Khabar Dabali २० जेष्ठ २०८३ बुधबार | 3rd June, 2026 Wed
Investment bank

छैटौँ पटक निर्वाचन प्रहरीमा खड्का

खबरडबली संवाददाता

रुकुमपश्चिम। रुकुमपश्चिमको मुसीकोट नगरपालिका–२ रातामाटा निवासी ५२ वर्षीय टेकबहादुर खड्का छैटौँ पटक निर्वाचन प्रहरीमा खटिएको छन् । वि.सं. २०५१ को मध्यावधि निर्वाचनमा तत्कालीन म्यादी प्रहरीमा भर्ना भएका उहाँ आगामी २०८२ फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि पुन: खटिएको हो ।

स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गराउन सुरक्षाको जिम्मेवारी पाउँदा उहाँले गौरव महसुस गरेको छन् । खड्काले २०५१ सालको मध्यावधि निर्वाचन, २०७४ र २०७९ का विभिन्न तहका निर्वाचन तथा २०८२ को प्रतिनिधिसभा निर्वाचनमा कर्तव्यनिष्ठ भई खटिन पाउँदा खुसी लागेको बताए। देशको महत्त्वपूर्ण घडीमा सेवक भएर योगदान दिनु जिम्मेवार नागरिकको कर्तव्य भएको उनको बुझाइ छ ।

परिवारको लालनपालनका साथै राष्ट्रिय दायित्व निर्वाहका लागि आफूले निर्वाचन प्रहरी रोजेको खड्काले बताए। वैदेशिक रोजगारीका सिलसिलामा भारत, साउदी अरब र कतार रहेका बेला २०५६, २०६४ र २०७० का निर्वाचनमा योगदान गर्न नपाएकोमा उनलाई पछुतो छ । रुकुमपश्चिमस्थित सशस्त्र प्रहरी बल नेपाल ४७ नं. गुल्मले सञ्चालन गरेको निर्वाचन प्रहरी अनुशिक्षण तालिमको अन्तिम प्रवचन कार्यक्रममा खड्काले राष्ट्रलाई आवश्यक परेका बेला योगदान दिन पाउनु खुसीको विषय भएको उल्लेख गरे।

२०५१ को निर्वाचनमा सानीभेरी गाउँपालिका–१ को चाइनाबगरमा खटिएको स्मरण गर्दै खड्काले त्यस बेला सञ्चार, यातायात र नागरिक चेतनाको अभावमा सुरक्षा चुनौती बढी हुने गरेको सुनाए। मतदानस्थलको मुख्य प्रवेशद्वारमा खटिँदा ढुङ्गामुढा र नाराबाजी भए पनि भिडलाई सम्झाइबुझाई शान्तपूर्वक मतदान सम्पन्न गराएको अनुभव उनीसँग छ । उनले यसबीचमा बाँफिकोट, चौरजहारी र जिल्ला प्रहरीको निर्वाचन सेलमा रहेर सुरक्षाकर्मीको भूमिका निर्वाह गरिसक्नुभएको छ ।

खड्काले सेवा, सुविधा र जिम्मेवारीका हिसाबले पहिलेभन्दा अहिलेका निर्वाचन धेरै फरक रहेको बताए । २०५१ मा म्यादी प्रहरी हुँदा तीन हजार रुपियाँ पारिश्रमिक पाएको उनले स्मरण गरे। म्यादी प्रहरीको सट्टा 'निर्वाचन प्रहरी' भन्दा सुन्दा राम्रो लाग्ने र अहिलेको तालिम एवं अनुशासनले आफूलाई थप जिम्मेवार बनाएको उनको बुझाइ छ ।

सशस्त्र प्रहरी बल नेपाल ४७ नम्बर गुल्मका प्रहरी निरीक्षक झक्कुप्रसाद शर्माले खड्काको अनुभव र देशप्रतिको भाव अन्य निर्वाचन प्रहरीका लागि प्रेरक रहेको बताए। अनुशासित र परिपक्व निर्वाचन प्रहरीका रूपमा चिनिने खड्काले सुनाउने सुरक्षा अनुभव अरूका लागि पनि शिक्षाप्रद हुने गरेको छ ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सीमा समस्या समाधानका लागि कूटनीतिक प्रयास गर्न राष्ट्रियसभा सदस्यहरूको सुझाव

काठमाडौं । राष्ट्रियसभा सदस्यहरूले नेपाल–भारत सीमा समस्या समाधानका लागि कूटनीतिक प्रयासलाई प्राथमिकता दिनुपर्ने बताएका छन्। राष्ट्रियसभाको बुधबारको...

नेपालसँग साझा समृद्धि र उज्ज्वल भविष्यका लागि नजिकबाट सहकार्य गर्न भारत तयार: मोदी

काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालसँग साझा समृद्धि र उज्ज्वल भविष्यका लागि नजिकबाट सहकार्य गर्न भारत तयार रहेको बताएका छन्। भारत...

रवि लामिछाने र भारतीय प्रधानमन्त्री मोदीबीच भेटवार्ता

काठमाडौं । भारत भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने ले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सँग नयाँदिल्लीमा भेटवा...

प्रधानमन्त्रीको अभिव्यक्ति असत्य, झुटो र राष्ट्रहितविपरीत: ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री बालेन शाहको संसद्मा दिएको अभिव्यक्तिप्रति कडा आपत्ति जनाएका छन्। एमालेको ‘सदस्यता न...

राष्ट्रपति सरकारको ‘रबरस्ट्याम्प’ बनेर जे मा पनि हस्ताक्षर गरे: ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपति रामचन्द्र पौडेलको भूमिकाप्रति गम्भीर आपत्ति जनाउँदै उहाँलाई सरकारको “रबरस्ट्याम्प” बनेको ...

चुनावी नतिजा पूर्वनिर्धारित थियो, अरु पार्टीहरूले साँच्चै चुनाव हुन्छ ठाने: ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हालै सम्पन्न चुनावको नतिजा पहिले नै निर्धारित रहेको आरोप लगाएका छन्। चुनावपछि पहिलोपटक सार्वजनिक सम्...

सरकार पूर्वाग्रहको पोको हो, सम्पत्ति छानबिन आयोग मान्दिन र बयान पनि दिन्न: ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारलाई “पूर्वाग्रहको पोको” भन्दै कडा आलोचना गरेका छन्। उनले सरकारले आफूहरू र पुराना राजनीत...

राष्ट्रिय सभामा आज पनि प्रधानमन्त्री शाहको सीमा सम्बन्धी अभिव्यक्तिको विरोध, बैठक अवरुद्ध

काठमाडौं । राष्ट्रिय सभामा आज पनि प्रधानमन्त्री बालेन शाहको नेपाल–भारत सीमा सम्बन्धी अभिव्यक्तिलाई लिएर विपक्षी दलहरूले विरोध जनाएका छन्। बैठक सुरु हु...

नागढुंगा सुरुङमार्गका लागि जापानबाट थप ५ अर्ब ५० करोड रुपैयाँ ऋण सहयोग

काठमाडौँ । नागढुंगा सुरुङमार्ग निर्माण आयोजनाका लागि जापान सरकारले थप ऋण सहयोग उपलब्ध गराउने भएको छ। आयोजनाको लागत बढेर बजेट अपुग भएपछि जापानले थप सहा...

समस्याग्रस्त २३ सहकारीका सञ्चालकको नाम सार्वजनिक, लुकाएको सम्पत्तिबारे सूचना दिन समितिको आग्रह

काठमाडौँ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले समस्याग्रस्त घोषित २३ वटा सहकारी संस्थाका सञ्चालकहरूले लुकाएको हुन सक्ने सम्पत्तिबारे सूचना उपलब्ध ग...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending