Khabar Dabali २२ फाल्गुन २०८२ शुक्रबार | 6th March, 2026 Fri
Investment bank

शनिबार खुशुक्क नेपाल आएका भारतीय उच्च अधिकारी को हुन् ?

\"varatiya_cover\"काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी भारत फर्कनासाथ बिग्रन लागेको नेपालको आफू अनुकूलको स्थिति सम्हाल्न भन्दै शनिबार नेपालमा आफ्ना विशेष दुत पठाएका छन् । शनिबार काठमाडौं ओर्लिएका ति विशेष दुत को हुन् भन्ने बारेमा बाहिर आएको छैन तर उच्च स्रोतका अनुसार उनले नेकपा एमालेका माधव नेपाल, प्रधानमन्त्री सुशिल कोईरालालाई आइतबारसम्म भेटिसकेका छन् । संविधान निर्माणमा आफ्नो चासो नसमेटिएको भन्दै आक्रोशित भारतले १ हप्ताान्दा लामो अघोषित नाकाबन्दी लगाइसकेको छ भने नेपालमा नयाँ प्रधामन्त्रीको चुनाव हुन गईरहेको छ । संविधान निर्माणमा भारतीय चासोलाई महत्व नदिन र असफल बनाउनका लागि एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष ओली लागेको ठहरमा प्रचण्ड र ओलीसँग बदला लिने योजनामा भारत रहेको हुनसक्ने अनुमान गरिएको छ । यसअघि संविधान निर्माण प्रक्रिया जसरी पनि रोक्न भन्दै भारतीय प्रधानमन्त्री मोदीले विदेश सचिव एस जयशंकरलाई विशेष दुतको रुपमा नेपाल पठाएका थिए । निकै हैकमी शैलीमा संविधान निर्माण प्रक्रिया रोक्न र नरोके राम्रो नहुने भन्दै नेपाली नेताहलाई धम्क्याएका जयशंकरलाई प्रचण्ड र ओलीले नरम शैलीमा भारतको प्रस्ताव नमान्ने बताएर पठाएका थिए । सोही बदलास्वरुप उनी दिल्ली फर्केलगत्तै नेपालमाथि भारतले अघोषित नाकाबन्दी लगाएको थियो । मुख्यतः ओली र प्रचण्डले नगनेको बुझाईमा रहेको भारतले ओलीलाई प्रधानमन्त्री हुनबाट रोक्नका लागि यी नाम नखुलेका विशेष दुत नेपाल पठाएको हुनसक्ने अनुमान राजनीतिक वृतमा छ । उनले एमालेकै माधव नेपाल र सुशील कोइरालालाई भेटेर ओलीलाई रोक्न आग्रह गरेका थिए । नेपाली कांग्रेसका शेबहादुर देउवासँगसमेत भेटघाट भएको हुनसक्ने अनुमान गरिएको छ । उनैलाई भेट्नका लागि आइतबार राती मधेसमा रहेका उपेन्द्र यादव लगायतका नेताहरु काठमाडौं आएका हुन सक्छन्  । अकस्मात मधेस आन्दोलनका नेताहरु काठमाडौं  आउनु रहस्यमयी छ । भारत पछिल्लोचरण ओलीलाई प्रधानमन्त्री हुनबाट रोक्ने र त्यसको विकल्पमा एमालेका माधव नेपाल, कांग्रेसका शेरबहादुर देउवा वा सुशील कोईरालाकै निरन्तरता चाहन्छ । शनिबार साँझ भारतले नाकाबन्दी खुलाएको जानकारी दिन बालुवाटार पुगेका भारतीय राजदुत रंजित रे को साथमा ती मोदीका विशेष दुत पनि वालुवाटार छिरेको स्रोतको दावी छ । आफू अनुकूलको प्रधानमन्त्री बनाउने योजनामा रहेको भारतको अन्य उद्देश्यभन्दा पनि पछिल्लोपटक राष्ट्रवादी कित्तामा उभिएका एमाले अध्यक्ष ओलीलाई पराजित गर्ने र एमाओवादी अध्यक्ष प्रचण्डलाई सबक सिकाउने योजनामा रहेको प्रष्ट बुझ्न सकिन्छ । नाकाबन्दी खुलाउन उच्च तहबाट भएको कुटनीतिक पहलहरुमा भारतीय अधिकारीहरु खुलेरै भारतीय चासो नेपालले पूरा गर्नुपर्ने बताउँदै आएका छन् । ओलीलाई प्रधानमन्त्री नबनाउने शर्तमा भारत तत्काल नाकाबन्दी खोल्न तयार छ  । तर नेपालले भारतको उक्त शर्त स्वीर्कानुपर्ने उसले बताएको नेपालका एक उच्च नेताले बताए । यसअघि भारतीय गुप्तचर संस्था ‘र’ का पूर्व माथुर नेपाल आएर नेपालका शीर्ष नेताहरु सबैलाई छुटछुट्टै भेटी प्रधानमन्त्रीको  चारो फ्याकेर हिडेका थिए । अर्कोतिर भारत प्रचण्ड र ओलीका विरुद्ध केही प्रोपोगाण्डा तयार गरेर बसेको छ । यसअघि पनि एमाओवादी अध्यक्ष प्रचण्डले भारतलाई अस्वीकार गर्दा टेपकाण्ड तथा टेलिफोन काण्ड घटाएको थियो । भारत यस्तै प्रकरणका कुनै योजनामा रहेको हुनसक्ने नेपालका एक उच्च गुप्तचर अधिकारीले खबरडबलीसँग बताए । अर्कोतिर एमाओवादी परित्याग गरेका पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई एमाओवादी अध्यक्ष प्रचण्डमाथि संगीन आरोपहरु लगाउन थालेका छन् । ३० वर्ष सँगै राजनीति गरेका भट्टराईले युद्धकालमा आफूलाई प्रचण्डले मार्न खोजेको र अख्तियारले प्रचण्डलाई हप्तादिनभित्रै समात्ने घोषणासँगै गर्नुको रहस्य के छ ? यो पछि खुल्दै जाला । तर भारतले राष्ट्रवादी कित्तामा उभिएका नेताहरुकाविरुद्ध कुनै ठूलो प्रपोगाण्डा गर्र्यो भने आश्चार्य नमाने हुन्छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE