Khabar Dabali २० जेष्ठ २०८३ बुधबार | 3rd June, 2026 Wed
Investment bank

शीतलहर र हुस्सुले नेपालगन्जको हवाई उडान अवरुद्ध

खबरडबली संवाददाता

नेपालगन्ज। केही दिनयता  पुन: सुरु भएको शीतलहर तथा हुस्सुका कारण भिजिबिलिटी कम हुँदा नेपालगन्जबाट हुँदै आएका हवाई उडान प्रभावित भएका छन् ।

शनिबार बिहानैदेखि लागेको हुस्सु र कुहिरोका कारण भिजिबिलिटी नपुग्दा दिउँसो २स्३० बजेसम्म कुनै पनि हवाई उडान हुन नसकेको नेपाल नागरिक उड्डयन प्राधिकरण, नेपालगन्जले जनाएको छ ।

नेपालगन्ज विमानस्थलको टावरका अनुसार जहाज उडाउन ९टेक अफ० एक हजार र अवतरण ९ल्यान्डिङ० का लागि एक हजार ६०० मिटर भिजिबिलिटी आवश्यक पर्छ । शनिबार बिहानैदेखि भिजिबिलिटी निकै कम भएकाले दिउँसो साढे दुई बजेसम्म उडान ठप्प भएको हो ।

आवश्यक भिजिबिलिटी पुगेपछि विमानस्थल खुलेको र त्यसपछि मात्र उडान सुरु हुने टावरले जनाएको छ । बिहानैदेखि उडान नहुँदा सयौँ यात्रु विमानस्थलमा उडानको प्रतीक्षामा रहेको विभिन्न एयरलाइन्सले जनाएका छन् ।

शनिबार काठमाडौँबाट बिहान ८:४५ बजे बुद्ध एयरले पहिलो उडान गर्ने समयतालिका रहे पनि दिउँसो २:४५ बजेसम्म उडान हुन नसकेको बुद्ध एयर नेपालगन्जका प्रमुख विनीत शाहले  जानकारी दिए। उनले मौसमका कारण नेपालगन्ज र काठमाडौँ दुवै विमानस्थलमा यात्रु अलपत्र परेको जानकारी दिए।

केही दिनदेखि नेपालगन्जको मौसम प्रतिकूल हुँदा बिहान काठमाडौँ र पहाडी जिल्लामा हुने उडान प्रभावित हुँदै आएका छन् । नेपालगन्जबाट काठमाडौँका लागि श्री एयरलाइन्सले चार, बुद्ध एयरले चार र यति एयरलाइन्सले दुईवटा नियमित उडान दैनिक गर्दै आएका छन् भने पहाडी र हिमाली जिल्लामा यहाँबाट उडान हुने गर्छ ।

केही दिनदेखि हवाई उडान समयमा नहुँदा नेपालगन्ज विमानस्थलबाट काठमाडौँ र पहाडी जिल्लाको यात्रा गर्न टिकट लिएका यात्रुले समस्या झेल्नुपरेको आरएस ट्राभल्सका सञ्चालक रवि गिरीले बताए ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सीमा समस्या समाधानका लागि कूटनीतिक प्रयास गर्न राष्ट्रियसभा सदस्यहरूको सुझाव

काठमाडौं । राष्ट्रियसभा सदस्यहरूले नेपाल–भारत सीमा समस्या समाधानका लागि कूटनीतिक प्रयासलाई प्राथमिकता दिनुपर्ने बताएका छन्। राष्ट्रियसभाको बुधबारको...

नेपालसँग साझा समृद्धि र उज्ज्वल भविष्यका लागि नजिकबाट सहकार्य गर्न भारत तयार: मोदी

काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालसँग साझा समृद्धि र उज्ज्वल भविष्यका लागि नजिकबाट सहकार्य गर्न भारत तयार रहेको बताएका छन्। भारत...

रवि लामिछाने र भारतीय प्रधानमन्त्री मोदीबीच भेटवार्ता

काठमाडौं । भारत भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने ले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सँग नयाँदिल्लीमा भेटवा...

प्रधानमन्त्रीको अभिव्यक्ति असत्य, झुटो र राष्ट्रहितविपरीत: ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री बालेन शाहको संसद्मा दिएको अभिव्यक्तिप्रति कडा आपत्ति जनाएका छन्। एमालेको ‘सदस्यता न...

राष्ट्रपति सरकारको ‘रबरस्ट्याम्प’ बनेर जे मा पनि हस्ताक्षर गरे: ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपति रामचन्द्र पौडेलको भूमिकाप्रति गम्भीर आपत्ति जनाउँदै उहाँलाई सरकारको “रबरस्ट्याम्प” बनेको ...

चुनावी नतिजा पूर्वनिर्धारित थियो, अरु पार्टीहरूले साँच्चै चुनाव हुन्छ ठाने: ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हालै सम्पन्न चुनावको नतिजा पहिले नै निर्धारित रहेको आरोप लगाएका छन्। चुनावपछि पहिलोपटक सार्वजनिक सम्...

सरकार पूर्वाग्रहको पोको हो, सम्पत्ति छानबिन आयोग मान्दिन र बयान पनि दिन्न: ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारलाई “पूर्वाग्रहको पोको” भन्दै कडा आलोचना गरेका छन्। उनले सरकारले आफूहरू र पुराना राजनीत...

राष्ट्रिय सभामा आज पनि प्रधानमन्त्री शाहको सीमा सम्बन्धी अभिव्यक्तिको विरोध, बैठक अवरुद्ध

काठमाडौं । राष्ट्रिय सभामा आज पनि प्रधानमन्त्री बालेन शाहको नेपाल–भारत सीमा सम्बन्धी अभिव्यक्तिलाई लिएर विपक्षी दलहरूले विरोध जनाएका छन्। बैठक सुरु हु...

नागढुंगा सुरुङमार्गका लागि जापानबाट थप ५ अर्ब ५० करोड रुपैयाँ ऋण सहयोग

काठमाडौँ । नागढुंगा सुरुङमार्ग निर्माण आयोजनाका लागि जापान सरकारले थप ऋण सहयोग उपलब्ध गराउने भएको छ। आयोजनाको लागत बढेर बजेट अपुग भएपछि जापानले थप सहा...

समस्याग्रस्त २३ सहकारीका सञ्चालकको नाम सार्वजनिक, लुकाएको सम्पत्तिबारे सूचना दिन समितिको आग्रह

काठमाडौँ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले समस्याग्रस्त घोषित २३ वटा सहकारी संस्थाका सञ्चालकहरूले लुकाएको हुन सक्ने सम्पत्तिबारे सूचना उपलब्ध ग...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending