रुकुम पूर्व । पुष्पकमल दाहाल (प्रचण्ड) ले रुकुम पूर्वलाई चीनको सिमानासम्म पिच सडकमार्फत जोड्ने आफ्नो दीर्घकालीन योजना सार्वजनिक गरेका छन्।
पुथा उत्तरगंगा गाउँपालिका–१ मैकोटमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै उनले दाङबाट सुरु भएको ‘शहीद मार्ग’लाई सहरतारा हुँदै चीन सिमानासम्म विस्तार गरी कालोपत्रे गर्ने लक्ष्य रहेको बताए। उनका अनुसार सडक स्तरोन्नति भएसँगै मैकोटलगायत क्षेत्र पर्यटकीय केन्द्रका रूपमा विकास हुनेछन्।
प्रचण्डले सशस्त्र द्वन्द्वका क्रममा राज्यपक्षबाट मारिएकाहरूको सम्झनामा ‘शहीद मार्ग’ निर्माणको अवधारणा अघि सारिएको स्मरण गरे। जनयुद्धकै क्रममा दक्षिणदेखि उत्तरसम्म शहीदहरूको नाममा सडक सुरु गर्ने प्रस्ताव आफूले राखेको र पार्टी निर्णयपछि स्थानीयवासीले स्वेच्छिक रूपमा सडक खन्न सुरु गरेको उनले बताए।
शान्ति सम्झौतापछि सरकारमा पुगेपछि उक्त मार्गलाई राज्यको परियोजनाका रूपमा रूपान्तरण गरिएको उल्लेख गर्दै उनले हाल सोहीअनुसार काम अघि बढिरहेको जानकारी दिए। अब मार्गलाई पूर्ण रूपमा पिच गरी सहज आवागमन सुनिश्चित गर्ने र पर्यटन प्रवर्द्धन गर्ने लक्ष्य रहेको उनको भनाइ छ।
प्रचण्डले आफू पहिलो पटक प्रधानमन्त्री हुँदा मध्यपहाडी लोकमार्गको प्रस्ताव गरी बजेट विनियोजन गरेको पनि बताए।
हाल प्रचण्डको टोली तकसेरा, बिर्गुम, पिपलतुङ, खैरे ९नयाँ बजार०, डिम्मुर गहिरा ९तातोपानी०, मयाङ र हुकाम हुँदै मैकोट पुगेको छ। सोमबार टोली कोल, गोलखाडा, राङ्सी, नाखाँ, जामाबगर हुँदै सिस्ने गाउँपालिका–२ नायगाड पुग्ने कार्यक्रम रहेको जनाइएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ २० गते, २०८३ - १४:३७
काठमाडौं । राष्ट्रियसभा सदस्यहरूले नेपाल–भारत सीमा समस्या समाधानका लागि कूटनीतिक प्रयासलाई प्राथमिकता दिनुपर्ने बताएका छन्। राष्ट्रियसभाको बुधबारको...
जेष्ठ २० गते, २०८३ - १४:२३
काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालसँग साझा समृद्धि र उज्ज्वल भविष्यका लागि नजिकबाट सहकार्य गर्न भारत तयार रहेको बताएका छन्। भारत...
जेष्ठ २० गते, २०८३ - १४:१३
काठमाडौं । भारत भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने ले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सँग नयाँदिल्लीमा भेटवा...
जेष्ठ २० गते, २०८३ - १४:०७
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री बालेन शाहको संसद्मा दिएको अभिव्यक्तिप्रति कडा आपत्ति जनाएका छन्। एमालेको ‘सदस्यता न...
जेष्ठ २० गते, २०८३ - १३:४६
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपति रामचन्द्र पौडेलको भूमिकाप्रति गम्भीर आपत्ति जनाउँदै उहाँलाई सरकारको “रबरस्ट्याम्प” बनेको ...
जेष्ठ २० गते, २०८३ - १३:३७
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हालै सम्पन्न चुनावको नतिजा पहिले नै निर्धारित रहेको आरोप लगाएका छन्। चुनावपछि पहिलोपटक सार्वजनिक सम्...
जेष्ठ २० गते, २०८३ - १३:२४
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारलाई “पूर्वाग्रहको पोको” भन्दै कडा आलोचना गरेका छन्। उनले सरकारले आफूहरू र पुराना राजनीत...
जेष्ठ २० गते, २०८३ - १३:१५
काठमाडौं । राष्ट्रिय सभामा आज पनि प्रधानमन्त्री बालेन शाहको नेपाल–भारत सीमा सम्बन्धी अभिव्यक्तिलाई लिएर विपक्षी दलहरूले विरोध जनाएका छन्। बैठक सुरु हु...
जेष्ठ २० गते, २०८३ - १२:५९
काठमाडौँ । नागढुंगा सुरुङमार्ग निर्माण आयोजनाका लागि जापान सरकारले थप ऋण सहयोग उपलब्ध गराउने भएको छ। आयोजनाको लागत बढेर बजेट अपुग भएपछि जापानले थप सहा...
जेष्ठ २० गते, २०८३ - १२:२०
काठमाडौँ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले समस्याग्रस्त घोषित २३ वटा सहकारी संस्थाका सञ्चालकहरूले लुकाएको हुन सक्ने सम्पत्तिबारे सूचना उपलब्ध ग...



प्रतिकृया लेख्नुहोस्: