Khabar Dabali १० चैत्र २०८२ मंगलवार | 24th March, 2026 Tue
Investment bank

रवि लामिछानेविरूद्धको मुद्दा न्यायाधीशले हेर्न मिल्दैन भनेपछि सुनुवाइ सर्यो

खबरडबली संवाददाता

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेविरुद्ध ‘सम्पत्ति शुद्धीकरण’ र ‘सङ्गठित अपराध’सम्बन्धी अभियोग संशोधन गर्ने महान्यायाधिवक्ता सविता भण्डारीको निर्णयविरुद्ध दायर रिटमा आज सुनुवाइ हुन सकेन।

सर्वोच्च अदालतका न्यायाधीशद्वय मनोजकुमार शर्मा र बालकृष्ण ढकालको संयुक्त इजलासमा परेको रिट पहिलो नम्बरमा पेसी तोकिएको थियो। तर, यसअघि लामिछानेसम्बन्धी मुद्दामा आदेश दिइसकेको भन्दै न्यायाधीश ढकालले मुद्दा नहेर्ने निर्णय गरेपछि सुनुवाइ सरेको हो।

अब उक्त रिटको सुनुवाइ माघ ११ गतेका लागि तोकिएको वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले जानकारी दिए। यसअघि न्यायाधीश अब्दुल अजिज मुसलमानको इजलासले महान्यायाधिवक्ता कार्यालयसँग लिखित जवाफ मागेको थियो।

वरिष्ठ अधिवक्ता त्रिपाठीसहितका रिट निवेदकले अभियोग संशोधनको निर्णयलाई गैरकानुनी, बदनियतपूर्ण र स्वेच्छाचारी भन्दै बदरको माग गरेका छन्। महान्यायाधिवक्ताले २०८२ पुस ३० गते लामिछानेविरुद्ध विभिन्न जिल्ला अदालतमा दायर मुद्दामा ‘सङ्गठित अपराध’ र ‘सम्पत्ति शुद्धीकरण’को दाबी कायम नरहने गरी अभियोग संशोधन गर्ने निर्णय गरेकी थिइन्।

रिटमा यस्तो निर्णयले गम्भीर आर्थिक अपराधमा उन्मुक्ति दिँदा देशलाई अन्तर्राष्ट्रियस्तरमै नोक्सान पुग्ने र हजारौँ बचतकर्ताको न्यायको अधिकार कुण्ठित हुने जिकिर गरिएको छ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

धनुषाको बस्ती नजिकै चितुवा देखिएपछि स्थानीय त्रसित

ढल्केबर। धनुषाको मिथिला नगरपालिका-७, एक्लेबरस्थित मानवबस्ती नजिकै जङ्गली चितुवा देखापरेको छ । वडाध्यक्ष रामबहादुर स्याङ्दनले मङ्गलबार बिहान १० बजे एक्...

मुलुकमा सुशासन कायम गर्न सरकारसँग सहकार्य गर्छौँ : सभापति थापा

काठमाडौँ। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मुलुकमा सुशासन कायम गर्न तथा शासकीय सुधारका सन्दर्भमा अब बन्ने सरकारसँग सहकार्य गर्न पार्टी तयार रह...

मैले कुनै हतारोमा राजीनामा दिएको होइन, अस्वीकार गर्ने विषय स्वीकार छ: सभापति थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन कुमार थापा ले आफ्नो राजीनामा हतार वा हतासमा नभई विधानअनुसार पेश गरिएको प्रष्ट पारेका छन्। मंगलबार पार्टी के...

सभापति थापाले दिए रास्वपालाई शुभकामना, भने- सरकारको बढी ताकत हुँदा प्रतिपक्षको झनै ठूलो भूमिका हुन्छ

२०४६ पछिका सबै सरकार र सार्वजनिक भूमिकामा रहेकाहरूको सम्पत्ति छानबिन हुनुपर्छ

बालेन नेतृत्वको नयाँ सरकार: मन्त्रिपरिषद् गठन अन्तिम चरणमा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बालेन शाह नेतृत्वमा गठन हुन लागेको नयाँ सरकारका लागि मन्त्रिपरिषद् चयनको अन्तिम तयारीमा जुटेको छ। पार्...

कोलम्बियामा सैन्य विमान दुर्घटना, ६६ जनाको मृत्यु

बोगोटा। कोलम्बियाको दुर्गम अमेजन क्षेत्र पोर्टो लेगुइजामो नजिकै भएको सैन्य यातायात विमान दुर्घटनाले देशलाई गहिरो शोकमा डुबाएको छ । एक सय २८ जना सवार र...

कोलम्बियामा सैन्य विमान दुर्घटना, ६६ जनाको मृत्यु

बोगोटा। कोलम्बियाको दुर्गम अमेजन क्षेत्र पोर्टो लेगुइजामो नजिकै भएको सैन्य यातायात विमान दुर्घटनाले देशलाई गहिरो शोकमा डुबाएको छ । एक सय २८ जना सवार र...

कांग्रेस केन्द्रीय कार्यसमिति बैठकका लागि ५ एजेन्डा तय

काठमाडौं । नेपाली कांग्रेस को केन्द्रीय कार्यसमिति बैठकमा प्रस्तुत हुने एजेन्डा तय गरिएको छ। ललितपुरको सानेपास्थित केन्द्रीय कार्यालयमा बस्ने बैठकका ल...

भिरबाट लडेर बालिकाको मृत्यु

हेटौँडा । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३, चुत्राघारीडाँडामा भिरबाट लडेर एक बालिकाको मृत्यु भएको छ। इन्द्रसरोवर-३, जातीपोखरी बस्ने नौ वर्षीया ल...

स्याङ्जामा क्षयरोगबाट पाँचको मृत्यु

स्याङ्जा। स्याङ्जामा यस आर्थिक वर्षको अहिलेसम्म क्षयरोगका कारण पाँच जनाको मृत्यु भएको छ । यहाँको बिरुवा गाउँपालिका, भीरकोट, चापाकोट, वालिङ र गल्याङ...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: