काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा मंगलबार १०.२५ अंकको गिरावट आएको छ। साताको तेस्रो कारोबार दिन बजार ०.३८ प्रतिशतले ओरालो लागेर २ हजार ६ सय ६२ दशमलव १४ विन्दुमा बन्द भएको छ।
आज बजार खुलेदेखि नै उतारचढावपूर्ण रह्यो, तर अन्त्यमा गिरावटसहित बन्द भएको हो। कुल ३२४ कम्पनीका २ करोड १७ लाख १५ हजार ८६८ कित्ता सेयर खरिद–बिक्री भएको छ, जसको कारोबार रकम ८ अर्ब ६१ करोड ६४ लाख १० हजार रुपैयाँ पुगेको छ।
बजारमा रहेका १३ वटा उपसमूहमध्ये व्यापार र म्युचुअल फन्ड बाहेक सबै उपसमूहको सूचक घटेको छ। व्यापार उपसमूह ०.५२ प्रतिशत र म्युचुअल फन्ड ०.१९ प्रतिशतले बढ्दा, विकास बैंक उपसमूह सबैभन्दा बढी १.१५ प्रतिशतले घटेको छ।
कम्पनीगत आधारमा आज ७४ कम्पनीको सेयर मूल्य बढेको छ भने १७९ कम्पनीको घटेको छ। सर्वाधिक नाफा कालिञ्चोक दर्शन लिमिटेडका लगानीकर्ताले ६.३६ प्रतिशत कमाएका छन् भने सर्वाधिक गुमाउने कर्पोरेट डेभलपमेन्ट बैंकको सेयर मूल्य ५.२४ प्रतिशतले घटेको छ।
कारोबार रकमका आधारमा अपि पावर कम्पनी ४५ करोड २८ लाख रुपैयाँभन्दा बढीको कारोबारसहित शीर्ष स्थानमा रहेको छ। त्यस्तै अरुण काबेली पावर, रिडी पावर र युनियन हाइड्रोपावरको पनि उल्लेख्य कारोबार भएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण ६ गते, २०८३ - १६:०९
काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशशरण महतले पार्टी सभापति गगन थापामाथि पार्टी सञ्चालन शैलीलाई लिएर आलोचना गरेका छन्। बीपी कोइरालाको ४४औँ स्मृ...
श्रावण ६ गते, २०८३ - १६:०६
काठमाडौँ। अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको तीन प्रतिशत समता शुल्क खारेज गर्ने निर्णय गरेको छन्। प्रधानमन्त्री...
श्रावण ६ गते, २०८३ - १६:०४
काठमाडौं । नेपाली कांग्रेसका सांसद अभिषेकप्रताप शाहलाई पक्राउ नगर्न सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ। बुधबार न्यायाधीश अब्दुल अ...
श्रावण ६ गते, २०८३ - १६:०१
काठमाडौं। सूचना तथा सञ्चारमन्त्री डा.विक्रम तिमिल्सिनाले मन्त्रालय र मातहतका निकायमा जिम्मेवार, उत्तरदायी र नतिजामुखी कार्यसंस्कृति विकास गर्दै प्रशास...
श्रावण ६ गते, २०८३ - १५:५९
काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र शाहले हस्तकला व्यवसायसम्बन्धी नीति निर्माण, हस्तकला व्यवसायको संरक्षण, रोजगारी सिर्जना र हस्तकलाको पुस्तान्तरण गर्ने...
श्रावण ६ गते, २०८३ - १५:५३
रानी। मोरङको उर्लाबारीस्थित सुनझोडा सामुदायिक वनबाट प्रहरीले भरुवा बन्दुक र त्यसमा प्रयोग हुने विस्फोटक पदार्थ बरामद गरेको छ। चोरी(सिकार भइरहेको वि...
श्रावण ६ गते, २०८३ - १४:४४
काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर समूहले बुधबार वीपी स्मृति दिवसको अवसरमा आयोजना गरेको स्मृति सभा कार्यक्रम तीन शीर्ष नेताले संयुक्त रूपमा उद्...
श्रावण ६ गते, २०८३ - १४:३३
काठमाडौँ। त्रिभुवन विश्वविद्यालय शिक्षण (टिचिङ) अस्पतालले बिहीबार त्रिभुवन विश्वविद्यालय दिवसको अवसरमा अस्पताल बिहानको समय (आधा दिन) मात्र सञ्चालन हुन...
श्रावण ६ गते, २०८३ - १४:२९
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक सैनिक अधिकृत भ्रष्टाचार तथा सम्पत्ति शुद्धीकरणसँग सम्बन्धित गतिविधिमा संलग्न रहेको आशंकामा आवश्यक अनु...
श्रावण ६ गते, २०८३ - १४:२०
काठमाडौं । सुर्खेतको गुर्भाकोट नगरपालिका–१३ सेराघारीमा फोर्स गाडी दुर्घटना हुँदा १९ जना घाइते भएका छन्। प्रहरीका अनुसार सिम्ता गाउँपालिकाबाट गुमीतर...



प्रतिकृया लेख्नुहोस्: