Khabar Dabali ५ चैत्र २०८२ बिहीबार | 19th March, 2026 Thu
Investment bank

निर्वाचन आयोगको कडा निगरानी: १० दिनमा २१ स्पष्टीकरण, अधिकांश जवाफ बाँकी

खबरडबली संवाददाता

काठमाडौँ । निर्वाचन आचारसंहिता, २०८२ लागू भएको १० दिनमै निर्वाचन आयोगले राजनीतिक दल, उम्मेदवार, सरकारी निकाय र सामाजिक संस्थालाई गरी २१ स्पष्टीकरण मागेको छ। माघ ४ गते राति १२ बजेदेखि माघ १५ गतेसम्म सो स्पष्टीकरण मागिएको सहायक प्रवक्ता सीता पुन श्रीसले  जानकारी दिईन् । तर अहिलेसम्म केवल आठजवाफ मात्र प्राप्त भएको छ।

काठमाडौँ–४ बाट राप्रपा उम्मेदवार डा. सुरेन्द्र भण्डारी र कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई माघ ७ गते स्पष्टीकरण सोधिएको थियो। तीन दिनभित्र जवाफ पेस गर्न पत्राचार गरिए पनि भण्डारीको जवाफ अहिलेसम्म आएको छैन, भने कार्कीको जवाफ आयोगमा प्राप्त भएको छ।

भण्डारीलाई आचारसंहिता, २०८२, दफा ४ (ख) अनुसार ज्येष्ठ नागरिक, महिला, यौनिक तथा लैङ्गिक अल्पसंख्यक र अपाङ्गता भएका व्यक्तिको भावनामा आँच पुग्ने वा चरित्र हत्या हुनेगरी प्रचार नगर्न स्पष्टीकरण मागिएको थियो।

कार्कीलाई दफा ५ (क) अनुसार सरकारी पदाधिकारीको रूपमा कुनै उम्मेदवार वा दलको पक्ष वा विपक्षमा प्रचार नगर्न निर्देशन गरिएको थियो।

दोलखा–१ का रास्वपा उम्मेदवार जगदीश खरेल र नेकपाका शक्तिबहादुर बस्नेत लगायतलाई पनि दफा १३ को उपदफा अनुसार जुलुस, आमसभा, कोणसभा वा प्रचारसम्बन्धी गतिविधि गर्दा पालन गर्नुपर्ने नियमको उल्लङ्घन भए/नभएको स्पष्टीकरण मागिएको छ।

यसैगरी, अखिल नेपाल फुटबल संघ (एन्फा), राष्ट्रिय खेलकुद परिषद्, नेपाल स्वास्थ्य स्वयंसेवक संघ, पूर्वाञ्चल विश्वविद्यालय, विद्यालय शिक्षक देवीराम आचार्य, गुठी संस्थान लगायत विभिन्न संघ–संस्था र निकायहरूलाई पनि लिखित जवाफ पेश गर्न निर्देशन दिइएको छ। तर अधिकांश निकायले अहिलेसम्म जवाफ पेस गरेको छैन।

श्रम संस्कृति पार्टीले बालबालिकालाई टिसर्ट लगाएर चुनावी प्रचारमा प्रयोग गरेको, जनसेवा पार्टीका उम्मेदवारले सामाजिक सञ्जालमा विवादास्पद सामग्री फैलाएको, रास्वपा उम्मेदवारले बहसमा प्रतिक्रियात्मक पोस्ट राखेको उजुरी आइसकेको छ।

आयोगले जवाफ पेस भएकालाई पनि अध्ययन गरिरहेको छ र चित्तबुझ्दो छ/छैन भन्ने निर्णय लिन बाँकी छ। सहायक प्रवक्ता श्रीसका अनुसार, निर्वाचन आयोग कडा निगरानीमा रहेको र नियम उल्लंघन गर्नेलाई आवश्यक कारबाही गर्ने तयारीमा रहेको छ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बुबा मजदुरी गर्न साउदी, नेपालमा छोरी सांसद

काठमाडौँ । जनकपुरधाम उपमहानगरपालिका–१४ धनुषाकी रुबी कुमारीलाई सानैमा बिहेका प्रस्ताव आउन थाल्यो । आफूलाई भन्दा उनका आमाबुबालाई छोरीको बिहे गरिदिन प्रस...

२८ हजार ९ सय अमेरिकी डलरसहित तीनजना पक्राउ

काठमाडौं । २८ हजार ९ सय अमेरिकी डलरसहित तीनजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा अनिता लामा, संगिता लामा र विनोद लामा रहेका छन् । अनिताको साथबाट १०...

प्रतिनिधिसभा सदस्य निर्वाचनः प्रति मतदाता सरदर २८४ रुपैयाँ खर्च

काठमाडौं । गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन प्रतिमतदाता २८४ खर्च भएको निर्वाचन आयोगले जनाएको छ । प्रतिनिधिसभा सदस्य निर्वाचनको स...

रास्वपाका शीर्षस्थ नेताहरू छलफलमा

काठमाडौँ । रास्वपाका शीर्ष नेताहरू छलफलमा जुटेका छन् ।  उपसभापति स्वर्णिम वाग्लेले सामाजिक सञ्जालमा एक तस्बिर सेयर गर्दै लेखेका छन् '..राजकाज आज स...

सरकार गठनको बाटो खुला, के–के छन् अबका संवैधानिक प्रक्रिया?

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम मतपरिणामसहितको प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश भएसँगै नयाँ सरकार गठनको संवैधानिक प्रक्रिया औपचारिक रूपमा...

प्रतिनिधिसभामा १७९ पुरुष, ९६ जना महिला उम्मेदवार निर्वाचित

काठमाडौं । फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा १७९ पुरुष र ९६ जना महिला सांसद निर्वाचित भएको निर्वाचन आयोगले जनाएको छ । आयोगका प्रवक्ता ना...

अत्यधिक रक्तश्रावबाट पीडित सुत्केरीको हेलिकप्टरमार्फत उद्धार

सङ्खुवासभा । अत्यधिक रक्तश्रावबाट पीडित एक सुत्केरीको हेलिकप्टरबाट उद्धार गरिएको छ । जिल्ला अस्पताल सङ्खुवासभामा भर्ना भएकी मकालु गाउँपालिका–१ की २८ व...

जुवातास खेलिरहेको अवस्थामा सर्लाही र दाङबाट १८ जना पक्राउ

काठमाडौं  । सर्लाही र दाङमा जुवातास खेलिरहेको अवस्थामा १८ जनालाई प्रहरीले पक्राउ गरेको छ। सर्लाहीको लालबन्दी नगरपालिका–१६ परवानीपुरबाट ४३ वर्षीय सन...

सामाजिक सञ्जालमार्फत महिलाको चरित्रहत्या गर्ने युवक पक्राउ

काठमाडौं । सामाजिक सञ्जाल प्रयोग गरी एक महिलामाथि चरित्रहत्या गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ। काठमाडौं महानगरपालिका–१६ नयाँबजार बस...

अष्ट्रेलिया पठाइदिन्छु भन्दै १२ लाख ठगी गर्ने महिला पक्राउ

काठमाडौं । अष्ट्रेलिया पठाइदिने भन्दै आकर्षक तलबको प्रलोभनमा पारी रकम ठगी गरेको आरोपमा एक महिला पक्राउ परेकी छन्। काठमाडौं महानगरपालिका–३२ बस्ने ५५...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: