Khabar Dabali ३ पुष २०८२ बिहीबार | 18th December, 2025 Thu
Investment bank

बुहमतीय प्रक्रियाबाटै भएपनि प्रधानमन्त्री हुने ओली गणित यस्तो छ

\"oli_काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको अब बाँकी एउटै लक्ष्य छ, त्यो भनेको एकपटक प्रधानमन्त्री बन्ने । सत्ता साझेदार दल नेपाली कांग्रेसले यसअघि भएको सहमतिबारे आनाकानी गरिरहँदा र दक्षिणी छिमेकी राष्ट्र भारत ओलीको सिहंदरबार पुग्ने बाटोमा एम्बुस थापिरहँदा पछिल्लो हप्ता उनी तनाबमा परे । संविधान निर्माण पश्चात सहजै प्रधानमन्त्री बन्ने अपेक्षा राखेका ओलीलाई जब भारतीय चलखेल बढ्यो र कांग्रेसले यसअघिको सहमतिप्रति अरुची जनायो तब तनावले ज्वरो फुटायो । हठी र सन्की स्वभावका ओली पछि हट्ने अवस्थामा थिएनन् । उनले लगत्तै पार्टीको स्थायी समितिको बैठकबाट आफूलाई प्रधानमन्त्रीको उम्मेदवारको रुपमा निर्णय गराए । निर्णय लगत्तै सहमतीय बाटोबाट सिंहदरबार छिर्न नसक्दा बहुमतीय बाटो के हुन्छ भनि हिसाब मिलाउन थाले । स्रोतका अनुसार एमालेमा ओली निकटका नेताहरु बहुमतीय प्रक्रियामा जाँदा हुने हिसाब–किताब र बहुमत पुर्याउन आवश्यक पर्ने सांसद संख्यामा लागिसकेका छन् । एमालेका एक उच्च नेताका अनुसार ओलीले बहुमतीय प्रक्रियामा गएर भएपनि प्रधानमन्त्री बन्ने सूत्रहरुको प्रयोग गरिसकेका छन् भने आफूले जित्नेमा समेत ढुक्क छन् । एमाओवादी बाहेक अन्य साना दलहरुमा चुनावको दिनसम्म हुने ‘बदलाव’लाई समेत ओली गणितले मार्क गरिरसेको उनको दावी छ । बहुमतीय प्रक्रियामा जाँदा एमालेको १८३, एमाओवादीको ८३ सिट गर्दा २६६ हुन जान्छ । बहुमतीय प्रक्रियामा जित्नका लागि २९९ आवश्यक संख्या रहनेमा उनलाई साना १८ दलले समर्थन गर्ने जनाइसकेको अवस्था छ । २९९ का लागि अपुग संख्या ३३ हुन आउनेमा ओली गणितले राप्रपा नेपालको २५ र राप्रपाको १२ गरी ३७ थप्ने एउटा हिसाब छ भने राप्रपा नआउँदाको अवस्थामा नेमकिपा ४, नेकपा माले ५, जनमोर्चा ३, नेकपा संयुक्त ३ सिट गरी राप्रपाको समर्थन नरहने स्थितिमा साना दलहरुबाट त्यसको पूर्ति गर्नेछ । अर्कोतर्फ दुवै राप्रपा नआउने स्थितिमा समेत गच्छदार नेतृत्वको मधेसी जनअधिकार फोरम लोकतान्त्रिकलाई संविधानमा केही सहमति गर्नेगरी ल्याउने तयारी ओली गणितको छ । उसको १४ सिट र माथि उल्लेखित नेमकिपा, माले, जनमोर्चा, संयुक्तको गरी १५ सिट संख्या आउँछ । दुवै जोड्दा २९ हुन आउँछ भने अपुग संख्या ४ हुन्छ । यो अपुग संख्यालाई ओली गणितका अनुसार नेपाल परिवार दलको २ र नेपा पार्टी लगायतको गरी ४ पुर्याउने तर सकेसम्म दुबै राप्रपालाई नछोड्ने ओली गणितको कसरत जारी छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending