Khabar Dabali २० जेष्ठ २०८३ बुधबार | 3rd June, 2026 Wed
Investment bank

प्रतिनिधिसभा निर्वाचन: गुल्मीमा १७ सयभन्दा बढी कर्मचारी परिचालन

खबरडबली संवाददाता

गुल्मी। आगामी फागुन २१ गते सम्पन्न हुन लागेको प्रतिनिधिसभा सदस्य उपनिर्वाचनका लागि गुल्मीमा १७ सयभन्दा बढी कर्मचारी परिचालन गरिने भएको छ । दुई निर्वाचन क्षेत्र रहेको यस जिल्लामा निर्वाचन सम्पन्न गर्न कुल १७ सय सात कर्मचारी परिचालित हुने भएका हुन् । जिल्लाका दुई नगरपालिका र १० गाउँपालिकाका ९३ वडामा १४५ मतदानस्थल र २८४ मतदान केन्द्र रहेका छन् ।

ती केन्द्रमा निर्वाचन सम्पन्न गर्न सो सङ्ख्यामा कर्मचारी परिचालन गर्न लागिएको जिल्ला निर्वाचन कार्यालय, गुल्मीका प्रमुख निर्वाचन अधिकारी ऋषिराम घिमिरेले जानकारी दिनुभयो । उहाँका अनुसार क्षेत्र नम्बर १ मा ८३ मतदानस्थल र १५५ मतदान केन्द्र कायम गरिएको छ । यस्तै क्षेत्र नम्बर २ मा ६२ मतदानस्थल र १२९ मतदान केन्द्र रहेका छन् । जिल्ला कारागार गुल्मीमा एउटा अस्थायी मतदान केन्द्र समेत कायम गरिएको छ ।

प्रत्येक मतदान केन्द्रमा एक जना मतदान अधिकृत, एक जना सहायक मतदान अधिकृत, तीन जना सहायक कर्मचारी र एक जना सहयोगी कर्मचारी परिचालन गरिनेछ । त्यसैगरी अस्थायी मतदान केन्द्रमा एक जना मतदान अधिकृत, एक जना सहायक मतदान अधिकृत र एक जना सहयोगी कर्मचारी रहने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । जसअनुसार मतदान अधिकृत २८५, सहायक मतदान अधिकृत २८५, सहायक कर्मचारी ८५२ र सहयोगी कर्मचारी २८५ जना परिचालित हुनेछन् ।

निर्वाचनका लागि जिल्लास्थित विभिन्न सरकारी कार्यालय र स्थानीय तहमा कार्यरत कर्मचारी तथा शिक्षकलाई खटाउन लागिएको हो । यसैगरी मतपत्र बदर हुन नदिन जिल्लाका ९३ वटै वडामा मतदाता शिक्षाका लागि ९३ जना स्वयंसेवक परिचालन गरिएको छ । फागुन १७ गतेसम्म सञ्चालन हुने मतदाता शिक्षा कार्यक्रममार्फत स्वयंसेवकले निर्वाचन प्रक्रिया, मतदान गर्ने विधि, मत बदर हुने अवस्था र मतदानको महत्त्वबारे टोलटोलमा पुगेर जानकारी गराउने बताइएको छ ।

मतदाता शिक्षाका लागि महिला स्वास्थ्य स्वयंसेविका, मातृशिशु कार्यकर्ता र बालविकास सहजकर्तालाई परिचालन गरिएको छ । जिल्लामा कुल मतदाताको सङ्ख्या दुई लाख २९ हजार ५४९ रहेको छ । जसमा महिला एक लाख १५ हजार २१०, पुरुष एक लाख १४ हजार ३३७ र अन्य दुई जना रहेका छन् । सुरक्षा व्यवस्थाका लागि नेपाल प्रहरीतर्फ एक हजार ६९५ र सशस्त्र प्रहरीतर्फ १७९ जना जनशक्ति छनोट गरी सम्बन्धित क्षेत्रमा खटाइएको छ । मतपत्रबाहेकका अन्य निर्वाचन सामग्री जिल्ला आइपुगेको कार्यालयले जनाएको छ ।

जिल्ला सुरक्षा समितिले विगतका निर्वाचनका गतिविधि, भौगोलिक विकटता, सञ्चार र यातायातको पहुँच तथा सुरक्षा संवेदनशीलताका आधारमा मतदानस्थलको वर्गीकरण गरेको छ । जसअनुसार ४८ मतदानस्थल अतिसंवेदनशील, ५७ संवेदनशील र ४० मतदानस्थल सामान्य सूचीमा रहेका छन् । निर्वाचनलाई भयरहित वातावरणमा सम्पन्न गर्न मतदानस्थलको निरन्तर निरीक्षण तथा अनुगमन भइरहेको प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेले बताए। 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सीमा समस्या समाधानका लागि कूटनीतिक प्रयास गर्न राष्ट्रियसभा सदस्यहरूको सुझाव

काठमाडौं । राष्ट्रियसभा सदस्यहरूले नेपाल–भारत सीमा समस्या समाधानका लागि कूटनीतिक प्रयासलाई प्राथमिकता दिनुपर्ने बताएका छन्। राष्ट्रियसभाको बुधबारको...

नेपालसँग साझा समृद्धि र उज्ज्वल भविष्यका लागि नजिकबाट सहकार्य गर्न भारत तयार: मोदी

काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालसँग साझा समृद्धि र उज्ज्वल भविष्यका लागि नजिकबाट सहकार्य गर्न भारत तयार रहेको बताएका छन्। भारत...

रवि लामिछाने र भारतीय प्रधानमन्त्री मोदीबीच भेटवार्ता

काठमाडौं । भारत भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने ले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सँग नयाँदिल्लीमा भेटवा...

प्रधानमन्त्रीको अभिव्यक्ति असत्य, झुटो र राष्ट्रहितविपरीत: ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री बालेन शाहको संसद्मा दिएको अभिव्यक्तिप्रति कडा आपत्ति जनाएका छन्। एमालेको ‘सदस्यता न...

राष्ट्रपति सरकारको ‘रबरस्ट्याम्प’ बनेर जे मा पनि हस्ताक्षर गरे: ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपति रामचन्द्र पौडेलको भूमिकाप्रति गम्भीर आपत्ति जनाउँदै उहाँलाई सरकारको “रबरस्ट्याम्प” बनेको ...

चुनावी नतिजा पूर्वनिर्धारित थियो, अरु पार्टीहरूले साँच्चै चुनाव हुन्छ ठाने: ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हालै सम्पन्न चुनावको नतिजा पहिले नै निर्धारित रहेको आरोप लगाएका छन्। चुनावपछि पहिलोपटक सार्वजनिक सम्...

सरकार पूर्वाग्रहको पोको हो, सम्पत्ति छानबिन आयोग मान्दिन र बयान पनि दिन्न: ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारलाई “पूर्वाग्रहको पोको” भन्दै कडा आलोचना गरेका छन्। उनले सरकारले आफूहरू र पुराना राजनीत...

राष्ट्रिय सभामा आज पनि प्रधानमन्त्री शाहको सीमा सम्बन्धी अभिव्यक्तिको विरोध, बैठक अवरुद्ध

काठमाडौं । राष्ट्रिय सभामा आज पनि प्रधानमन्त्री बालेन शाहको नेपाल–भारत सीमा सम्बन्धी अभिव्यक्तिलाई लिएर विपक्षी दलहरूले विरोध जनाएका छन्। बैठक सुरु हु...

नागढुंगा सुरुङमार्गका लागि जापानबाट थप ५ अर्ब ५० करोड रुपैयाँ ऋण सहयोग

काठमाडौँ । नागढुंगा सुरुङमार्ग निर्माण आयोजनाका लागि जापान सरकारले थप ऋण सहयोग उपलब्ध गराउने भएको छ। आयोजनाको लागत बढेर बजेट अपुग भएपछि जापानले थप सहा...

समस्याग्रस्त २३ सहकारीका सञ्चालकको नाम सार्वजनिक, लुकाएको सम्पत्तिबारे सूचना दिन समितिको आग्रह

काठमाडौँ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले समस्याग्रस्त घोषित २३ वटा सहकारी संस्थाका सञ्चालकहरूले लुकाएको हुन सक्ने सम्पत्तिबारे सूचना उपलब्ध ग...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending