Khabar Dabali ६ फाल्गुन २०८२ बुधबार | 18th February, 2026 Wed
Investment bank

हिमपात नहुँदा मुस्ताङका किसान चिन्तित

खबरडबली संवाददाता

मुस्ताङ। पछिल्लो तीन वर्षयता हिमाली मुस्ताङमा हिमपात हुनसकेन । गत कात्तिक महिनामा यहाँको माथिल्लो मुस्ताङ क्षेत्रसहित वारागुङ मुक्तिक्षेत्र-१ मुक्तिनाथ र (मुस्ताङ-डोल्पा) सडकको साङ्ता गाउँ आसपासका क्षेत्रमा आशिंक मात्रै हिमपात भयो । तत्कालीन समयमा बेमौसममा परेको आशिंक हिमपातले त्यसक्षेत्रका किसानलाई योगदान दिन सकेन ।

हिउँदयामको मौसममा परेको हिउँ किसानका लागि बरदान सावित हुन्छ । अनुकूल समयमा हिउँ पर्‍यो भने अन्नबाली सप्रिने र उत्पादनसमेत वृद्धि हुने भए पनि यसवर्ष पनि पुस महिना कटिसक्दासमेत हिउँ पर्न सकेको छैन । अक्सर हिमाली क्षेत्रमा बर्सेनि पुस र माघ महिना हिउँ पर्छ भन्ने मान्यता रहेको छ । तर, पछिल्लो समय जलवायु परिवर्तनको प्रभावका कारण हिमाली क्षेत्रमा अनुकूल समयमा पनि हिउँ पर्न नसकेको घरपझोङ गाउँपालिकाका कृषि शाखा अधिकृत रोशन थकाली बताउछन् ।

यहाँका अधिकांश खेतीयोग्य जमिन तथा स्याउ बगैँचामा सिँचाइको पहुँच स्थापित भए पनि कृषि उर्वराशक्ति वृद्धिका लागि हिउँदयाममा हिउँ पर्न आवश्यक रहेको कृषि शाखा प्रमुख थकालीको भनाइ छ। हिउँदयामको जाडो मौसमको अनुकूल समयामा हिउँ परेमा खेतीयोग्य जमिनको भित्रि तहसम्म चिस्यान भरिएर पूर्णरुपमा रिचार्ज हुने र यसले स्याउ ,उवा, फापर, जौ, मकै लगायतका अन्नबालीको गुणस्तर र उत्पादनमा सहयोग पुग्ने कृषि शाखा प्रमुख थकालीले उल्लेख गरे। 

‘हिउँदयामको अनुुकूल महिनामा हिउँ परेन भने किसानले लगाएको स्याउ लगायतका अन्नबालीमा रोककीराको सङ्क्रमण बढ्ने, जमिनको तापमान वृद्धिले खेतीयोग्य जमिनलाई आवश्यक पर्ने तत्व प्राप्त नहुने हुन्छ, कृषि शाखा प्रमुख थकालीले भने, “हिउँदयामको हिउँ कृषि उत्पादनका लागि प्राकृतिक रोग प्रतिरोधात्मक अर्गानिक  विषादीको रुपमा काम गर्छ, यसले किसानका लागि मलको रुपमा कामसमेत काम गर्ने भएकाले स्याउ लगायतका अन्नबाली सप्रिन्छ ।”

हिमाली जिल्लामा बर्सेनि भर्दा र असोेज महिनामा स्याउ खेतीको ‘पोष्ट हार्भेस्ट’ गरिने र स्याउको पोस्ट हार्भेस्टसँगै यहाँका किसानले उवा, जौ र फापर लगायतका नयाँ बाली घरमा भित्र्याउँछन् । बगैँचामा स्याउ टिपेर बोटको पात झरेर उजाड बनेपछि र किसानले हिउँदेबाली लगाउने समय पुस र माघ महिनामा अनिवार्य हिउँ पर्नुपर्ने प्राकृतिक नियम भए पनि पछिल्लो तीन वर्ष मुस्ताङमा राम्ररी हिमपात हुन नसकेको घरपझोङका किसान अजित थकालीले बताउनुभयो । 

स्याउ बगैँचा व्यवस्थापन लगायतका कार्य चलिरहने समयमा परेको हिउँले किसानलाई फाइदा पुर्‍याउने भए पनि मुस्ताङमा हिउँ पर्न नसकेको किसान थकालीको भनाइ छ । पछिल्लो समय हिउँ नपरी नदी र खोलाको पानीबाट सिँचाइ गर्दा खेतीयोग्य जमिनमा लगाइएको अन्नबालीमा रोगकीराको प्रकोप देखिएको र यसले यहाँका किसानलाई निकै चिन्ता थपिएको किसान थकालीको भनाइ छ ।

केही वर्षअघि यहाँको तल्लो मुस्ताङदेखि उपल्लो मुस्ताङसम्म भारी हिमपात हुन्थ्यो । हिमपातले मुस्ताङका डाँडाकाँडा, खर्क,पाटन र उच्चलेँकसहित बस्तीसम्म दुई फिल बढी हिउँ पथ्र्यो । अनुकूल समयमा हिउँ परेपछि यहाँका किसानले लगाएको अन्नबाली राम्ररी सप्रिन्थ्यो । जसका कारण यहाँका किसानले स्याउ लगायतका अन्नबाली उत्पादनबाट राम्रो फाइदा लिने गथ्र्ये । तर, पछिल्लो समय हिउँ नपरी बेमौसमी  वर्षा हुन थालेको छ ।

यहाँको थासाङ गाउँपालिका—१ टुकुचेका स्थानीय ८४ वर्षीय ङाचा थकालीले केही वर्षयता पुस र माघमासमेत हिउँ पर्न छोडेको बताए।‘जन्मिएर यतिका वर्ष भइयो, हिउँदमा सधैँ हिउँ पर्ने गथ्र्यो, थकालीले भनेयो, “अचेल त के भयो कुन्नी २—३ वर्ष भइसक्यो हिउँ परेको अनुभवनै गर्न पाइएको छैन।” अनुकूल मौसममा हिउँ नपर्दा किसान मात्रै होइन यहाँ पर्यटन प्रवद्र्धनमासमेत असर पुर्‍याएको मुक्तिनाथस्थित होटल ग्राण्ड साम्वलाका प्रोपाइटर सुरज गुरुङले बताउनुभयो । 

केही वर्षअघि अनुकूल समयमा हिउँ पर्दा मुक्तिनाथमा राष्ट्रिय स्की प्रतियोगितासमेत आयोजना भएको स्मरण गर्दै प्रोपाइटर गुरुङले हिउँदको समयमा हिमपात भएमा हिउँ खेल्न र हेर्न जिल्ला बाहिरका उल्लेख पर्यटक मुस्ताङ आउने उल्लेख गर्नुभयो ।पछिल्लो समय जलवायु परिवर्तका कारण हिमाली पर्यावरण फेरिन थालेको छ । 

हिउँदयामको मौसममा हिउँ नपर्ने र बाहिरी आवरणमा मात्रै चिसो हुने भएकाले खेतीयोग्य जमिनको तापक्रम वृद्धि भइरहेको घरपझोङ गाउँपालिका अध्यक्ष मोहनसिंह लालचनले बताउँनुभयो । अक्सर चैत-वैशाखमा मात्रै पलाउने स्याउको पालुवा यहाँका केही स्याउ बगैँचाका बोटमा पुस महिनामै स्याउ बोटमा पालुवा पलाउन थालेको उनको भनाइ छ । हिउँदयाममा हिउँ नपर्ने र जमिनको तापमान वृद्धि हुँदै जाने अवस्थाले मुस्ताङको स्याउ खेतीले विस्तारै उकालो चढ्दै बसाइँ सार्न थालेको अध्यक्ष लालचनको भनाइ छ ।

जलवायु परिवर्तनकै प्रभावका कारण यहाँको परम्परागत संस्कृतिमासमेत असर पुग्न थालेको छ । सदियाँै वर्षदेखि निर्माण भएका यहाँका परम्परागत ढुङ्गा र माटोले बनेका पुराना घरका संरचना हिउँ नपरी वर्षा हुन थालेपछि सङ्कटमा पर्न थालेका छन् । हिउँ परेमा घरको छतमा अडिएर थपक्क बस्ने भए पनि हिउँ पर्न छोडेर वर्षा हुन थालेपछि यहाँका परम्परागत घर भत्किने र चुहिने गरेकाले परम्परागत घर मासिँदै जान थालेको घरपझोङ-५ ठिनीका स्थानीय नीरज थकालीले जानकारी दिए । पछिल्लो समय बेमौसममा वर्षा हुन थालेको र सडक सहज भएकाले परम्परागत घर मासेर कङ्क्रिट घर निर्माण गर्ने होडबाजी चलेको थकालीले बताए। 

जलवायु प्रभावले हिमाली क्षेत्रको धर्मसंस्कृति, परम्परा र यहाँको जैविक विविधता, पर्यटन र कृषि क्षेत्रमा नकारात्मक प्रभाव परेको उनको भनाइ छ । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

खोकना विवादका बीच द्रुतमार्गको प्रस्थानविन्दु सार्न प्रधानमन्त्री कार्कीको निर्देशन

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले काठमाडौं–तराईरमधेश द्रुतमार्गको प्रस्थानविन्दु खोकनाको खोकनामा देखिएको विवादलाई थाती राख्दै वैकल्पिक स्थानबाट...

प्रतिनिधिसभा निर्वाचन: गुल्मीमा १७ सयभन्दा बढी कर्मचारी परिचालन

गुल्मी। आगामी फागुन २१ गते सम्पन्न हुन लागेको प्रतिनिधिसभा सदस्य उपनिर्वाचनका लागि गुल्मीमा १७ सयभन्दा बढी कर्मचारी परिचालन गरिने भएको छ । दुई निर्वाच...

नेप्से परिसूचक बीस अङ्कले घट्यो, आठ अर्ब ३६ करोड बराबरको कारोबार

काठमाडौँ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक दोहोरो अङ्कले घटेको छ । आज नेप्से परिसूचक २० दशमलव ७५ अङ्कले घटेर दुई हजार ६४२ दशमलव १५ मा पुगेको हो ।...

रवि लामिछाने तारिख बुझ्न काठमाडौं जिल्ला अदालतमा उपस्थित

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने काठमाडौं जिल्ला अदालतमा उपस्थित भएका छन्। उनी मंगलबार दिउँसो तारिख बुझ्न काठ...

दुर्गा प्रसाईंलाई थप ४ दिन हिरासतमा राख्न अनुमति

काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीले अनुमति पाएको छ। काठमाडौँका प्रमुख जिल्ला अधिकारी ईश्वर राज प...

पैदलयात्रीलाई मुक्का हान्ने व्यक्ति पक्राउ

काठमाडौँ । काठमाडौँमा पैदलयात्रीलाई मुक्का हानेको आरोपमा एक जना कार चालकलाई ट्राफिक प्रहरीले पक्राउ गरेको छ। ट्राफिक प्रहरी स्रोतका अनुसार पक्राउ प...

तीन किलो चाँदीसहित एक जना पक्राउ

काठमाडौँ। चन्द्रागिरी नगरपालिका–२, नागढुङ्गास्थित ‘चेक प्वाइन्ट’बाट रु १२ लाखको चाँदीसहित एक जना पक्राउ परेका छन्।  वीरगन्जबाट काठमाडौँ आइरहेको यात...

महाशिवरात्रिमा पशुपतिनाथ आएका साधुसन्तको दक्षिणासहित बिदाइ

काठमाडौँ। महाशिवरात्रिमा पशुपतिनाथको दर्शनमा आएका साधुसन्तलाई दक्षिणासहित बिदाइ गरिएको छ।  साधुसन्तलाई मंगलबार गुठी संस्थान र पशुपति क्षेत्र विकास ...

नेकपा (संयुक्त) ले फागुन २१ को निर्वाचनका लागि घोषणापत्र सार्वजनिक

एक व्यक्ति २ पटक मात्र प्रधानमन्त्री

सव-इन्जिनियर हत्याको विरोधमा सर्लाहीका सरकारी कार्यालय ठप्प

सर्लाही। पूर्वाधार विकास कार्यालय मलङ्गवामा कार्यरत सव-इन्जिनियर प्रमोदकुमार यादवको गोली हानी हत्या भएको विरोधमा सर्लाहीका सम्पूर्ण सरकारी कार्यालयको ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE