काठमाडौँ । निर्वाचन आचारसंहिता, २०८२ लागू भएको १० दिनमै निर्वाचन आयोगले राजनीतिक दल, उम्मेदवार, सरकारी निकाय र सामाजिक संस्थालाई गरी २१ स्पष्टीकरण मागेको छ। माघ ४ गते राति १२ बजेदेखि माघ १५ गतेसम्म सो स्पष्टीकरण मागिएको सहायक प्रवक्ता सीता पुन श्रीसले जानकारी दिईन् । तर अहिलेसम्म केवल आठजवाफ मात्र प्राप्त भएको छ।
काठमाडौँ–४ बाट राप्रपा उम्मेदवार डा. सुरेन्द्र भण्डारी र कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई माघ ७ गते स्पष्टीकरण सोधिएको थियो। तीन दिनभित्र जवाफ पेस गर्न पत्राचार गरिए पनि भण्डारीको जवाफ अहिलेसम्म आएको छैन, भने कार्कीको जवाफ आयोगमा प्राप्त भएको छ।
भण्डारीलाई आचारसंहिता, २०८२, दफा ४ (ख) अनुसार ज्येष्ठ नागरिक, महिला, यौनिक तथा लैङ्गिक अल्पसंख्यक र अपाङ्गता भएका व्यक्तिको भावनामा आँच पुग्ने वा चरित्र हत्या हुनेगरी प्रचार नगर्न स्पष्टीकरण मागिएको थियो।
कार्कीलाई दफा ५ (क) अनुसार सरकारी पदाधिकारीको रूपमा कुनै उम्मेदवार वा दलको पक्ष वा विपक्षमा प्रचार नगर्न निर्देशन गरिएको थियो।
दोलखा–१ का रास्वपा उम्मेदवार जगदीश खरेल र नेकपाका शक्तिबहादुर बस्नेत लगायतलाई पनि दफा १३ को उपदफा अनुसार जुलुस, आमसभा, कोणसभा वा प्रचारसम्बन्धी गतिविधि गर्दा पालन गर्नुपर्ने नियमको उल्लङ्घन भए/नभएको स्पष्टीकरण मागिएको छ।
यसैगरी, अखिल नेपाल फुटबल संघ (एन्फा), राष्ट्रिय खेलकुद परिषद्, नेपाल स्वास्थ्य स्वयंसेवक संघ, पूर्वाञ्चल विश्वविद्यालय, विद्यालय शिक्षक देवीराम आचार्य, गुठी संस्थान लगायत विभिन्न संघ–संस्था र निकायहरूलाई पनि लिखित जवाफ पेश गर्न निर्देशन दिइएको छ। तर अधिकांश निकायले अहिलेसम्म जवाफ पेस गरेको छैन।
श्रम संस्कृति पार्टीले बालबालिकालाई टिसर्ट लगाएर चुनावी प्रचारमा प्रयोग गरेको, जनसेवा पार्टीका उम्मेदवारले सामाजिक सञ्जालमा विवादास्पद सामग्री फैलाएको, रास्वपा उम्मेदवारले बहसमा प्रतिक्रियात्मक पोस्ट राखेको उजुरी आइसकेको छ।
आयोगले जवाफ पेस भएकालाई पनि अध्ययन गरिरहेको छ र चित्तबुझ्दो छ/छैन भन्ने निर्णय लिन बाँकी छ। सहायक प्रवक्ता श्रीसका अनुसार, निर्वाचन आयोग कडा निगरानीमा रहेको र नियम उल्लंघन गर्नेलाई आवश्यक कारबाही गर्ने तयारीमा रहेको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ १६ गते, २०८२ - २२:१६
भक्तपुर – भक्तपुरमा स्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा करिब ३५ लाख ८० हजार रुपैयाँ बराबरको सामग्री नष्ट भएको छ। आगलागीले उद्योगसँगै आसपासका पसल र ...
माघ १६ गते, २०८२ - २२:१५
काठमाडौँ । नेपाली कांग्रेसको भ्रातृ संगठन ‘नेपाल विद्यार्थी संघ’ (नेविसंघ)का ८ पूर्वअध्यक्ष आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा प्रत्यक्ष...
माघ १६ गते, २०८२ - २१:५२
खोटाङ । आगामी फागुन २१ मा खोटाङमा प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि विभिन्न दलबाट नयाँ उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन्। यसपटक उम्मेदवारहरूले ...
माघ १६ गते, २०८२ - २१:४२
काठमाडौं । नेपाली कांग्रेस मधेश प्रदेश कार्यसमितिले आगामी फागुन ७ गते जनकपुरमा बैठक बोलाएको छ। मधेश प्रदेश प्रचार विभाग प्रमुख नितिशकुमा गुप्ताले बैठक...
माघ १६ गते, २०८२ - २१:२९
काठमाडौं । सरकारले नेपाल प्रहरीका लागि रासन स्केल र रासनबापतको दैनिक रकम वृद्धि गर्ने निर्णय गरेको छ। यो निर्णय मन्त्रिपरिषद्को आजको बैठकमा अनुमोदन भए...
माघ १६ गते, २०८२ - २१:२७
ललितपुर । प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा बागमती प्रदेशको राजनीति निर्णायक मोडमा पुगेको छ। परम्परागत रूपमा सत्ताको केन्द्र मानिँदै आएको बागमतीमा...
माघ १६ गते, २०८२ - २१:१३
काठमाडौँ । निर्वाचन आचारसंहिता, २०८२ लागू भएको १० दिनमै निर्वाचन आयोगले राजनीतिक दल, उम्मेदवार, सरकारी निकाय र सामाजिक संस्थालाई गरी २१ स्पष्टीकरण माग...
माघ १६ गते, २०८२ - २१:०१
काठमाडौं । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै जिल्ला प्रहरी परिसर काठमाडौंले कुकुरसहितको संयुक्त गस्ती सुरु गरेको छ। निर्वाचनलाई शान्ति...
माघ १६ गते, २०८२ - २०:५९
ब्रसेल्स । डेनमार्कका विदेशमन्त्री लार्स लोके रास्मुसनले ग्रीनल्यान्ड विषयमा संयुक्त राज्य अमेरिकासँग प्राविधिक तहको वार्ता सुरु भएपछि आफू अझ आशावादी...
माघ १६ गते, २०८२ - २०:५६
बर्दिया । बारबर्दिया नगरपालिकाअन्तर्गत भवन तथा बस्ती विकास शाखामा कार्यरत एक इन्जिनियर घुस रकम लिँदै गरेको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको...




प्रतिकृया लेख्नुहोस्: