Khabar Dabali २७ फाल्गुन २०८२ बुधबार | 11th March, 2026 Wed
Investment bank

चीनले किन धेरै सुन खरिद गरिरहेको छ ?

खबरडबली संवाददाता

काठमाडौं । करिब तीन दशकपछि सन् २०२५ मा पहिलो पटक विश्वका केन्द्रीय ब्याङ्कहरूसँग मौजुद सुनको कुल मूल्य अमेरिकी ट्रेजरी बन्डको लगानीभन्दा धेरै भएको छ।

केन्द्रीय ब्याङ्कहरूसँग सुनको भण्डार करिब ४ ट्रिलिअन डलरको पुगेको छ जबकि अमेरिकी ट्रेजरीको मूल्य ३.५ ट्रिलिअन डलर छ।

यूरोलाई पछाडि पार्दै सुन अमेरिकी डलरपछि संसारको दोस्रो सबभन्दा ठूलो 'अन्तर्राष्ट्रिय रिजर्भ एसेट' बनेको छ।

यो परिवर्तन सन् २०२२ मा अमेरिकाले रुसको सम्पत्ति 'फ्रीज' गरेपछि केन्द्रीय ब्याङ्कहरूले सुन खरिद तीव्र बनाएपछि आएको हो। लगातार तीन वर्षसम्म केन्द्रीय ब्याङ्कहरूले हरेक वर्ष १,००० टनभन्दा बढी सुन किनेका थिए। मूल्य धेरै बढे पनि सेप्टेम्बर २०२५मा यसमा ६३४ टन थपियो।

चिनियाँ विश्लेषकहरूको भनाइ छ - सुनको भण्डारण बढाउँदा केन्द्रीय ब्याङ्कहरूलाई डलर माथिको निर्भरता घटाउने तथा डलरमा आधारित अन्य सम्पत्तिसँग जोडिएका जोखिम सम्हाल्न पनि मद्दत मिल्छ।

डलरको विश्वसनीयता कमजोर हुने अवस्थामा सुनको भण्डारण धेरै हुँदा कुल विदेशी मुद्रा भण्डारको स्थिरतामा पनि सहयोगी हुन्छ।

सेप्टेम्बर २०२५ सम्म चीनको कुल अन्तर्राष्ट्रिय रिजर्भमा सुनको हिस्सा ७.६% रह्यो। रुसका केही इन्टरनेशनल रिजर्भमा सुनको हिस्सा ४१.३ % रह्यो जबकि भारत को १३.५७% रह्यो।

नीतिगत अनिश्चितता, अमेरिकाको बढ्दो ऋण र भू-राजनीतिक तनावका बीच विश्लेषकहरू ठान्छन्- केन्द्रीय ब्याङ्कहरूले बिस्तारै बिस्तारै डलरमाथिको निर्भरता कम गरेका छन् र सुनको हिस्सा बढाइरहेका छन्। यसबाट विश्व मौद्रिक प्रणाली विविधतातर्फ बढ्न सक्छ।

सन् २०२४ मा ब्रिक्सको अध्यक्षताका बेला रुसले ब्रिक्स क्रस बोर्डर पेमेन्ट इनिशटिव (बीसीबीपीआई) को प्रस्ताव राखेको थियो। यो व्यवस्था सदस्य देशहरूलाई आफ्नो राष्ट्रिय मुद्राहरूमा व्यापारको सुविधा दिन र अमेरिकी डलरमा आधारित वित्तीय प्रणालीमाथि निर्भरता घटाउने उद्देश्यले तयार गरिएको हो।

विश्लेषकहरू ठान्छन् - यसले चिनियाँ रेन्मिन्बी (चीनको मुद्राको आधिकारिक नाम) को व्यापक अन्तर्राष्ट्रिय प्रयोगका लागि पनि नयाँ अवसर पैदा गर्न सक्छ।

चीनको बढिरहेको सुनको भण्डारलाई विश्वव्यापी वित्तीय व्यवस्थामा रेन्मिन्बीको बढ्दो भूमिकाप्रति भरोसा बलियो बन्दै गएको रूपमा हेरिएको छ।

यो विश्लेषण वर्ल्ड गोल्ड काउन्सिल, आईएमएफ र पीपल्स ब्याङ्क अफ चाइनाको तथ्याङ्कमा आधारित छ र यसमा ब्रिक्स देशहरू, विशेषगरी चीनले सुन जम्मा गरिरहेको तरिका बुझ्ने कोसिस गरिएको छ। र यसमा सुनको भण्डारणले रेन्मिन्बीको व्यापक अन्तर्राष्ट्रिय प्रयोगका लागि कसरी नयाँ अवसर सिर्जना गरेको छ भन्ने पनि विश्लेषण गरिएको छ।

यद्यपि रेन्मिन्बीको हालको स्तर अहिले पनि यो मुद्राको पूर्ण अन्तर्राष्ट्रियकरणका लागि पर्याप्त देखिन्न।

ब्रिक्स देशमा सुनको भण्डारणको प्रवृत्ति

ब्रिक्स देशमा खासगरी विश्वका सबैभन्दा ठूला उत्पादक मुलुकहरू चीन र रुसले सुनको भण्डार बढाउनु नयाँ कुरा भने होइन।

दुवै देशले सन् २००८ को वित्तीय सङ्कटपछि सुनको भण्डार बढाउन सुरु गरेका थिए। त्यो सङ्कटले अमेरिकी ब्याङ्किङ प्रणालीको कमजोरीलाई सामुन्ने ल्याइदिएको थियो र उदाउँदा अर्थ व्यवस्थाहरूलाई डलरमा आधारित प्रणालीसँग जोडिएका जोखिमबारे सोच्न बाध्य बनाइदिएको थियो।

दुवै देशको तरिका भने फरक छ। रुसले ठूलो मात्रामा लगातार सुन खरिद गर्ने नीति अपनायो। सन् २०२२ मा युक्रेनमाथि हमला र पश्चिमी देशको व्यापक प्रतिबन्धबीच रुसले सुनको भण्डारण उच्च विन्दूमा पुर्‍यायो।

त्यसपछि रुसको भण्डारमा लगभग स्थिरता आयो। सन् २०२५ मा रुसले घरेलु बजेट घाटा पूरा गर्न आफ्नो सुनको भण्डारको एक अंश बेचेको बताइएको थियो।

चीनको कदम भने रणनीतिक र मूल्यमा आधारित हो। पीपल्स ब्याङ्क अफ चाइनाले धेरैजसो अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य घटेको बेला आफ्नो खरिदलाई बढाइरहेको देखिएको छ।

चीनले अहिलेसम्म सबभन्दा बढी सन् २०१५ मा ७०८.२२ टन सुन खरिद गरेको थियो।

सन् २०२३ पछि चीनले सुन जम्मा गर्ने गति कम गर्‍यो तर थोरै मात्रामा खरिद जारी राख्यो। यसबाट पनि चीन लामो समयसम्म सुनको भण्डार बढाउने रणनीतिमा कायम रहेको सङ्केत मिल्छ।

भारतले सन् २०१८देखि बिस्तारै बिस्तारै आफ्नो सुनको भण्डार बढाउन सुरु गरिरहेको छ। भारतले पनि विश्वको वित्तीय जोखिमबाट बच्न सुन र अन्य गैर डलर सम्पत्तिमा लगानी बढाएको छ।

ब्रिक्सको वैकल्पिक भुक्तानी प्रणाली

'डी डलराइजेशन' (डलरमा निर्भरता कम गर्दै गर्ने)बीच वैश्विक रिजर्भको झुकाव सुनतर्फ बढिरहेका बेला रुसले लन्डन मेटल एक्सचेन्ज जस्ता पश्चिमी प्लेटफर्मको विकल्पका रूपमा ब्रिक्स प्रेशस् मेटल एक्सचेन्ज बनाउने प्रस्ताव राखेको छ।

यसको उद्देश्य व्यापारलाई प्रतिबन्धको असरबाट सुरक्षित राख्नु हो। सन् २०२५ मा ब्रजीलमा भएको ब्रिक्स शिखर बैठकसम्म यो प्रस्तावमा कुनै ठोस प्रगति हुन सकेन।

यसको एक कारण चीनको वर्तमान स्वर्ण बजार मानिएको छ। चीन पहिलेदेखि नै रेन्मिन्बीमा आधारित शाङ्घाई गोल्ड एक्सचेन्ज चलाउँछ र हङकङमा एक प्रमाणित बुलिअन भल्ट पनि मौजुद छ।

हङकङमा अन्तर्राष्ट्रिय गोल्ड ट्रेडिङ सेन्टर बनाउने योजना पनि छ। यस्तोमा चीनका लागि नयाँ ब्रिक्स एक्सचेन्ज बनाउनुभन्दा विश्वको सुनको बजारमा आफ्नो स्थापित भूमिका प्रयोग गर्नु बढ्दा व्यावहारिक मानिएको छ।

सन् २०२२ देखि रुस ब्रिक्स बास्केट आधारित रिजर्भ मुद्राको सबभन्दा बलियो समर्थक रहेको छ। यसमा सुन या अन्य वस्तुमा जोडिएको मुद्राको सुझाव पनि सामेल छ। यद्यपि यी सबै प्रस्ताव चर्चाको तहमा मात्र छन्।

ब्रिक्सदेखि टाढा रेन्मिन्बीको अन्तर्राष्ट्रियकरण

ब्रिक्सबाहिर पनि चीनले रेन्मिन्बीको सीमापार प्रयोग बढाउन आफ्नो वित्तीय व्यवस्था लगातार मजबुत गरिरहेको छ।

चीनको प्रमुख पहलमध्ये 'एमब्रिज' एक हो। यो 'ब्लक चेन'मा आधारित होलसेल सेन्ट्रल ब्याङ्क डिजिटल करेन्सी प्लेटफर्म हो जसलाई हङकङ, थाइल्यान्ड, यूएई र साउदी अरबका केन्द्रीय ब्याङ्कसँग मिलेर विकास गरिएको हो।

यो परियोजना सन् २०२४ को मध्यमा आफ्नो 'मिनिमम् भाइअबल प्रोडक्ट' चरणसम्म पुगिसकेको छ।

चीनको बढ्दो सुन भण्डारले रेन्मिन्बीको स्थिरता र भरोसाप्रतिको धारणा मजबुत बनाएको छ। सन् २००९ मा चीनले रेन्मिन्बीका अन्तर्राष्ट्रियकरणका कार्यक्रम सुरु गरे यता पीपल्स ब्याङ्क अफ चाइनाले ३२ द्विपक्षीय स्थानीय मुद्रा सटही सम्झौताहरू गरेको छ।

यसको कुल मूल्य करिब ४.५ ट्रिलियन युआन छ। जसमा लगभग आधा सम्झौता एसियाली अर्थव्यवस्थासँग गरिएको छ।

यी सहभागी देशहरू मध्ये १५ देख चीनसँग मुख्य रूपमा कमोडिटी (वस्तु)को व्यापार गर्छन् जबकि आठ देश चीन केन्द्रित 'म्यान्युफ्याक्चरिङ सप्लाई चेन'सँग जोडिएका छन्।

विश्वव्यापी रिजर्भ मुद्राका रूपमा अमेरिकी डलरको पकडमाथि चुनौती पैदा भएपछि चीनले तीव्र रूपमा युआनमा कमोडिटी व्यापार गर्ने कोसिस गरिरहेको छ।

चीनको बढ्दो सुन भण्डारले रेन्मिन्बी प्रतिको भरोसा बढाएको छ। र उसको अन्तर्राष्ट्रियकरणका लागि राम्रो स्थिति बनाएको छ। तर एक वास्तविक अन्तर्राष्ट्रिय मुद्रा बन्नका लागि पुँजी खाताको उदारीकरण जरुरी छ।

संसारको दोस्रो ठूलो अर्थव्यवस्थाका रूपमा चीन वित्तीय खुलापनलाई बिस्तारै बिस्तारै बढाइरहेको छ।

यो अध्ययन कसरी गरियो?

यो लेखको अध्ययनका लागि तथ्याङ्क वर्ल्ड गोल्ड काउन्सिल, इन्टरनेशनल मनिटरी फन्ड, सोसाइटी फर वर्ल्ड वाइड इन्टरब्याङ्क फाइन्यान्शियल टेलीकम्युनिकेशन र पीपल्स ब्याङ्क अफ चाइनाद्वारा प्रकाशित रेन्मिन्बी इन्टरनेशनलाइजेशन रिपोर्ट्स बाट लिइएको छ

यो शोधले २००७ देखि सन् २०२५ सम्मको अधिकांश समयको तथ्याङ्क समेट्छ। सन्२००७ भनेको विश्वव्यापी वित्तीय सङ्कटको ठिक पहिलेको समय हो। अध्ययनमा गुणात्मक विश्लेषण गरिएको छ ।

यसमा मुख्यतः चीनमाथि ध्यान केन्द्रित गरिएको छ ताकि सुन भण्डारण चीनको रेरेन्मिन्बीको अन्तर्राष्ट्रियकरण अभियानलाई कसरी समर्थन गर्छ भन्ने हेर्न सकियोस्। (यो लेख बीबीसी हिन्दीको वेबसाइटमा रहेको लेखको अनुवाद हो।)

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

गगनलाई चन्द्र भण्डारीको सुझाव- राजीनामा होइन जिम्मेवारी पूरा गर्नुस्

काठमाडौं । नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले सभापति गगन थापालाई राजीनामा नदिन सुझाव दिएका छन्। प्रतिनिधि सभामा अनपेक्षित पराजय व्यहोरेपछि थापा र...

माछा मार्न गएका २१ वर्षीय युवकको खोलामा डुबेर मृत्यु

गुल्मी । गुल्मीमा माछा मार्ने क्रममा बडिगाड खोलामा डुबेर एक युवकको मृत्यु भएको छ।  मृत्यु हुनेमा मुसिकोट नगरपालिका–१ अरेवा बस्ने २१ वर्षीय दीपजन दर...

गण्डकीमा रास्वपाको लहर चल्दा एमाले र नेकपा बढारियो

पोखरा । गत बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा गण्डकी प्रदेशमा कम्युनिष्ट दल नेकपा (एमाले) र नेपाली कम्युनिष्ट पार्टीले एउटा पनि क्षेत्रमा व...

प्रत्यक्षतर्फ १६५ क्षेत्रकै आयो परिणाम, समानुपातिकबाट कुन दलले कति सीट पाउँछन् ?

काठमाडौं । प्रतिनिधि सभा निर्वाचनअन्तर्गत १६५ क्षेत्रकै परिणाम आएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी प्रत्यक्षतर्फ १२५ सिट जितेको छ। समानुपातिकतर्फ अह...

रवि लामिछाने र बालेनलाई भारतीय प्रधानमन्त्री मोदीको फोन

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाहसँग टेलिफोनमा कुराकानी गरे...

यी हुन् ५ भन्दा कम भोट ल्याउने २७५ उम्मेदवार

काठमाडौं । २१ फागुनमा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्ष तर्फको १६५ वटै निर्वाचन क्षेत्रको परिणाम सार्वजनिक भइसकेको छ । यो निर्वाचनमा राष्ट्...

नयाँ सरकार कहिले ?

काठमाडौं । देशले नयाँ सरकार पाउन अझै कम्तीमा दुई साता लाग्ने देखिएको छ । २१ फागुनमा भएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फ सोमबारसम्म सबै नतिजा आइ...

समानुपातिकतर्फ एक करोड दुई लाख मत गन्दा कुन दलले कति पाए ?

काठमाडौँ । समानुपातिक निर्वाचन प्रणालीतर्फ हालसम्म कुल एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना भएको छ । यही फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्व...

मौसम पूर्वानुमान : आज दिनभर बादल लाग्ने

काठमाडौँ । हाल नेपालमा पश्चिमी वायु, उपल्लो वायुमण्डलमा रहेको उच्चचापीय प्रणाली र नेपालको पूर्वी भूभाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यूनचापीय क्षेत्र...

ग्यास अभावको बहानामा कालोबजारी

सिरहा । जिल्लामा खाना पकाउने एलपी ग्यासको अभाव देखाउँदै केही बिक्रेताले कालोबजारी गर्न थालेका जनगुनासो बढेको छ । उपभोक्ता र व्यवसायीले निर्धारण गरिएको...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE