दमक। नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो निर्वाचन क्षेत्र झापा–५ मा मतदाता तथा स्थानीय जनताका कुरा सुन्न घरआँगनमा पुगेको छ ।
एमालेले पार्टीका तर्फबाट स्थानीय क्षेत्रको प्रतिबद्धतापत्र तथा घोषणापत्र बनाउनुअघि स्थानीयको आवाज सुन्न आफू घरदैलोमा आएको ओलीले बताएको छन् । शनिबार झापाको कमल गाउँपालिकाका एक दर्जनभन्दा बढी स्थानीय चोक तथा बजारमा पुगेर ओलीले स्थानीयका माग सुनेको हो ।
“म आज मेरा कुरा सुनाउन भन्दा कुरा सुन्न आएको हुँ,” कमल गाउँपालिकाको क्याम्पामा स्वागतका लागि बसेका स्थानीयलाई सम्बोधन गर्दै उनले भने, “सबैका भावना र माग समेटेर हामी मुलुकलाई समृद्ध बनाउने अभियानमा जुटेका छौँ ।” उनले यस क्षेत्रको विकासमा आफूले कहिल्यै कञ्जुस्याइँ नगरेको समेत स्पष्ट पारे।
आफूलाई आफ्नो निर्वाचन क्षेत्रमा बारम्बार आउन मन भए पनि राष्ट्रिय राजनीति र मुलुकलाई सही दिशा निर्देश गर्न केन्द्रमा रहनुपर्ने बाध्यताले बाक्लो उपस्थिति जनाउन नसकेको उनले बताए। उनले भने, “यहाँका समस्या र विकासप्रतिको चाहना मैले राम्ररी बुझेको छु ।”
कसैको भ्रम र डरमा नपरी देश बनाउने पक्षमा खुलेर आउन उनले मतदातालाई आग्रह गरे। “अब देशलाई समृद्ध बनाउने सपना साकार पार्न यहाँहरूको योगदान जरुरी छ,” मतदातासँग उनले भने । यस क्षेत्रका जनताले गरेको विश्वासकै कारण आफूले मुलुकको नेतृत्व गर्दा धेरै काम गरेको र कसैको शिर झुकाउने काम नगरेको उनले दाबी गरे।
“यहाँ विकास भएन भने यहाँ केही विकास नै भएन भन्छन्, विकास भयो भने यहाँ मात्रै विकास भएर हुन्छ र भन्छन् ! नकारात्मक सोच भएकाहरूले जे गर्दा पनि विरोध मात्रै गर्ने गरेका छन्,” उनले भने।
एमाले झापा क्षेत्र नं। ५ निर्वाचन परिचालन समितिका संयोजक देवेन्द्र दाहालका अनुसार ओलीले आफ्नो निर्वाचन क्षेत्रका नागरिकसँग घरदैलोमा गएर समस्या सुन्ने र सुझाव लिने कार्य केही दिन जारी रहनेछ । स्थानीयले आफ्ना कुरा प्रष्टसँग राख्न सक्ने वातावरण बनाइएको उनले जानकारी दिए।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र १२ गते, २०८२ - १७:२९
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)लाई प्रतिनिधिसभा संसदीय दलको नेतामा चयन गर्ने निर्णय गरेको छ। आज...
चैत्र १२ गते, २०८२ - १७:१८
काठमाडौँ । सांसदको शपथ लिएलगत्तै प्रस्तावित प्रधानमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) सर्वोच्च अदालत ...
चैत्र १२ गते, २०८२ - १७:०५
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समितिबाट संसदीय दल गठनसम्बन्धी प्रस्ताव सर्वसम्मत रूपमा पारित भएको छ। जारी केन्द्रीय सम...
चैत्र १२ गते, २०८२ - १६:५४
उर्लाबारी। टिप्परको ठक्करबाट मोरङको कानेपोखरी-७ मा एकजनाको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय पथरीका प्रहरी निरीक्षक डम्बर विश्वकर्माका अनुसार ब...
चैत्र १२ गते, २०८२ - १६:५४
उर्लाबारी। टिप्परको ठक्करबाट मोरङको कानेपोखरी-७ मा एकजनाको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय पथरीका प्रहरी निरीक्षक डम्बर विश्वकर्माका अनुसार ब...
चैत्र १२ गते, २०८२ - १६:४८
इथियोपिया। जिबुतीको तटमा आप्रवासी बोकेको डुङ्गा पल्टिएर दुर्घटनाग्रस्त भए पछि कम्तिमा नौ जना आप्रवासीको मृत्यु हुनुका साथै अन्य ४५ जना बेपत्ता भएको आप...
चैत्र १२ गते, २०८२ - १६:३२
काठमाडौँ। मकवानपुरको हेटौँडा उपमहानगरपालिकास्थित यातायात व्यवस्था कर्याालयमा कार्यरत अधिकृत (छैटौं) अमृत भेटुवालसहित दुई जनाविरुद्ध भ्रष्टाचार मुद्दा ...
चैत्र १२ गते, २०८२ - १६:१८
काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सांसदहरूलाई संसद्मा पार्टीका आधिकारिक विचार मात्रै राख्न निर्देशन दिएका छन्। बिहीबार पार्टी केन...
चैत्र १२ गते, २०८२ - १६:०७
काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले हालै सम्पन्न निर्वाचनको परिणाम ‘जादुमय’ देखिएको टिप्पणी गरेका छन्। बिहीबार नवनिर्वाचित प्रतिनिध...
चैत्र १२ गते, २०८२ - १४:३६
काठमाडौँ । प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूले आज सिंहदरबारस्थित संसद्को अस्थायी भवनमा आयोजित सभामा पद तथा गोपनीयताको शपथ लिएका छन्। प्रतिनिधिसभा...



प्रतिकृया लेख्नुहोस्: