Khabar Dabali २२ फाल्गुन २०८२ शुक्रबार | 6th March, 2026 Fri
Investment bank

अझैँ सहज हुन सकेन आपुर्ति, भारतको प्रचार मात्रै बढी

\"nepal_india_border_\"काठमाडौँ । भारतले अघोषित नाकाबन्दी खोल्न मातहतका निकायलाई निर्देशन दिएको तेस्रो दिन सम्म पनि आपूर्ति सहज हुन सकेको छैन । भारतले अझै पेट्रोलियम पदार्थ दिन आनकानी गरिरहेकोले नाका खुलेको प्रचार गरेपनि इन्धन भने भित्रन सकेको छैन । नेपाल भारत सीमा क्षेत्रका मुख्य नाकामा अझै अघोषित नाकाबन्दी खुलेको अवस्था नपाइएको त्यस क्षेत्रका सरकारी अधिकारीले बताएका छन् । कपिलबस्तुको कृष्णनगर नाकाबाट भारत तर्फबाट मालबाहक सवारी तथा पेट्रोलियम पदार्थ भित्रन छाडेको लगभग महिनादिन भइसकेको इलाका प्रहरी कार्यालय चन्द्रौटाले जनाएको छ । मधेसी मोर्चाको आन्दोलन र भारतीय अघोषित नाकाबन्दीका कारण नाका ठप्प रहेको प्रहरीले जनाएको छ । यस्तै रुपन्देहिको बेल्हीया नाकाबाट पनि आज कुनै पनि मालबाहक गाडी तथा पेट्रोलियम पदार्थ बोकेका ट्यांकर भित्रन सकेका छैनन् । हिजो १ सय ३१ वटा गाडी भित्रदा डिजेल र ग्यासका २ तथा पेट्रोल एक ट्यांकर मात्रै भित्रिएको इलाका प्रहरी कार्यालय बेलहीयाले जनाएको छ । आज भने बिहानै देखि नाका ठप्प छ । यस्तै नेपालगन्जसँगको रुपैडिया नाकाबाट पनि आज गाडी नभित्रिएको इलाका प्रहरी कार्यालय जमुनाहा बाँकेले जनाएको छ । यस्तै पूर्वी बिराटनगरबाट पनि पेट्रोलियम पदार्थ भित्रन सकेको छैन । तरकारी, कपडा लगायत बोकेका सवारी साधन केहि भित्रिए पनि इन्धन भने हिजो पनि नभित्रिएको इलाका प्रहरी कार्यालय रानीले जनाएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE