकर्ताको रुपमा काम गरेका मान्छे । उनका दाजु निरन्जन कोइराला, प्रकाश कोइराला… सुशील कोइराला पनि कोइराला वंशकै सदस्य । अझ गिरिजाबाबुको घनिष्ठ सहयोगी भनेर चिनिएको व्यक्तित्व । कोइराला परिवारकै सदस्य भएका कारणले उनले राजनीतिमा प्रिभेल गरे । गिरिजाप्रसादले उनलाई आफ्नो उत्तराधिकारीको रुपमा प्रस्तुत गरे । तपसिलका कुराहरु खोेज्दै जाँदा सुशील कोइरालाले के–के त्याग गरे भन्ने फेहरिस्त तयार गर्नुभन्दा पनि नेपाली कांग्रेसका अनेकन कार्यकर्ताहरुले उत्तिकै त्याग गरेका छन् र उनले पनि त्योसरह त्याग गरेका छन् । कांग्रेसमा त्यस्ता धेरै कार्यकर्ताहरु छन्, जसले आफ्नो जीवन, परिवार र सम्पत्ति सबै राजनीतिमा नासेका छन् । १४ वर्षको जनयुद्ध गरेर आएर माओवादी कार्यकर्ताले जसरी दुःख पाएका हुन्, त्योभन्दा बढी दुःख गरेका छन् कांग्रेसका कार्यकर्ताले । अहिले जनसंख्याको चाप वा राजनीतिको चाप बढी थियो र माओवादी सशस्त्र संघर्षमा यसको प्रभाव थियो । र, यो सशस्त्र संघर्ष अन्तर्राष्ट्रिय लाइमलाइटमा आयो । सुशील कोइरालाले पनि सशस्त्र संघर्ष गर्दा उनी लो–प्रोफाइलमा बसेको मान्छे । त्यति सुनिएको नाम होइन । भित्रभित्रै बसेर घुसुघुसु काम गर्ने मान्छे हो ।
प्रधानमन्त्री भएपछि उनको जीवन वा व्यक्तित्वलाई जुन प्रकारले पत्रकारहरुले प्रस्तुत गरेका छन्, त्यो सत्य हुँदै होइन । त्यो सर्वथा असत्य कुरा हो । अहिलेका पत्रकारहरुमा खोज्ने जाँगर पनि छैन, भाषा पनि छैन, जे मन लाग्यो, जसले जे भन्यो त्यही लेख्ने गर्छन् । यो म खुलेरै भन्छु ।
सुशील कोइरालालाई महाषड्यन्त्रकारीको रुपमा चित्रण गर्नेहरु पनि धेरै छन् । तीमध्ये केहीले उनकै गुटमा आत्मसमर्पण गरेका छन् । गिरिजाप्रसादका नाममा उनले नै भत्काउने–बिगार्ने निर्णय गर्थे, पार्टीमा गुट–उपगुटकाे कारण समेत सुशील नै हो भन्ने आरोप समेत कार्यकर्ताहरुले लगाउँथे । ती आरोपहरु कति सत्य थिए वा थिएनन्, मलाई थाहा छैन । उनको गुटबन्दीको शिकार को–को भए भन्ने समय पनि यो होइन । राजनीति भनेको आफ्नो स्वाभिमानका लागि गर्ने हो । यहाँ प्रधानमन्त्री हुनु नै सबैभन्दा ठूलो सफलता मानिन्छ, त्यो होइन भन्ने मान्छेले प्रधानमन्त्री पदलाई केही पनि देख्दैन । नेपालमा आफ्नो सफलता सत्ताको शीर्षस्थानसम्म पुग्नु र आज्ञा–आदेश दिनु रहिआएको छ । सुशील कोइराला षड्यन्त्रकारी भए पनि, धुन्धुकारी भए पनि  अहिलेको सन्दर्भमा उनी प्रधानमन्त्री हुन् र नेपालको हितमा कुनै योगदान दिन नसके पनि सफल राजनीतिकर्ता हुन् ।  उनको सफल नेतृत्वको अनुभव त यो भूकम्पपछि सबैले गरेकै छन् । कोइरालाका सबल र दुर्बल पक्ष
प्रदीप गिरि भन्छन्– ‘कोइराला परिवार भनेको एक प्रकारको राजनीतिक इन्डस्ट्री अर्थात उद्योग हो ।’
सबल पक्ष– उनी कसले, कहाँ, के बिगार्यो भन्ने बढी सोच्छन् । दुर्बल पक्ष– कसलाई, कसरी ठीक गर्ने वा ठेगान लगाउने भन्ने बढी सोच्छन् । प्रधानमन्त्री भएपछि देखिएको कुरा के हो भने उनको नियत ठीक भए पनि आफ्नो नियतमा टिक्न सकेनन् । यो सुशील कोइरालाको मात्रै समस्या होइन । नेपाली राजनीतिमा प्रचण्डको समस्या पनि यही हो । प्रचण्डको पनि नियत ठीक छ तर उनी पनि नियतमा टिक्न सक्दैनन् । त्यसै हुनाले अनस्टेबल पोलिटिक्समा नियत सफा राखेर मात्रै हुँदैन । ठीक नियतलाई व्यवहारमा अनुवाद गर्छु भन्ने आत्मविश्वास हुनुपर्छ । मैले सुशील कोइरालामा त्यो आत्मविश्वास  देखेको छैन, त्यो नै उनको दुर्बल पक्ष हो । उनी राजनीति बुझ्छन् । विपक्षीलाई किनारा लगाउन र आफ्ना मान्छेहरुलाई खेलाउन सक्छन् । गिरिजाप्रसाद कोइरालाको ब्याकग्राउन्डको राजनीतिमा २०३८ सालदेखि नै सुशील कोइरालाले जे गरेका छन्, त्यसको मूल्यांकन कोही असल नियतको इतिहासकार निस्कियो भने उसले गर्ला । उनी आफ्नै पार्टीभित्रकै मान्छेहरुसँग प्रतिस्पर्धा गर्न सक्छन्, बाहिरका मान्छेहरुसँग अर्कै अनुहार देखाउँछन् । प्रधानमन्त्री भएपछि उनको जीवनलाई वा व्यक्तित्वलाई जुन प्रकारले पत्रकारहरुले प्रस्तुत गरेका छन्, त्यो सत्य हुँदै होइन । त्यो सर्वथा असत्य कुरा हो । अहिलेका पत्रकारहरुमा खोज्ने जाँगर पनि छैन, भाषा पनि छैन, जे मन लाग्यो, जसले जे भन्यो त्यही लेख्ने गर्छन्, यो म खुलेरै भन्छु । सुशील कोइरालाको बारेमा लेख्दाखेरि यो बिर्सिनु हुन्न कि उनी २०१८ सालमा निर्वासित जीवनमा जानुभएको हो । यत्रो वर्ष राजनीति गरेर नेपाली कांग्रेसजस्तो प्रतिस्पर्धी पार्टीमा टिकेर प्रधानमन्त्री हुनु भनेको सोझो मान्छेले सक्दै सक्ने कुराे हाेइन । हो, सुशील कोइरालाले बीपी कोइरालाको सहयोगीका रुपमा तरकारी किन्नेदेखि लिएर स्टेसनरी लेख्नेसम्मका काम गरेका होलन्, यो सबैले गर्ने कुरा हो । प्रचण्डको घरको तरकारीको झोला कुनै कार्यकर्ताले बोकेका होलान् । अहिले नबोके क्रान्तिकालमा बोकेका होलान्, त्यसलाई म ठूलो कुरा मान्दिनँ । चुरो कुरा उनी कोइराला परिवारको सदस्य हो । कोइराला परिवारमा प्रधानमन्त्री बन्ने र नेतृत्व दिने सदस्यको अभाव भयो । गिरिजाप्रसाद कोइरालाकी सुपुत्री हलुका र विवादग्रस्त भइन् । बीपीका सुपुत्र शशांक कोइराला राजनीतिमा कम अनुभव भएका व्यक्तित्व भए । नोना कोइरालाका सुपुत्र शेखर कोइराला कनिष्ठ भए । वंश धान्ने कोही नभएपछि सुशील कोइरालाको पालो आयो । प्रदीप गिरि भन्छन्, ‘कोइराला परिवार भनेको एक प्रकारको राजनीतिक इन्डस्ट्री अर्थात उद्योग नै हो ।’ यस्तो उद्योग बनाउने चाहना नेपालका कांग्रेस, कम्युनिस्ट र माओवादी सबै नेतामा छ । राजनीति एक हिसाबले इन्डस्ट्री नै हो ।  अहिलेका कोइरालाहरुले एउटा गुण विकसित गरेका छन्– यिनीहरु राजनीतिक अभिनेता पनि हुन् । अझ सुशील कोइराला त सिनेमामा अभिनय गर्न हलिउड जाने तयारी गरेकाे मान्छे… । राजनीतिमा अभिनय गर्नुपर्छ । जस्तै, माओवादी पार्टीभित्र बाबुरामजी अभिनेता हो,  उनी डाइरेक्टरले जस्तो रोल दिन्छ, त्यस्तै अभिनय गर्छन्– यो उनको खुबी हो ।
ओलीका कुरा पूरै फलो गर्ने हो भने एमाले सबभन्दा बढी कन्जरभेटिभ पार्टी बन्छ केपी ओलीलाई म लामो समय जेल बसेको, पार्टीको एउटा प्रभावशाली व्यक्तित्व भनेर चिन्छु । त्योभन्दा बढी उनी गृहमन्त्री बेदाग निक्लिएका हुन् । ओलीले अब फेरि त्यो छवि बनाउन सक्दैनन् । \"kp-oli-640\"राजनीतिक रुपमा ओलीले धेरै मानसिक द्वन्द्वहरु खेपेका छन् पक्कै । एमालेको राजनीतिमा सधैं पछि पर्ने, तल पर्ने । माधवजीले त कुन्डली मारेर बसेको सर्पले जस्तो बाटो हेरेर बस्ने । अमृत बोहोरालगायतका एमालेका एक से एक सिपसालारहरु पनि त्यहीँ थिए । माधवजीको त्यो क्वालिटी थियो । ओली बबुरा भए त्यतिखेर । त्यही बबुरोपनबाट जोगिन तुकबन्दी गर्न थाले, टुक्का जोड्न थाले । कार्यकर्ताहरुलाई हँसाउने–रुवाउनेजस्ता कामहरु गर्न थाले । आफूलाई केन्द्रमा स्थापित गराउन यिनले अनौठो तरिका अपनाए । बिरामी भए । स्वास्थ्यले साथ दिएन । तर, भाग्यले साथ दियो र एमालेका अध्यक्ष पनि भइहाले । पछिल्लो चरणमा ओलीले जस्तो प्रकारको राजनीतिक खेती सुरु गरेका छन् र जस्तो प्रकारको खेल खेल्दैछन्, त्यसले के देखिन्छ भने उनी आंशिक परिवर्तनकारी हुन् । उनी स्वाट्टै परिवर्तन हुन जान्दैनन्, सक्दैनन् । बाँधिएका मान्छे हुन् । हुन त नेपालका सबै नेताहरु कुनै न कुनै किलोमा बाँधिएका छन् । सबैका लागि एउटा–एउटा ‘मास्टर’ होलान् ।
पछिल्लो चरणमा ओलीले जस्तो प्रकारको राजनीतिक खेती सुरु गरेका छन् र जस्तो प्रकारको खेल खेल्दैछन्, त्यसले के देखिन्छ भने उनी आंशिक परिवर्तनकारी हुन् । उनी स्वाट्टै परिवर्तन हुन जान्दैनन्, सक्दैनन् । बाँधिएका मान्छे हुन् ।
अब एक पटक प्रधानमन्त्री हुनुपर्छ भन्ने उनको धोको छ । यो जायज हो । त्यसका लागि उनलाई समयले साथ दिइरहेको छैन । स्वास्थ्यले त यसै पनि साथ दिन्छ, उसै पनि साथ दिन्छ किनभने सत्ता भनेकै नेताहरुको स्वास्थसँग सरोकार राख्ने कुरा हो । भारतका पीभी नरसिंह राव मर्ने तयारीमा लागेका थिए । तर, राजीव गान्धीको हत्यापछि काकताली परेर प्रधानमन्त्री भए । प्रधानमन्त्री भएपछि तगडा भए । ओली अलि बढी हल्का कुरा गर्छन्, राजनीतिक दृष्टिकोण त्यति स्पष्ट छैन ।  अध्यक्ष ओलीले भनेका कुरा पूरै फलो गर्ने हो भने एमाले सबभन्दा बढी कन्जरभेटिभ पार्टी बन्नेछ ।
ओलीकै केही कुरालाई विश्लेषण गर्ने हो भने ‘राजतन्त्रलाई पनि छाडियो, गणतन्त्रमा आइयो तर राजतन्त्रात्मक तरिकाले शासन चलाउनुपर्छ भन्ने बुझिन्छ ।
ओलीकै केही कुरालाई विश्लेषण गर्ने हो भने ‘राजतन्त्रलाई पनि छाडियो, गणतन्त्रमा आइयो तर राजतन्त्रात्मक तरिकाले शासन चलाउनुपर्छ भन्ने बुझिन्छ । पछिल्लो समय उनले धरहरा चढे ।  अहिले धरहरा हामीसँग छैन । धरहरा चढ्ने मामिलामा उनी भाग्यमानी नेता हुन् । ढल्नुभन्दा पहिला धरहरा चढ्न पाए । यसलाई अरुले जे भने पनि म त्यो उनको शान हो भन्छु । आफ्नो उच्च आकांक्षाको सार्वजनिक प्रदर्शन । उनले जन्मदिन मनाउने, मान्छेहरुसँग रिलेसन बनाउने, कुनै चिज मन पराउने, रुचि राख्ने भन्ने कुराहरु राजनीतिबाट झिकिदिनुपर्छ । सबैको इच्छा आफ्नो महत्वको प्रदर्शन गर्ने हुन्छ । त्यसलाई राजनीतिसँग जोडेर तानतुन पार्न खोजियो भने त्यो बर्वाद हुन्छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies