Khabar Dabali १ पुष २०८२ मंगलवार | 16th December, 2025 Tue
Investment bank

शनिबार खुशुक्क नेपाल आएका भारतीय उच्च अधिकारी को हुन् ?

\"varatiya_cover\"काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी भारत फर्कनासाथ बिग्रन लागेको नेपालको आफू अनुकूलको स्थिति सम्हाल्न भन्दै शनिबार नेपालमा आफ्ना विशेष दुत पठाएका छन् । शनिबार काठमाडौं ओर्लिएका ति विशेष दुत को हुन् भन्ने बारेमा बाहिर आएको छैन तर उच्च स्रोतका अनुसार उनले नेकपा एमालेका माधव नेपाल, प्रधानमन्त्री सुशिल कोईरालालाई आइतबारसम्म भेटिसकेका छन् । संविधान निर्माणमा आफ्नो चासो नसमेटिएको भन्दै आक्रोशित भारतले १ हप्ताान्दा लामो अघोषित नाकाबन्दी लगाइसकेको छ भने नेपालमा नयाँ प्रधामन्त्रीको चुनाव हुन गईरहेको छ । संविधान निर्माणमा भारतीय चासोलाई महत्व नदिन र असफल बनाउनका लागि एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष ओली लागेको ठहरमा प्रचण्ड र ओलीसँग बदला लिने योजनामा भारत रहेको हुनसक्ने अनुमान गरिएको छ । यसअघि संविधान निर्माण प्रक्रिया जसरी पनि रोक्न भन्दै भारतीय प्रधानमन्त्री मोदीले विदेश सचिव एस जयशंकरलाई विशेष दुतको रुपमा नेपाल पठाएका थिए । निकै हैकमी शैलीमा संविधान निर्माण प्रक्रिया रोक्न र नरोके राम्रो नहुने भन्दै नेपाली नेताहलाई धम्क्याएका जयशंकरलाई प्रचण्ड र ओलीले नरम शैलीमा भारतको प्रस्ताव नमान्ने बताएर पठाएका थिए । सोही बदलास्वरुप उनी दिल्ली फर्केलगत्तै नेपालमाथि भारतले अघोषित नाकाबन्दी लगाएको थियो । मुख्यतः ओली र प्रचण्डले नगनेको बुझाईमा रहेको भारतले ओलीलाई प्रधानमन्त्री हुनबाट रोक्नका लागि यी नाम नखुलेका विशेष दुत नेपाल पठाएको हुनसक्ने अनुमान राजनीतिक वृतमा छ । उनले एमालेकै माधव नेपाल र सुशील कोइरालालाई भेटेर ओलीलाई रोक्न आग्रह गरेका थिए । नेपाली कांग्रेसका शेबहादुर देउवासँगसमेत भेटघाट भएको हुनसक्ने अनुमान गरिएको छ । उनैलाई भेट्नका लागि आइतबार राती मधेसमा रहेका उपेन्द्र यादव लगायतका नेताहरु काठमाडौं आएका हुन सक्छन्  । अकस्मात मधेस आन्दोलनका नेताहरु काठमाडौं  आउनु रहस्यमयी छ । भारत पछिल्लोचरण ओलीलाई प्रधानमन्त्री हुनबाट रोक्ने र त्यसको विकल्पमा एमालेका माधव नेपाल, कांग्रेसका शेरबहादुर देउवा वा सुशील कोईरालाकै निरन्तरता चाहन्छ । शनिबार साँझ भारतले नाकाबन्दी खुलाएको जानकारी दिन बालुवाटार पुगेका भारतीय राजदुत रंजित रे को साथमा ती मोदीका विशेष दुत पनि वालुवाटार छिरेको स्रोतको दावी छ । आफू अनुकूलको प्रधानमन्त्री बनाउने योजनामा रहेको भारतको अन्य उद्देश्यभन्दा पनि पछिल्लोपटक राष्ट्रवादी कित्तामा उभिएका एमाले अध्यक्ष ओलीलाई पराजित गर्ने र एमाओवादी अध्यक्ष प्रचण्डलाई सबक सिकाउने योजनामा रहेको प्रष्ट बुझ्न सकिन्छ । नाकाबन्दी खुलाउन उच्च तहबाट भएको कुटनीतिक पहलहरुमा भारतीय अधिकारीहरु खुलेरै भारतीय चासो नेपालले पूरा गर्नुपर्ने बताउँदै आएका छन् । ओलीलाई प्रधानमन्त्री नबनाउने शर्तमा भारत तत्काल नाकाबन्दी खोल्न तयार छ  । तर नेपालले भारतको उक्त शर्त स्वीर्कानुपर्ने उसले बताएको नेपालका एक उच्च नेताले बताए । यसअघि भारतीय गुप्तचर संस्था ‘र’ का पूर्व माथुर नेपाल आएर नेपालका शीर्ष नेताहरु सबैलाई छुटछुट्टै भेटी प्रधानमन्त्रीको  चारो फ्याकेर हिडेका थिए । अर्कोतिर भारत प्रचण्ड र ओलीका विरुद्ध केही प्रोपोगाण्डा तयार गरेर बसेको छ । यसअघि पनि एमाओवादी अध्यक्ष प्रचण्डले भारतलाई अस्वीकार गर्दा टेपकाण्ड तथा टेलिफोन काण्ड घटाएको थियो । भारत यस्तै प्रकरणका कुनै योजनामा रहेको हुनसक्ने नेपालका एक उच्च गुप्तचर अधिकारीले खबरडबलीसँग बताए । अर्कोतिर एमाओवादी परित्याग गरेका पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई एमाओवादी अध्यक्ष प्रचण्डमाथि संगीन आरोपहरु लगाउन थालेका छन् । ३० वर्ष सँगै राजनीति गरेका भट्टराईले युद्धकालमा आफूलाई प्रचण्डले मार्न खोजेको र अख्तियारले प्रचण्डलाई हप्तादिनभित्रै समात्ने घोषणासँगै गर्नुको रहस्य के छ ? यो पछि खुल्दै जाला । तर भारतले राष्ट्रवादी कित्तामा उभिएका नेताहरुकाविरुद्ध कुनै ठूलो प्रपोगाण्डा गर्र्यो भने आश्चार्य नमाने हुन्छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending