सर्लाही। नेपाली कम्युनिस्ट पार्टीकी नेतृ आरती लामाले निर्वाचनको सन्दर्भमा जनतामाझ भ्रम फैलाउने प्रयास भइरहेको उल्लेख गर्दै त्यसलाई तथ्यका आधारमा खण्डन गर्दै अघि बढ्नुपर्ने बताएकी छन्।
सर्लाहीमा आयोजित कार्यक्रममा बोल्दै लामाले क्रान्तिकारी इतिहासको उदाहरण दिँदै चे ग्वेभाराको जीवनयात्रा स्मरण गरिन्। “चे ग्वेभारा अर्जेन्टिनामा जन्मिएर क्युबामा क्रान्ति गरेर बोलिभियामा बलिदान भए। त्यो इतिहास हामीले पढेका छौँ, बुझेका छौँ,” उनले भनिन्।
त्यसै सन्दर्भमा उनले नेकपाका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठको राजनीतिक जीवन देश, समाज र परिवर्तनका लागि समर्पित रहेको उल्लेख गरिन्। “उहाँ गोरखामा जन्मिए पनि देशका हरेक कुनामा पुगेर योगदान दिनुभएको छ। आज उहाँ सर्लाही निर्वाचन क्षेत्र नम्बर ३ मा आइपुग्नुभएको छ,” उनले भनिन्।
लामाले गौतम बुद्धको भनाइ “अप्प दीपो भव” उद्धृत गर्दै नागरिकले अरूको कुरा मात्रै होइन, स्वयं बुझेर र विश्लेषण गरेर निर्णय गर्नुपर्नेमा जोड दिइन्।
उनले नेकपा परिवर्तनको प्रवाहलाई बुझ्ने र नेतृत्व गर्ने पार्टी भएको दाबी गर्दै भदौ २३–२४ को जनआन्दोलनलाई आत्मसात् गरेर अघि बढाउन नेतृत्वले भूमिका खेलेको उल्लेख गरिन्।
युवाको सहभागिताबारे बोल्दै उनले पार्टीले ४० वर्षमुनिका युवालाई नेतृत्वमा ल्याएको र विभिन्न क्षेत्रमा युवा उम्मेदवार अघि सारेको बताइन्। “कमरेड नारायणकाजी श्रेष्ठ गृहमन्त्री हुँदा उहाँको सचिवालयमा रहेका विजय गौतम आज मकवानपुरबाट उम्मेदवार हुनुहुन्छ,” उनले उदाहरण दिइन्।
लामाले जातीय तथा क्षेत्रीय भावनामा खेल्ने प्रयासलाई “गलत सेंटिमेन्ट” भन्दै त्यसबाट सचेत रहन आग्रह गरिन्। मधेशलाई भोट बैंकको रूपमा प्रयोग गर्ने र सामाजिक सञ्जालमा गालीगलौज तथा अपमानलाई राजनीतिक हतियार बनाउने प्रवृत्तिको पनि उनले आलोचना गरिन्।
सभ्य, संस्कारयुक्त र सबैलाई सम्मान गर्ने राजनीतिक संस्कृतिको पक्षमा पार्टी रहेको उल्लेख गर्दै उनले युवालाई तथ्य, विचार र सिद्धान्तसहित जनतामाझ जान आग्रह गरिन्।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र १४ गते, २०८२ - २०:३२
काठमाडौं । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र रमेश लेखकलाई पक्राउ गरेपछि देशभर उच्च सुरक्षा सतर्कता अपनाइएको छ। नेपाल प्रहरी र सशस्त्र प्रहरी प्रधान ...
चैत्र १४ गते, २०८२ - २०:३०
काठमाडौं। काठमाडौंको ढुङ्गेअड्डामा बसको ठक्करबाट आज मोटरसाइकल चालकको मृत्यु भएको छ। चन्द्रागिरी नगरपालिका–१५ ढुङ्गेअड्डास्थित सडकमा लु प्र ०१–००१ ख...
चैत्र १४ गते, २०८२ - २०:२४
काठमाडौं । सुरक्षा जोखिम हेरेर सरकारले जेनजी आन्दोलनका घटनाको छानबिन गर्न बनेको जाँचबुझ आयोगका अध्यक्ष गौरीबहादुर कार्कीलाई नेपाली सेनाको ब्यारेकमा रा...
चैत्र १४ गते, २०८२ - २०:१९
काठमाडौं । राजनीतिक विश्लेषक हर्क साम्पाङले २४ फागुनमा सिंहदरबार, सर्वोच्च न्यायालय र संसद भवनमा भएको आगजनीका घटनाका लागि मात्र व्यक्तिगत नेताहरूमा का...
चैत्र १४ गते, २०८२ - १९:४०
काठमाडौँ । बालेन्द्र शाह नेतृत्वको सरकारले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गरेपछि नेपाल विद्यार्थी संघ (नेव...
चैत्र १४ गते, २०८२ - १९:३६
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले नवनियुक्त प्रधानमन्त्री बालेन (बालेन्द्र) साहलाई बधाई तथा शुभकामना व्यक्त गरेको छ। फागुन २१ गते सम्पन...
चैत्र १४ गते, २०८२ - १९:३३
सुर्खेत। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई सरकारले पक्राउ गरेको विरोधमा कर्णालीका विभिन्न जिल्लामा एमालेले प्रदर्शन गरेको...
चैत्र १४ गते, २०८२ - १९:१९
म्याग्दी । ‘म त लालीगुराँस भएछु, वनैभरि फुलिदिन्छु, मनैभरि फुलिदिन्छु’ स्वर सम्राट नारायणगोपालको यो गीतको शब्दझैँ म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ म...
चैत्र १४ गते, २०८२ - १९:१७
हेटाैँडा । लामो समयदेखि बन्द रहेको हेटौँडा सिमेन्ट उद्योगले क्लिङ्कर उत्पादन सुरु गरेको छ । गत भदौ २४ गतेदेखि बन्द रहेको हेटौँडा सिमेन्ट उद्योगले क्लि...
चैत्र १४ गते, २०८२ - १९:११
काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले जनताले तत्काल अनुभूति गर्ने गरी काम गर्न कर्मचारीलाई निर्देशन दिएका छन् । शनिबार...



प्रतिकृया लेख्नुहोस्: