मुस्ताङ। मुस्ताङको घरपझोङ गाउँपालिका–१ चिमाङमा उद्धार गरिएको हिमाली कालो भालुको बच्चालाई छोडिएको छ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना ९एक्याप० इलाका कार्यालय जोमसोमको टोलीले स्थानीयवासीको सूचनाको आधारमा उद्धार गरी स्वास्थ्य परीक्षण, आहारा खुवाएर चिमाङको प्राकृतिक वासस्थानमा छोडिएको हो ।
आहाराको खोजीमा बस्तीभित्र छिरेको अन्दाजी ८ महिनाको पोथी बच्चालाई गाउँ आसपासमा धेरै भालु भेटिएको स्थानमा छोडिएको एक्याप जोमसोमका प्रमुख राजेश गुप्ताले बताए।
प्रमुख गुप्ताले भने, ‘‘माउबाट छुटिएपछि आहाराको खोजीमा बस्तीमा प्रवेश गरेको देखिन्छ, स्थानीयको सूचनाका कारण कुनै चोटपटक छैन ।’’यो समयमा आमाको दुध छोडेपछि आहाराको खोजीमा खोज्दै हिँड्ने भएकाले बस्ती क्षेत्रमा भेटिन सक्ने प्रमुख गुप्ताको भनाइ छ । चिमाङ गाउँका संजोग थकालीको घरछेउमा रहेको स्याउ स्टोरको स्याउ खाइरहेको अवस्थामा भेटिएको थियो ।
खेतबारीमा भालुले प्रयोग गर्ने कृषिउपजको उत्पादन नहुने भएकाले जङ्गलमा भएको निगालोको टुसा लगायत अन्य आहारा नपाएपछि बस्तीमा प्रवेशको जोखिम हुन्छ।उद्धार गरिएको पोथी भालु आफैं आहाराको खोजी गरी बाच्न सक्ने अवस्थामा देखिएकाले बासस्थानमा छोडिएको एक्यापले जनाएको छ । एउटा स्थानबाट उद्धार गरिएको भालुलाई अर्को स्थानमा छोड्दा समस्या हुन्छ । हिमाली कालो भालुको समुद्री सहतको दुई हजारदेखि चार हजारभन्दा माथिको उचाइमा बासस्थान हुन्छ ।
यस गाउँमा खेतीयोग्य जमिनमा भालुको आतङ्क रोक्न तीन किलोमिटरमा करिब ५ सय रोपनी क्षेत्रफलमा विद्युतीय तारबार गरिएको भए पनि समय–समयमा सर्ट हुँदा जङ्गली जनावर खेतबारी तथा बस्तीमा प्रवेश गर्ने संरक्षण क्षेत्र व्यवस्थापन समिति टुकुचेअन्तर्गत वन व्यवस्थापन उपसमिति चिमाङका सचिव बिबेक विकले बताए । भालुको आतङ्क रोक्न खेतबारीमै कुरुवा राख्न समेत एक्यापले स्थानीयलाई सहयोग गर्ने गरेको छ । मुस्ताङको घरपझोङ र थासाङ गाउँपालिकामा हिमाली कालो भालुको आतङ्कबाट स्थानीय कृषक हैरानीमा छन् । एक्यापले कालो भालुपीडित किसान घरधुरीलाई क्षति राहत समेत दिने गरेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ १४ गते, २०८३ - १७:५९
काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टीका सांसद वर्षमान पुनले सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सङ्घीयताका सन्दर्भमा अघि सारेको पछिल्लो प्...
आषाढ़ १४ गते, २०८३ - १७:२७
काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले हतारोमा पार्टी एकता गर्ने र फुर्सदमा फेरि विभाजन भएर रोएर बस्ने दिन नआ...
आषाढ़ १४ गते, २०८३ - १७:१५
काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देशविरुद्ध प्रतिक्रियावादी शक्तिहरू सक्रिय भएको दाबी गर्दै त्यस्ता शक्तिला...
आषाढ़ १४ गते, २०८३ - १६:५६
काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफूहरूविरुद्ध फैलाइएका आरोप र आलोचनालाई अस्वीकार गर्दै देश बर्बाद पारिएको भन्ने धारणा गलत भएको बता...
आषाढ़ १४ गते, २०८३ - १६:४७
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले आफूलाई विभिन्न कोणबाट व्याख्या गरिने गरेको भन्दै त्यसप्रति असन्तुष्टि व्...
आषाढ़ १४ गते, २०८३ - १६:३२
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्ड ले वामपन्थी तथा देशभक्त शक्तिहरूबीच सहकार्यमा ढिलाइ गर्नु ठूलो गल्ती हुने...
आषाढ़ १४ गते, २०८३ - १५:५१
काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा (नेपाली कम्युनिस्ट पार्टी)का सहसंयोजक माधवकुमार नेपालले कम्युनिस्ट आन्दोलनका कमजोरीहरूको गम्भीर आत्मसमीक्षा गर...
आषाढ़ १४ गते, २०८३ - १५:३४
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले प्रमुख दुई कम्युनिस्ट शक्ति एक भएको भए निर्वाचनमा वामपन्थीले करि...
आषाढ़ १४ गते, २०८३ - १५:१७
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले जननेता मदन भण्डारीको हत्याबारे सत्य तथ्य पत्ता लगाउन नसक्नु आफ्न...
आषाढ़ १४ गते, २०८३ - १४:५६
काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले पेट्रोलियम पदार्थको मूल्य केही समयभित्र घट्ने बताएका छन्। प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले मध्यपूर्वमा द...



प्रतिकृया लेख्नुहोस्: