काठमाडौँ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले २०८३ सालको पात्रो (पञ्चाङ्ग) सार्वजनिक गरेको छ । समितिद्वारा प्रकाशित पात्रो अनुसार आगामी वर्षका प्रमुख चाडपर्वहरूको तिथि र मिति सार्वजनिक गरिएको हो ।
पात्रो अनुसार २०८३ साल वैशाख ४ गते शुक्रबार मातातीर्थ औँसी परेको छ । उक्त दिन आमाको मुख हेर्ने दिनका रूपमा मनाइन्छ । वैशाख ७ गते सोमबार अक्षय तृतीया परेको छ । यसै दिनदेखि त्रेतायुग सुरु भएको मान्यता छ । वैशाख १८ गते शुक्रबार गौतमबुद्ध जयन्ती, चण्डीपूर्णिमा तथा उभौली पर्व परेको छ ।
आषाढ ११ गते बिहीबार निर्जला एकादशी व्रत परेको छ । यस दिन तुलसीको दल राख्ने परम्परा छ ।
साउन १ गते श्रावण सङ्क्रान्ति (लुतो फाल्ने दिन) मनाइनेछ । साउन ९ गते हरिशयनी एकादशीका दिन तुलसीको बिरुवा रोपिन्छ र चतुर्मास व्रत सुरु हुन्छ । साउन १३ गते गुरुपूर्णिमा (व्यास जयन्ती) तथा साउन २८ गतेदेखि गुँला धर्म आरम्भ हुनेछ ।
भदौ १ गते नागपञ्चमी, १२ गते रक्षाबन्धन तथा जनैपूर्णिमा, १३ गते गाईजात्रा, १९ गते श्रीकृष्ण जन्माष्टमी व्रत, २६ गते कुशे औँसी (बुवाको मुख हेर्ने दिन), २९ गते हरितालिका तीज र ३० गते ऋषिपञ्चमी व्रत परेको छ ।
असोज १ गते विश्वकर्मा पूजा, ९ गते कुमारी इन्द्रजात्रा, ११ गतेदेखि सोह्रश्राद्ध सुरु भई असोज २४ गते औँसी श्राद्धपछि पितृ विसर्जन गरिनेछ ।
यस वर्षको बडा दसैँ असोज २५ गते घटस्थापनासँगै सुरु हुनेछ । असोज ३१ गते फूलपाती, कार्तिक १ गते महाअष्टमी, ३ गते महानवमी र ४ गते विजयादशमी ९टीका० परेको छ । कार्तिक ८ गते कोजाग्रत पूर्णिमासँगै दसैँ समापन हुनेछ ।
तिहार भने कार्तिक २० गतेदेखि सुरु हुनेछ । कार्तिक २२ गते लक्ष्मी पूजा, २४ गते गोवर्धन पूजा तथा म्ह पूजा र नेपाल संवत् ११४७ आरम्भ हुनेछ । कार्तिक २५ गते भाइटीका मनाइनेछ ।
मंसिर ४ गते हरिबोधनी एकादशी (तुलसी विवाह), २१ गते बालाचतुर्दशी तथा २८ गते विवाह पञ्चमी परेको छ ।
पुस ९ गते धान्यपूर्णिमा तथा उधौली पर्व, माघ १ गते माघे सङ्क्रान्ति (उत्तरायण आरम्भ), माघ ८ गतेदेखि श्रीस्वस्थानी व्रत सुरु हुनेछ । माघ २४ गते सोनाम ल्होसार तथा २८ गते वसन्त पञ्चमी (श्रीपञ्चमी) मनाइनेछ ।
फाल्गुन २२ गते महाशिवरात्रि, २५ गते ग्याल्पो ल्होसार, चैत्र ७ गते पहाडी जिल्लामा फागु पूर्णिमा र ८ गते तराईमा होली मनाइनेछ । चैत्र २३ गते घोडेजात्रा पर्व परेको छ ।
समितिका अनुसार सार्वजनिक गरिएको पात्रो अनुसार नै वर्षभरि धार्मिक तथा सांस्कृतिक चाडपर्व मनाइनेछन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण २९ गते, २०८३ - १३:४९
काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर समूहको राष्ट्रिय भेला काठमाडौंमा सुरु भएको छ। राष्ट्रिय भेला आयोजक समितिका संयोजक डा। शशांक कोइरालाको अध्यक्...
श्रावण २९ गते, २०८३ - १३:३२
काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीको १५औँ महाधिवेशन मंसिरअघि नै सम्पन्न गर्नुपर्ने बताएका छन्। उनले प्रतिकूल परिस्थितिका...
श्रावण २९ गते, २०८३ - १२:४४
हुम्ला । हुम्लामा प्रहरीले ५१ लाख रुपैयाँभन्दा बढी मूल्यको अवैध चिनियाँ मदिरा तथा बियर बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय हुम्लाका अनुसार नाम्खा...
श्रावण २९ गते, २०८३ - १२:१९
काठमाडौं । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएपछि नेकपा नेता खगराज भट्टले आफूले पाएको जिम्मेवारीसँगै चुनौतीको भारीसमेत महसुस गरेको बताएका छ...
श्रावण २९ गते, २०८३ - ११:५९
स्याङ्जा। स्याङ्जामा अविरल वर्षासँगै आएको बाढीले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले बिहीबार राति ग ११ प ८१८३...
श्रावण २९ गते, २०८३ - ११:२७
काठमाडौं । पत्रकार किशोर श्रेष्ठको पक्राउसम्बन्धी मुद्दामा सर्वोच्च अदालतले उनलाई बरामद गरिएका सामग्रीसहित सोमबार अदालतमा उपस्थित गराउन आदेश दिएको छ। ...
श्रावण २९ गते, २०८३ - ११:०८
जाजरकोट । जाजरकोटमा लगातारको वर्षापछि तासुघाट खोलामा आएको बाढीले ठूलो क्षति पुर्याएको छ। बाढीले नलगाड नगरपालिका–१० रोलीमा घर तथा टहरा बगाउनुका साथै झ...
श्रावण २९ गते, २०८३ - १०:५३
काठमाडौँ । इमेलमा अश्लील सन्देश पठाई महिलाको चरित्र हत्या गर्ने नुवाकोटका ३४ वर्षीय सुरेन्द्रप्रसाद खनाल गत असार २६ गते पक्राउ परे । सामाजिक सञ्जा...
श्रावण २८ गते, २०८३ - १७:२९
काठमाडौँ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय मातहतको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौँस्थित 'होटल रेडिसन'मा अनुगमन गर्...
श्रावण २८ गते, २०८३ - १७:२३
रोल्पा। रोल्पाको थबाङमा अविरल वर्षासँगै आएको पहिरोले घर तथा गोठ पुर्दा मृत्यु हुनेको सङ्ख्या पाँच पुगेको छ। दुर्घटनामा परि दुई जना घाइते भएका छन् भने ...



प्रतिकृया लेख्नुहोस्: