Khabar Dabali २७ चैत्र २०८२ शुक्रबार | 10th April, 2026 Fri

थोपा सिँचाइलाई माथ दिने नेपाली प्राध्यापकको ‘काचाल्का’ प्रविधि

खबरडबली संवाददाता

चितवन । नेपालमा कृषि अनुसन्धानका ठेलीहरू पुस्तकालयमा थन्किरहेका बेला एकजना अवकाशप्राप्त प्राध्यापक भने आफ्नै आविष्कार बोकेर खेतबारीमा उत्रिएका छन्।

कृषि तथा पशु विज्ञान अध्ययन संस्थानमा २३ वर्ष प्राध्यापन गरेका प्राडा ई भगवानदास मानन्धरले विकास गरेको काचाल्का (डिस्क्रेट इरिगेट सिस्टम) सिँचाइ प्रविधि अहिले चितवनको भरतपुर–१६, विजयनगरमा चर्चाको विषय बनेको छ। सन् १९९३ मा विद्यावारिधि गर्ने क्रममा रुसमा विकास भएको यो प्रविधिलाई मानन्धरले नेपालको माटो सुहाउँदो बनाएर आफ्नै ४ कट्ठा जग्गामा सुन कागती खेतीमार्फत प्रमाणित गरेर देखाएका छन्।

सामान्यतया कुलोबाट वा ट्याङ्कीबाट सिधै पानी लगाउँदा धेरै खेर जाने र बिरुवालाई आवश्यकताभन्दा बढी वा कम पानी हुने समस्या हुन्छ। तर काचाल्का प्रविधिले बिरुवालाई चाहिने ठिक्क मात्रामा पानी वितरण गर्छ। ढिकिच्याउ जस्तै गरी दायाँ-बायाँ ढल्किने स-साना डब्बाहरू प्रयोग गरिने यो प्रणालीमा एउटा डब्बा भरिएपछि मात्र अर्कोमा पानी जान्छ, जसले गर्दा पानीको बर्बादी हुँदैन।

झट्ट हेर्दा सामान्य सतह सिँचाइ जस्तो देखिए पनि यो प्रविधिको सिँचाइ दक्षता ९३ प्रतिशत र पानी वितरणको समानता ९५ प्रतिशतसम्म रहेको मानन्धरको दाबी छ।

लामो समय क्याम्पसमा विद्यार्थीलाई यो प्रविधि पढाए पनि व्यवहारमा कसैले लागू नगरेपछि उनी आफैँले जागिर छाडेर किसानको भूमिकामा फर्किएका हुन्। इटलीको मान्तोभामा समेत सफल परीक्षण भइसकेको यो प्रविधि थोपा वा स्प्रिङकलर सिँचाइभन्दा सस्तो र टिकाउ छ। 

किसानले आफैँ मर्मत गर्न सक्ने र माटोको बनावट अनुसार पानी नियन्त्रण गर्न मिल्ने भएकाले यसलाई व्यावसायिक कृषिको मेरुदण्ड मानिएको छ। अहिले मानन्धरले आफ्नै लगानी र श्रममा यो प्रविधिलाई किसानको घरदैलोसम्म पुर्‍याउने अभियान सुरु गरेका छन्, जसले सिँचाइमा हुने श्रम र खर्च दुवै घटाउने विश्वास गरिएको छ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending