काठमाडौँ । सर्वोच्च अदालतले निर्वाचन आयोगद्वारा उम्मेदवारी खारेज गरिएका धनुषा क्षेत्र नम्बर १ का राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार किशोरी साह कमलको रिटमा सुनुवाइ गर्दै आयोगका नाममा कारण देखाऊ आदेश जारी गरेको छ।
न्यायाधीश नृपध्वज निरौलाको एकल इजलासले सोमबार सो आदेश जारी गर्दै आयोगलाई सात दिनभित्र लिखित जवाफ पेस गर्न निर्देशन दिएको हो। निवेदक साहले आयोगलाई विपक्षी बनाएर उत्प्रेषणको रिट दायर गरेका थिए।
अदालतको आदेशअनुसार आयोगले यसअघि २०८२ फागुन २४ गतेको पत्रमार्फत सम्बन्धित निर्वाचन क्षेत्रको पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फको मत परिणाम घोषणा नगर्न निर्देशन दिइसकेको देखिएकाले हाल मत परिणाम घोषणा स्थगितकै अवस्थामा रहेको उल्लेख गरिएको छ।
उम्मेदवारी खारेज गर्ने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश माग गरिएको भए पनि अदालतले विषयको गम्भीरता र संवेदनशीलतालाई ध्यानमा राख्दै दुवै पक्षको कुरा सुन्नु उपयुक्त हुने ठहर गरेको छ। आदेशमा आयोगलाई निवेदकको उम्मेदवारी खारेज गर्ने मिति २०८२ फागुन १८ को निर्णयसहितको फाइल यथाशीघ्र अदालतमा पेस गर्न पनि भनिएको छ।
अन्तरिम आदेश दिने वा नदिने विषयमा छलफल गर्न अदालतले आगामी २०८२ फागुन २९ गतेको पेशी तोकेको छ। सो दिन आयोगका प्रतिनिधि र निवेदकबीच छलफल भएपछि मात्र अन्तरिम आदेशबारे निर्णय हुने जनाइएको छ।
आयोगले फागुन १८ गते साहको उम्मेदवारी खारेज गर्ने निर्णय गरेपछि उनी न्याय माग्दै सर्वोच्च अदालत पुगेका हुन्। ठेक्कापट्टाबाट राजनीतिमा प्रवेश गरेका साहको उम्मेदवारी कालोसूचीमा रहेको उजुरीपछि आयोगले खारेज गरेको थियो। कर्जा सूचना केन्द्रको वेबसाइटअनुसार ‘किशोर कन्स्ट्रक्सन’का किशोरीलाल साहलाई २०७९ असोज ३१ र २०८० पुस ६ गते कालोसूचीमा राखिएको उल्लेख छ। निर्वाचनको दुई दिनअघि आयोगले उम्मेदवारी खारेज गरेको थियो।
धनुषा क्षेत्र नम्बर १ मा नेकपा एमालेबाट रामचन्द्र मण्डल, नेपाली कांग्रेसबाट राम पलटन साह र नेकपाबाट मातृका प्रसाद यादव उम्मेदवार रहेका छन्।
यस क्षेत्रमा मतगणना सम्पन्न भइसकेको भए पनि अदालतमा मुद्दा विचाराधीन रहेकाले निर्वाचन आयोगले हालसम्म मत परिणाम सार्वजनिक गरेको छैन।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन २५ गते, २०८२ - १७:४४
काठमाडौँ । अन्तर्राष्ट्रिय वायु प्रदूषण मापन संस्था ‘आईक्यू एयर’का अनुसार काठमाडौँ विश्वकै सबैभन्दा बढी वायु प्रदूषण हुने सहरको सूचीमा पहिलो स्थानमा प...
फाल्गुन २५ गते, २०८२ - १७:२३
काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले प्रतिनिधिसभा निर्वाचनको समानुपातिकतर्फ तीन लाख मत पार गर्दै आवश्यक थ्रेसहोल्ड पार गरेको छ। २१ फ...
फाल्गुन २५ गते, २०८२ - १६:५५
गोरखा । गोरखा जिल्ला निर्वाचन क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सुधन गुरुङ विजयी भएका छन्। मतगणनाको अन्तिम परिणामअनुसार गुर...
फाल्गुन २५ गते, २०८२ - १६:४३
काठमाडौं । इलाम जिल्ला निर्वाचन क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका उम्मेदवार निस्कल राई विजयी भएका छन्। त्रिपक्षीय प्रतिस्पर्धा भएको निर्वाचनमा र...
फाल्गुन २५ गते, २०८२ - १६:३३
काठमाडौँ । सर्वोच्च अदालतले निर्वाचन आयोगद्वारा उम्मेदवारी खारेज गरिएका धनुषा क्षेत्र नम्बर १ का राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार किश...
फाल्गुन २५ गते, २०८२ - १६:१२
काठमाडौँ । ओखलढुंगा जिल्लामा प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणनाका क्रममा प्रत्यक्षतर्फ हराएका भनिएका मतपत्र समानुपातिकतर्फको ढ्वाङमा भेटिएका छन्। ...
फाल्गुन २५ गते, २०८२ - १५:२६
विराटनगर। झापाको गौरादह नगरपालिकाका मेयर छत्रपति सुवेदीमाथि आइतबार साँझ अभद्र व्यवहारसहित हातपात भएको छ। प्रहरीका अनुसार, गौरादह–५, राजपति चोक, चप्...
फाल्गुन २५ गते, २०८२ - १५:०८
काठमाडौँ । माघ ११ गतेको राष्ट्रिय सभा निर्वाचनबाट निर्वाचित भएका सांसदहरूले सिंहदरबारस्थित कानुन न्याय तथा मानव अधिकार समितिको हलमा पद तथा गोपनीयताको ...
फाल्गुन २५ गते, २०८२ - १४:३८
काठमाडौँ । किशोरी साह कमलले राष्ट्रिय स्वतन्त्र पार्टी तर्फबाट धनुषा–१ मा उम्मेदवारी खारेज गर्ने निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट नि...
फाल्गुन २५ गते, २०८२ - १४:२२
काठमाडौँ । प्रत्यक्षतर्फ तीन सिट जितेको श्रम संस्कृति पार्टीले समानुपातिक मतमा करिब तीन लाख आठ हजार ६५६ मत प्राप्त गरेको छ। कुल ८८ लाख ४८ हजार १४८ मत ...



प्रतिकृया लेख्नुहोस्: